[Show all top banners]

timi_mero_sathi
Replies to this thread:

More by timi_mero_sathi
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

Jhapali_Thito

lolitalover
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 कथा -ब्यथा
[VIEWED 12918 TIMES]
SAVE! for ease of future access.
Posted on 08-04-17 6:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 


Copied from past posting

कथा 

आइते र सांइलि तामाड्नी जन्म थलो काभ्रे बाट शहर झरेको पुरा सात बर्स भएछ। गांऊमा माओबादि ले खाना मागेको बेला खाना नादिए पिट्ने र मार्ने धम्कि अनि माओबादिलाई खान दिए सेनाको पिटाइ र घरिघरिको सोधपुछ बाट गांऊमा बस्न सक्ने स्थिति थिएन। 
एक दिन भनेको बेला खान दिएन भनेर माओबादि ले आंगन मा बाधि राखेको दुईटा लइनो भैसि लिएर गए। पछि सेना आएर माओबादि लाइ भैसि दिएर सहयोग गर्ने तै होइनस भनेर आइते लाइ समातेर लागे। 

दुइ बर्ष कि छोरि जुनेलि लाइ पिंठु मा बोकेर रुदै सांइलि तामाड्नी आधा घण्टा सम्म पछि पछि पनि आएकि हो

 “बिन्ति छ मेरो लोग्ने लाइ नलग, माओबादि ले भैसि खोसेर लागेको हो, हामिले दिएको हैन” भनेर कति बिन्ति कराइ गर्दा पनि सेना ले ऊल्टो “बढि नकरा तेरो लोग्ने लाइ भोलि पठाइ दिन्छौ, अइले सुरुक्क जा होइन भने तंलाइ यहि भिरबाट खसालि दिन्छौ” भनेपछि सांइलि रुंदै फर्केको आइते लाइ अझ पनि सम्जना छ।

 भोलि पठाइ दिन्छु भनेको आइते लाइ सेना ले काहा लाग्यो थाहा भएन। आइते नभएको बेला माओबादि आएर सांइलि लाइ पनि माओबादिमा लाग्नु पार्छ भनेर निकै कर गरे। सांइलि ले नमान्दा बेस्करि पिटेर घरमा भएको मकै पनि लुटेर लगे।

 छ महिना पछि आइते एकाएक घरमा आयो, ऊसको शरिरभरि निलडाम थियो, हातमा प्लास्टर लगाइएको थियो। त्यसपछि ऊनिहरु गांऊ छोडेर शहर आए सेना र माओबादि को आतंक बाट दिक्क भएर दुइ बर्षको छोरि बोकेर शहर पशेको हिजै जस्तो छ तर शहरमा भारि बोकेर, कुल्लि काम गरेर परिवार पालेको पनि सात बर्ष पुगेछ। र, आजै जुनेलि १० बर्षकि लागि 

आज जुनेलि लाइ टाइफाइड ले छोएको पानि एक महिना पुग्यो। जुनेलि दुब्लाएर नर्कट जस्ति भएकि छ। 
“अब टाइफाइड निको भयो, छोरि लाइ केहि तागतिलो खान दिएर छिटै बलियो बनाउ”, डाक्टरको स्वर आइते को कान मा ताजै छ। तर बन्द र जुलुस ले गर्दा हिजोआज काम पाऊनै गाह्रो। अलिअलि बचाएको पैसा पानि ओखति गर्दैमा सकियो कहांबाट ख्वाऊनु केहि तागतिलो? 

“ए जुनेलि को बाऊ आज छोरी को जन्मेको दिन पनि हो, बिहान देखी छोरि मासुभात खाने भनि रहेकि छ, घरमा अलिकति गहुको पिठो र लसुन बाहेक केहि छैन। मतिटेल पनि सकियो। जाऊन एसो कतै काम पाइन्छ कि? फेरि भोलि के खानु”? एघार बजि सक्यो। सांइलि को स्बर ले आइते झस्कन्छ।

 हो आज त केहि कमाऊनै पर्छ, हिजो पनि दिन भर केहि काम पाइएन फेरि भोलि देखि सात दिन बन्द भन्छन् भन्दै आइते नाम्लो बोकेर सडक तिर लाग्छ। तर तिन बज्दा सम्म केहि काम नपाएकोमा आइतेलाइ चिन्ता लग्छ। आज पनि काम पाइदैन क्यारे.  के गर्ने होला? 

“ए आइते मेरो एकबोरा चिनि र तिन टिन मतिटेल घरमा लग्दिन्छस?, तिन सय दिन्छु, भोलि देखि सात दिन सहर बन्द भन्छन पसल खोल्न नसकेपनि घरबाटै भएपनि चिनि र मतिटेल बेच्नु पर्ला” राम साहु ले आइते लाइ भन्यो।

 यसलाइ त दुइ ताल गर्नु पर्छ साहुजि फेरि सामान गरुंगो पानि छ अलिकति पैसा बढाइदिनुहुन्छ कि ? आइते को जाबाफ थियो। “मोरा पैसा बढाइदे भन्छ, भोलि देखि सात दिनको बन्द मा काम पाइनस भने कसरि डेराको भाडा तिर्छस”? हो त नि भन्दै आइते भारि बोकेर साहु को घर तिर लाघ्छ।
 फर्कदा साहुले दिए को तिन सय बाट मासु, मतिटेल र गहुको पिठो लिएर खुसि हुदै डेरा तिर लाग्छ।

ब्यथा 

 आइतेले कालो झोलामा सामान बोकेको छ। सायद यो सांझ को पांच बजेको होला। बाटोमा जुलुस जिन्दाबाद र मुर्दाबाद को नारा लागाऊदै अगाडि बढिरहेछ कति ले हात मा मसाल पनि बोकेका छन्। जुलुस पुलिस चौकि तिर बढिरहेछ्। यो माओबादि को जुलुस हो अब यंहा सेना ले आक्रमण गर्छ.  बाटो मा कसैले भनेको आइतेले सुन्छ। 

आइते हतार हतार डेरा तिर लम्क्न्छ। आइतेको डेरा पुलिस चौकि बाट एक किलोमिटर मात्र टाडा छ। यत्तिकैमा ड्याम डुम गोलि चलेको आवाज आऊछ । "ए भाग भाग पुलिस ले गोलि चलायो मर्लास"  आइतेको पछाडि बाट कोइ कराऊछ ।

 आइतेको जिऊ एकपटक सिरिङ्ग हुन्छ, मरिने पो भइयो क्यारे आज। ऊ बेतोड ले डेरा तिरा डौडिन्छ। डेरा को ढोका देखिएपछि जोड ले कराऊछ "साइलि ढोका खोल म आइपुगे" । यत्तिकै मा पछाडि बाट कसैले भन्छ ए त्यो कालो झोला बोकेर भाग्ने माओबादि लाइ ठोक ।

 ड्याम्म…… आइतेलाइ पछाडि सुइरो ले रोपेको जस्तो हुन्छ । ड्याम्म……आइते ले फेरि ढाड मा अर्को सुइरो को अनुभब गर्छ। सांइलि भन्दै आइतेको निरजिब शरिर डेरा को ढोका मा बज्रिन्छ । हल्ला सुनेर साइलि ले ढोका खोलि तर ड्याम्म……सांइलिले के भो थाहनै पाइन। ऊसको निरजिब शरिर आइतेको लास माथि घोप्टिन्छ।

 कोलाहलले गर्दा टइफाइडले थला परेर निदाएकि जुनेलिको निद्रा खुल्छ। ऊसलाइ लाग्छ शायद बाऊले मासु लिएर आए। मासु र भात खान पाऊने आशाले उसको आंखामा एक प्रकार को चमक छांऊछ । 


 
Posted on 09-21-21 9:37 PM     [Snapshot: 5409]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

why not a single answer on this great post ? ........ lets like this post plis .........
 
Posted on 09-21-21 9:39 PM     [Snapshot: 5414]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

this has more creative writing ...... then some of the creative writing classes takers here ....... so it got one like from me .........                 

Last edited: 21-Sep-21 09:40 PM

 
Posted on 09-21-21 11:13 PM     [Snapshot: 5453]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-22-21 9:42 PM     [Snapshot: 5579]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

पाण्डेजीको नाम उहाँले नै लेखेको पैंगाम। 

Its just a phase baby..

then one day you will realize .....
who you were ...
and who i were ....

but for now ....
let this phase pass.....

cus ......
at the end of the day ....
gold will realise who gold was ......
silver will realise who silver was ....
diamond will realise who diamond was .........

so its just a phase ......

 
Posted on 09-22-21 9:56 PM     [Snapshot: 5591]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

good good .....

 
Posted on 09-22-21 9:59 PM     [Snapshot: 5596]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

अझै मसँग रिसाको हो कि हजुर?
 
Posted on 09-22-21 10:01 PM     [Snapshot: 5605]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Bennedict timi family wala manche ....
ma single manche ....

mero mann safa cha .... asha rakhchu timro ni cha ...... :)
 
Posted on 09-22-21 10:06 PM     [Snapshot: 5615]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

if we bod have clean heart we should be on same side .... but i dont knw why we end up arguing ...... :)

anyways wish a nice hump day (amrikhane way ma wednesday lai bhundo recha)
 
Posted on 09-22-21 10:09 PM     [Snapshot: 5610]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

मेरो मन पनि सफा नि हजुर। अब मलाई केही दिन तपाईंको उपस्थिती धेरै लागेर त्यस्तो पोस्ट गरेको हुँ, तर तपाईंसँग त्यस्तो केही समस्या छैन। अनी नासजी को चम्चा अनी अन्डीजी र लोगनको बाजेको दुश्मन जस्तो देखिनुमा केही कारण छ नि। कुनै दिन विस्त्रित लेखौला नि। मलाई तपाईंले सोचेको जस्तो धेरै लाइक्स पनि चाहिन्न नि। आफुले लाइक्स पाएन भनेर म रोको जस्तो लाग्ला तर त्यस्तो हैन।
 
Posted on 09-22-21 10:14 PM     [Snapshot: 5624]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

huncha hajur ......

ma chai baal type munche ho ...... tara im unbiased towards anyone ........

timro analysis malai kaile kati thikai cha ....... but ur biased towards few users ...... aba muile bujhe bujhina tyo afno thau ma cha ...... ma chai i dont care about anyone ...... u must have seen i criticized sajha admin also multiple times regarding his biased decisions ......

muile logan nas even logankobaje lai ni criticize gaerko ho tara tini haruko ramro part ma ni maile ramro vaneku hu ......

so i think im fair and unbiased towards all .......

maybe expecting same from u also ......
 
Posted on 09-22-21 10:20 PM     [Snapshot: 5622]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

ओके मैले पोस्ट गरेको कुराले तपाईंलाई नराम्रो लागेको हो भने आई एम सरी। अब त्यस्तो काम म गर्दिन।

अहिले चै मलाई शेखरजीले लेखेको कुराहरुले उकुस मुकुस गरिराको छ, खैर। त्यो Tundra गाडीको बारेमा र उहाँले सुताउनुभाको केटीहरुको बारेमा। कुरा पनि कस्तो कस्तो हो यो मान्छेको। आफु कलेज छोडेर काम गर्न हुने अनी अरु आउट अफ स्ट्याटस भाको हरुलाई फेरी किन घोच्-पेच होला।
बेकारमा आँफैले आँफैलाई दु:ख दीईराको छु।
 
Posted on 09-22-21 10:23 PM     [Snapshot: 5639]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

my request to you is ...... if you want to be critical about someone ..... be fair to everyone .....

dont think if its sajha admin ...... or nas logan bla bla the usual users ...........

if you cherry pick users to criticize based on their popularity expirience and power ......

you will come up as a very biased person ...... :)


 
Posted on 09-22-21 11:11 PM     [Snapshot: 5642]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

That's a good trait to have, be unbiased and fair. Everyone should be like that and do the same like you, give a damn about a lot of redundant things in life, (not everything though), but in reality it does not happen like that always. This is because it is hard for many people to maintain and command respect through your words and gestures (esp. in Sajha), while some people do it really well, effortlessly, some people never care about the repercussions their actions may generate. In this process, we, as an audience, tend to develop liking for some fellow people and dislikes for some other ones due to the choices they have made and shown, and at the end of the day, it may look like we are being biased and unfair to some other section of people watching us.

But still, I praise what you have said there.




 
Posted on 09-22-21 11:16 PM     [Snapshot: 5682]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

good choices of words ....... i want no fight with you ...... maybe find other culprits in sajha ??
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ढ्याउ गर्दा दसैँको खसी गनाउच
I hope all the fake Nepali refugee get deported
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
Travel Document for TPS (approved)
To Sajha admin
All the Qatar ailines from Nepal canceled to USA
MAGA मार्का कुरा पढेर दिमाग नखपाउनुस !
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters