[Show all top banners]

mahoday

More by mahoday
What people are reading
Subscribers
:: Subscribe
Back to: Current Affairs Refresh page to view new replies
 मेरो पक्षमा यत्र तत्र सर्बत्र वातावरण बन्दैछ : नगेन्द्र पौडेल ,एनआरएन अमेरिकाका अध्यक्षपदका प्रत्यासी
[VIEWED 7167 TIMES]
SAVE! for ease of future access.
Posted on 03-13-15 8:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


फाल्गुन ३० , डिसी
विजय थापा

एनआरएन अमेरिकाको आसन्न निर्वाचनको लागि अध्यक्ष पदका प्रत्यासी बने पछि भेटघाटलाई अझ तेज बनाएको छु lअमेरिकाका बिभिन्न शहरहरुमा नेपाली समुदायलाई अन्तरक्रिया गरे पछि झन् आत्म विश्वास बढेको छ l आफ्नो पक्षमा यत्र तत्र सर्बत्र वातावरण बन्दैछ l

र भोलि पुन भेट घाट गर्ने क्रममा सिकागो जादैछु भनि पौडेलले जानकारी गराए l आफ्नो पक्षमा ल्याउने मेरो सत प्रतिशत प्रयास हुने छ l यसपाली १२ हजार सदस्य बने पछि निकै प्रतिस्प्रद्धा बन्ने छ l म प्रतिस्प्रद्धा संग डराउनदिन l र बिगतमा हरेक चुनाब मैले प्रतिस्प्रद्धा गरेको छु र लडेको छु l हरेक निर्वाचनमा बिजयी बन्ने अवसर पाएकोले म बिगतका जम्मै रणनीति र मैले खेल्ने भूमिकामा कुनै कसर छोड्ने छैन पौडेल बताउदछन l

अमेरिकाका नेपाली समुदायले मलाई मत दिनु हुनेछ भन्ने पूर्ण विश्वास गरेको छु l

नगेन्द्र पौडेल चितवन भरतपुर वडा न ७ मा जन्मेर, नारायणगढ स्थित बालकुमारी हाई स्कुल बाट प्रवेशिका परीक्षामा प्रथम श्रेणीमा उत्तिर्ण गरेपछी त्रिभुबन विश्वाबिद्यालय अन्तर्गत त्रिचन्द्र कलेज बाट भौतिक शास्त्रमा स्नातक गरेका जेहेन्दार विद्यार्थी हुन। बि स २००७ साल लगायत त्यस उप्रान्त प्रजातन्त्रका लागि लडिएका हर आन्दोलनमा उनको परिवारको र उनको सकृय सहभागीता रहँदै आएको छ ।

२०३६ सालको आन्दोलनमा स्कुले विद्यार्थीको हैसियतमा सकृय राजनीतिमा निस्केका पौडेल, जनमत सँग्रहमा बहुदलिय प्रजातान्त्रिक ब्यबस्थाका पक्षमा जनमत जुटाउने मोर्चामा आवद्द रहेर चितवन, नवलपरासी तथा मकवानपुर जिल्लामा ससक्त रुपमा लागिपरेका थिए।

बि स २०४२ सालको सत्याग्रह आन्दोलनमा सरीक हुँदा प्रहरी पक्राउमा परी पर्सा जिल्लाको कारागरमा केही दिन बन्दी जीवन समेत बिताएका पौडेल, बि स २०४६ सालको जन-आन्दोलनका क्रममा अन्तिमका केही दिन नारायणगढ क्षेत्रको युबा कमाण्डर समेत रही सकेका थिए।

उनी बि स २०४९ सालमा विद्यार्थीको रुपमा अमेरिका प्रबेश गरेका हुन। मिचिगन राज्यको फेरिस स्टेट युनिभर्सिटीबाट ईञ्जिनियरिङ्गमा स्नातक गरेपछी नासाको ईन्जिनियरको रुपमा काम सुरु गरेका नगेन्द्र पौडेल नासामा काम गर्ने पहिलो नेपाली ईन्जिनियर मानिन्छन । सो कामको सिल्सिलामा संसारका धेरै ठाँउ पुगिसकेका पौडेललाई स्नातकोत्तर अध्ययनका लागि मेरिल्याण्ड विश्व बिद्यालयको प्रतिष्ठित जेम्स स्कुल अफ इञ्जिनियरिङ्ग पठाइएको थियो।

