बन्दको मन्द र गरिवी
चिप्रा भरिएका आखा विस्तारै खुले । भुईमा एकसरो बोराको भरमा तिनचार ठाउँमा च्यातिएको बुढिको पछ्यौरा ओढ्दै हामी बुढाबुढी लम्पसार परेका थियौँ । मास्थिर खटियामा ठुली छोरी र चकचके छोरो निन्द्रादेवीको जिम्मामा थिए । जुन खटिया, पल्ला घरे चौधरी दाईले घरमा नयाँ सल्लाको खाट बनाएपछी, खटियामा हामीलाई सहुलिएत दिएका थिए ।
वाया पट्टि टाउको घुमाउदै बुढीलाई हेरेँ । उ त म भन्दा अघी नै बिउझिसकेकी रहिछ । म तिरै फर्किएकी थिई । आखा जुध्यो । मुस्कुराउदै दाया फर्कि । बिचरीलाई कति सपना देखाउदै ल्याएको थिए । अहिले एक छाक खुवाउन पनि धौ धौ परिराछ । मनमा भङ्ककर पिडा लुकाउदै ओठमा हासो ल्याउछी मेरी बुढी । आफु खानामा पानी पिएर पनि खुशिका साथ छोराछोरीलाई एकगास भात खुवाउछे मेरी बुढी । यस्तो परिस्थितीमा आत्तिएको मेरो मनलाई सम्हाल्दै मोजको अनुभुती गराउछे मेरी बुढी । संसारकै भाग्यमानी म नै हुँ सायद, जसले लक्ष्मी सरह बुढी पाएको छ ।
जुरुक्क उठेँ । पहेलो रबरको जर्किनबाट, कुच्चिएर कालो दाग बसेको लोहटामा पानी सारेँ । पहेलो भाडो, छोरी स्कुलमा पढ्दा तेल सहित, स्कुलका मास्टर साहेवले दिएका थिए । केही वर्ष अगाडि हो, छोरीलाई सरकारी स्कुल पठाउदा पढाईसंगसंगै सोयाविन तेल पनि पाईन्थ्यो । जुन तेलले घरको भुटुन खर्च उतार्ने गथ्र्याे ।
हिजो लगाएको, मैलो भएको सेतो रंगको कट्टु र कालो टिर्सट लगाउदै म कामतिर लागे । टिर्सट कालो भएतापनी रंग खुईलिएर खैरो भएको हो । बाटो सुनसान थियो । मौसमले पानी दिन्छु भन्दै थियो । नदिनु पनि कसरी आज असार २ पो भएछ । अव पनि पानी नदिए सबै किसानहरुले सराप्नेछन् ।
मोटरहरु चलेका थिएनन् । खै कसैले संविधान विषयमा बन्द गरेका हुन् रे । जति जे संविधान बनेपनि नबनेपनि मेरो जीवन यस्तै त होलानी । गरिव संग धन हुदैन मन हुन्छ भन्छन् । मन भएर यो पेटलाई के दिनु ? आखिर भोजन त धनलेनै मिल्छ नि, हैन ।
साहुको नयाँ बन्दै गरेको घरमा पुगेँ । म जस्तै केही मजदुर गफ गरी बसीरहेका थिए । उनिहरुका अनुसार आज ल्याउने भनेको सामान बन्दका कारण ल्याउन मिलेन रे, त्यसैले काम बन्द । अव के गर्ने ? पेटलाई त बन्द गर्न मिलेन । जहान पाल्नका लागी बचेको यही एउटा बाटो । त्यसमा नि तगारो .
साझलाई त घरमा चामलको एकदाना नै छैन । फेरी चोकको खाद्य पसलमा पनि पुरानो हजार रुपैया तिर्न नसकेको धेरै भयो । अव त्यो भाईले फेरी देला र ? अह दिदैन । अस्ति बुढीलाई पठाउदा, पहिलाको दिएपछि मात्र दिने भन्यो । अव त्यसलाई नराम्रो भनु कि ? अह, भन्न मिल्दैन होला । त्यसको पनि बालबच्चा छन् । उनिहरुलाई पनि पाल्नु छ । पढाउनु छ, ठुलो मान्छे बनाउनु छ । म जस्ता गरिवलाई अझै उधारो दियो भने त डुविहाल्यो नि । आज बन्दले उसलाई पनि अझ म भन्दा झन् प्रभाव पा¥योहोला । व्यापार छैन । कोठाभाडा, साहुको रिण, सबै तिर्नुपर्ने । महिनामा दशपन्ध्र दिनत बन्द भन्ने चाड पर्नसक्छ हाम्रो नेपालमा । कहाँ, कुन ठाउमा, कसबेला पर्छ जोतिषले पनि भन्न सक्दैनन् । न त कुनै वैज्ञानिकले नै । हाम्रो दुनियामा भविष्यवाणि गर्ने यि दुई त हुन् नि । कसरी मिलाउछ होला बिचरा । समस्यामै होलानी नि । हुनत उसको घरमा त केही महिनालाई पुग्ने चामल छदैछनी । तर मेरो घरमा भने ।
घरमा गएँ । बुढिले पल्लो घरबाट पैचो गरेकी रहिछ । विहानको छाक त ट¥र्यो । धन्य भगवान, छिमेकी चाही सहयोगी परेकाछन् । जसको मैले फाईदा उठाए भनौँ या उनिहरुले । मेरो नजरमा हेर्दा मेरो नै होला । हुनत उनिहरुको पनि स्वार्थ त होलानै यसमा, हुनुपनि पर्छ । कहिले मैले दिउँला कहिले उनिहरुले देलान् ? आखिर फाईदा र काम त दुवैको हुन्छ नि हैन र ? यसरी सहयोग गर्नु र गरेवाफत केही लिनु उनिहरुको महानता हो नि, षड्यन्त्र हैन । फेरी भनिन्छ नि, कुनैपनि ज्ञान, सिप अथवा पैसा दिईयो भने केही त लिनैपर्छ । यदी लेनदेन नभएमा ति ज्ञान, सिप अनि पैसाको कुनै महत्व रहदैन, लिने तथा दिनेलाई ।
अव मैले, मेरो घरको लागी केही गर्न नसक्ने अवस्था आएमा, छिमेकीका षड्यन्त्रका कारण सकिन भन्न त मिलेन नि, हैन । कमजोरी त आफैमा छ नि । यसको समाधान तिर पो लाग्नुप¥यो । अरुको खरावि देखाई आफु बच्नु त भएन नि ।
घरदेखी ६०० मिटरमा रहेको सानो घुम्तिमा आज म आफै जान्छु भन्दै बुढिलाई घरमै बस्न अ¥याए । जसमा बुढिले सुर्ति, श्याबहार बेच्ने गर्थि । बुढिले पनि बन्दको सदुपयोग गरी एककोठे हाम्रो महलमा लागेका माखुराका जालहरुलाई हटाउने योजना बनाई । पुरानो भनाई छ नि, घरमा जति माखुराको जाल हुन्छ त्यति रिणि भईन्छ रे । घुम्तितिर जादै गर्दा, ३०० मिटर अगाडि २,४ जना चोकमा भाटा समाएर बसिरहेका थिए । सोचे धनिकै छोराहरु होलान् । जसको कुनै काम छैन होला । खान लाउन प्रशस्तै पुग्ला । त्यही भएर यहाँ यसरी देशको नाममा निर्धक्क बसेका ।
मनमा कुरा खेलाउदै गर्दा घुम्ति पनि आईपुग्यो । देब्रेपट्टिको ढोकाबाट भित्र पसे । अनि अगाडिका पनि खोले । एकप्याकेट धुप नजिकै राखिएको थियो । जसमा ८ वटा सर्कामात्र बाकी थिए । एउटा सर्का तान्दै बालेँ । भगवानलाई सम्झिए । एउटा सर्का बालेनि १०० वटा सर्का बालेनी उहि त होलानि हैन । भगवान खुसी नै होलान् । कित जागिर खान नेपालमा जस्तो पद अनुसारको घुस दिनुपर्छ भगवानलाई । देशमा विविध कारण फष्टाएको घुसतन्त्रको पनि जय होस् । जसकारण क्षमतावान मानिसले पनि गिट्टि कुटेर खानुपर्छ । वार्षिक रुपमा शैक्षिक क्षेत्रमा लगानि बढाउदै जादा पनि ४१–४५ प्रतिशत विद्यार्थीमात्र पास हुने हाम्रो एलएलसी, मैले पास नै गरिन राम्रै भएछ । सानोमै २–४ कक्षा मात्र पढियो, हजार सम्मका नोट चिनिन्छ । ओलामै हिसाव गरिन्छ, त्यो मेसिनको पैसा नि जोगियो ।
आखिर हाम्रो देशको लागी गर्ने को त ? सबैले यसो गर्नुपर्छ त्यसो गर्नुपर्छ । यहाँ गर्नुपर्छ, त्यहाँ गर्नुपर्छ भन्छन् । हाम्रो देशलाई गर्ने सायद भगवान नै होलान् नि । बाहिरी दुनियामा नेपाललाई स्वर्ग भन्छन् रे । भनेपछि, हामी स्वर्गवासी भयौँ । अव स्वर्गवासी भएपछि त सुख, चैन तथा आनन्दका साथ बाच्न पाउनु हाम्रो अधिकार हो नि । त्यसैले पनि होला, गर्नुपर्छ भनिन्छ तर यहाँ गर्ने कोही जन्मदैन । स्वर्गवासी जो परियो । अव आज असार २, मानिसहरु बन्दका लागी चोकचोकमा भेला भएका छन् । देशका नाममा नारा लगाएका छन् । अरुको पदमा आखा गाडेका छन् । उनिहरु त्यो पदमा पुग्दा फेरी अरु कसैले नारा लगाउछ । फेरी बन्द ।
यसो बुझ्दा ‘बन्द’ र ‘पद’को अर्थ नै फरक छ । काम, दाम र नाम पनि फरकै छ । तरपनि आजभोली ‘बन्द’ र ‘पद’ संगै आउछन् । पद आयो कसैले बन्द गर्ला भन्ने डर मनमा । के गरुन् । १२ वर्ष भएपनि पुच्छर त बाङगै । सायद १२ वर्ष अगाडिको उदेश्य नै बिलासिताको प्राप्ति नै थियो कि ? अथवा १२ वर्ष पछि बिलासिताका कारण सिधा हुन्छ भनि आसा गरिएको पुच्छर बाङगो भएको हो ? जे भएपनि करोडौँ जनता घुमिरहेका छन् । यसरी घुमिरहेका छन् कि आफ्नै दाजुभाईमा पनि पार्टिका नाममा मनमुटाव । यहाँ सम्म कि केटाकेटीका अभिवाभकको राजनैतिक दल फरक परेमा विवाह असम्भव । यस्ताँ घटनाहरु समाजमा देखिरहन्छन् । अझै हामी हाम्रो पार्टिका लागी ज्यान दिन्छौ । हामी रगत दिन्छौ तर हाम्रा अगुवाहरु हैनन् । हामी स्कुल फेर्न पनि सक्दैनौँ, किनकी आजसम्म कोही राम्रा प्रध्यानाध्यापकहरु छैनन् तथा भएकालाई अगाडि आउन रोकिन्छ ।
साझ भैसकेछ । घर फर्किए । ५०–६० रुपैयाको मात्र व्यापार भयो आज । धन्न घुम्ति चाही खोल्न दिएका रहेछन् । खै कोही आएनन् क्यारे ‘घुम्ति बन्द गर’ भन्न । बुढिले पिठोफाडो बनाएकी रहिछ । उज्यालो चन्द्रका साथ उसले पस्किदिई । सवै परिवार मिलि सानो छोरोलाई गिज्याउदै पिठेफाडो सक्यौँ ।