त्यहाँ बाट इञ्जिनियरिङ्गमा स्नातकोत्तर लिएपछी नास मै सिस्टम / एरोनटिक ईन्जिनियरिङको काम २००८ सम्म गरेका थिए। अन्तरिक्षमा भु-उपग्रह यानको पृथ्वीबाट सन्चालन गर्ने अभीभारा बोकेका पौडेलले ब्यक्तिगत जिन्दगीमा सामाजिक सेबा को क्षेत्रमा पनि उलेख्य योगदान गर्दै थिए।

सन २००८ को फेब्रुअरी महिनामा अमेरिका को केन्द्रिय सरकार बाणिज्य मन्त्रालय अन्तर्गत, बिज्ञान तथा प्रबिधीसंग सम्बन्धित संस्था नेसनल ओसियन एंड एट मोस् फेयर एंड एड मिनिस्ट्रेसन को मातहतमा रहेको नेसनल जियोडेटिक(जसले अमेरिका लगायत विश्वलाई पृथ्वीको कुनै स्थान वा समुन्द्रको स्थिती तथा उचाइ एबम गुरुत्वकर्शण पत्ता लगाउने ) बैज्ञानिक को पदमा कार्यरत छन। नेपालीहरुको जनसंख्या अमेरिकामा बढ्दै जाने क्रममा उनको ब्यक्तिगत सफलताको तहमा कमै मान्छेहरु पुगेको देखिन्छ। यो सबैको लागि गर्वको बिषय पनि हो।

नेपालीहरुको जनघनत्व आप्रवाशमा बढ्दै गरेको देख्दा, छरिएर रहेका नेपाली समुदायका गतिबिधिहरु एक आपसमा साटा-साट गर्न तथा अमेरिकामै हुर्कदै बढ्दै गरेका सन्ततिका लागि भाषा र सँस्कृतिको जगेर्ना तथा उत्थान गर्न सामुदायिक संचार माध्यम आवश्यक सम्झी रेडियो दोभानको नामबाट वासिङ्टन डि सि महानगरिमा नेपाली भाषामा कार्यक्रम सन्चालन गर्न रेडियोको स्थापना गर्ने ब्यक्ती नगेन्द्र पौडेल नै हुन।

जसमा कार्यक्रम उत्पादन तथा सन्चालनको प्रमुख दायित्व निर्बाह पौडेलले गर्थे। सो कार्यक्रम अंतर्जाल मार्फत संसार भरी सुनिन्थ्यो र अत्यन्त लोकप्रिय पनि थियो । यो रेडियो अर्को १३ बर्ष सम्म सन्चालनमा रहेको थियो । त्यसै अवधिमा पौडेल उत्तर अमेरिकास्थित पत्रकारहरुको हितका लागि स्थापित संस्था नेपाल अमेरिका पत्रकार संघको पहिलो निर्वाचित अध्यक्ष बने। त्यसको लगत्तै अमेरिकाकै सबैभन्दा जेष्ठ तथा लोकप्रिय संस्था अमेरिका नेपाल सोसाईटीको अध्यक्षमा निर्वाचित भई बिभिन्न सामाजिक रुपान्तरणमुखी कार्यहरुको थालनी गरे।

जस्तै नेपाली बर्णमालालाई भित्ते पात्रोको रुपमा प्रकासित गरी नेपाली परिवारका घर- घरमा बितरण गरे । सामाजिक सेबा गर्न अभिरुची राख्ने नेपालीहरुलाई बिना पूर्वसर्त सँघ सँस्थाहरुमा नेतृत्वका लागि प्रबेश गर्न दिने, नेपाल- अमेरिका बिच राजनीतिक, सामाजिक तथा कुटनितिक सम्बन्ध सुधारका लागि नेपाली दुताबास संग सहकार्य गर्दै अमेरिकि संसदमा नेपाल समर्थित साँसद समुह ( नेपाल ककस ) गठन गर्न नैतीक बल प्रदान गर्ने आदी गरे।

त्यस्तै अमेरिकाबासि नेपाली समुदायले पहिलो पटक आफ्नो बलिबुताले जोडेको नेपाली पशुपती बुद्ध मन्दिर तथा शैशिक एवं सांस्कृतिक केन्द्रको मुख्य चन्दा संकलक तथा सहयोगिका रुपमा योगदान गर्दै आएका छन।

धेरै लामो समय देखी अमेरिका बसे पनि नेपाल र नेपाली सँगको घनिष्टतामा रहेका पौडेल नेपालमा राजनीतिक परिवर्तन हुँदा आफुलाई अत्यन्त सुसुचित राखिरहन्छन। बिगतमा प्रजातन्त्रको घाँटी पूर्व राजा ज्ञानेन्द्रले निमोठ्दा अमेरिकाको संसद तथा राष्ट्रपती भवन बाहिर गरिएका बिरोध प्रदर्शनको नेतृत्व समेत पौडेलले गरेका छन।

प्रजातन्त्रका पक्षमा जन लहर ल्याउन तथा नेपाली राजनीतिको बिकृति पक्षका बारेमा आप्रवाशी जनतालाई सुसुचित गराउन रेडियो दोभानमा लामो समयसम्म कार्यक्रम चिरफार सन्चालन गरेका थिए।

ब्यक्तिगत जीवनमा पौडेल आफ्नो परिवारबाट अमेरिका प्रवेश गर्ने पहिलो ब्यक्ती भएकाले उनको काँधमा सधैंँ नै बृहत परिवारलाई संरक्षण गर्नु पर्ने दायित्व थियो र छँदैछ । त्यसका लागि आफ्नो पेशागत जीवन बाहिर आफ्नी श्रीमतिको सहयोग तथा अगुवाइमा बिभिन्न उद्ध्योग तथा ब्यवसाय सफलतापुर्बक सन्चालन गरीसकेका छन ।

उनको दस बर्षे लामो उद्योग सन्चालनका क्रममा सयौ नेपालीहरुले रोजगारी पाएका छन। उनको सामाजिक,राजनीतिक तथा शैक्षिक भूमिका तथा प्रभावका कारण तथा रणनितीक हिसाबले राजधानिमा बसोबास गर्ने हुंँदा अमेरिका भ्रमणका क्रममा जाने दर्जनौँ राजनेता तथा बरिस्ठ निती- निर्माताहरु उनको संपर्कमा आँउन रुचाँउछन ।

केही बर्ष अघी प्रधानमन्त्री सुशिल कोइराला न्यू-योर्कमा उपचार गरेपछी वासिङ्टनका नेपाली समुदायसंग भेटघाटका क्रममा जांदा पौडेलकै निवासमा बस्नु भएको थियो । पौडेल विश्व-ब्यापी रुपमा आप्रवाशिका समस्याका बारेमा सचेत तथा तिनका निराकरणतर्फ उन्मुख छन। बिशेष गरी अमेरिकामा रहेका नेपालीहरुका मुल मुद्धाहरु-नेपाली नागरिकताको निरन्तरता, पैत्रिक सम्पत्ती माथि हुनुपर्ने नैसर्गिक अधिकार, नेपाली बजारमा आप्रवासीलाई सुहांउदो लगानीका बातावरण, अमेरिकि बजारमा दक्ष नेपाल-शिक्षित प्राबिधिकलाई काम गर्न पाउने भिसाको प्रबन्ध अादी कुरामा उनी लाग्ने जमर्को गर्दैछन ।

पौडेल यही अप्रिल महिनाको १६ तारिख हुन गैरहेको गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाको अध्यक्ष पदका ससक्त दाबेदार हुन। यो संस्थामा बिभिन्न राजनीतिक बिचार ,समुह तथा योग्यता भएका अमेरिकि आप्रवाशी नेपालीहरुको प्रतिनिधित्व हुनुपर्छ भन्ने कुरामा पौडेल प्रतिबद्ध रहेका छन l

पौडेल आफ्नी श्रीमती प्रतिमा तथा दुई छोरीहरु क्रमश; प्रितीका र प्रियंकाका साथमा अमेरिकाको वासिङ्टन डिसी समिपको शहरमा पछील्लो २० बर्ष देखी रँहदै आएका छन ।


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
ए १ पनि पुगेनछ ?
TPS to F1 Status.
NRN card pros and cons?
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Need Help of IT consultancies
Nepal TPS decision
Supreme Court allows Trump to end TPS for Venezuelans
Any input on remote jobs(IT related or Sales or Marketing)?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
Nepal Likely to Get 60-Day TPS Notice
Nepal TPS has been Extended !!!
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters