[Show all top banners]

vowels2006
Replies to this thread:

More by vowels2006
What people are reading
Subscribers
:: Subscribe
Back to: Current Affairs Refresh page to view new replies
 पक्राउ परेका सिके राउतलाई छाड्न घरमै पुग्यो प्रहरी
[VIEWED 7612 TIMES]
SAVE! for ease of future access.
Posted on 05-27-15 6:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सप्तरी, जेठ १३ – इटहरीबाट प्रसारित एरिना टेलिभिजनमा विशेष अन्तर्वार्ता दिन आउने क्रममा मंगलबार दिउँसो पक्राउ परेका डा. सिके राउतलाई बुधबार बिहान ४ बजे प्रहरी सुरक्षा घेराबाटै राजविराजस्थित परिवारको जिम्मा लगाइएको सगरमाथा अञ्चल प्रहरी कार्यालयका प्रमुख एसएसपी रमेश भट्टराइले बताएका छन ।

टेलिभिजनको कार्यालय परिसरबाटै पक्राउ परेका राउतलाई राज्य विप्लवको मुद्दा लगाउने ठोकुवा गर्दे आएका इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी प्रमुख डिएसपी विनोद कुमार शर्माकै आदेशमा डा. राउतलाई राजविराजस्थित उनको घरमा पुर्याउने काम भएको हो ।

परिवारका सम्पर्कमा आइसकेका राउतलाई इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी शर्माले सप्तरीस्थित प्रहरी कार्यालयमा मुद्दा रहेको कारण उतै जिम्मा लगाउन लगेको भन्दै इटहरीवासीलाई झुक्याउँदै आइरहेपनि सगरमाथा अञ्चल प्रहरीका प्रमुख एसएसपी रमेश भट्टराइले भने, ‘राउत बिहान करिब ९ बजे परिवारको सम्पर्कमा आइसकेको बताएका छन् ।’
राज्यले देशद्रोहीको संज्ञा दिएको राउतलाई सुरक्षाका साथ बाहिर लगेको खबर पाएपछि इटहरीवासी तथा सञ्चारकर्मीहरुको चपेटामा पर्ने डरले इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी विनोद कुमार शर्मा र प्रहरी निरिक्षक खगेन्द्र खड्का दुवैले आ–आफनो मोवाइल स्वीच अफ गरी बसेका छन् ।

यता प्रहरी चंगुलमा रहेको भनिएका नेपालका लागि भाइरस मानिएका डा. राउतलाई प्रहरीले सुरक्षाको साथ घरसम्म पुर्याएको समाचार बाहिरिएपछि इटहरीउपमहानगरवासी डिएसपी शर्मा विरुद्ध आक्रोशित बनेका छन् । स्थानीयहरुले प्रहरीले गरेको उक्त व्यवहारको कडा विरोध गर्दे आन्दोलनको चेतावनी समेत दिएका छन् । उता परिवारको सम्पर्कमा पुगिसकेका डा. राउतले घर पुगेलगत्तै आफनो फेसबुक स्टाटसमा मधेसमा भइरहेको बसाई सराई बन्द गरिनुपर्ने, आफुविरुद्ध लगाइएको झुठा मुद्दाहरु खारेज हुनुपर्नेलगायत आफु विरुद्ध आन्दोलित गर्ने र पुत्ला दहन गर्नेहरुलाई पहाडिया बेवकुफ समेत भनेका छन् ।
- See more at: http://www.ratopati.com/2015/05/27/236445.html#sthash.H2ttPE6S.dpuf
 
Posted on 05-27-15 6:40 PM     [Snapshot: 389]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

if CK is guilty then all hindubadis, janajati basis are guilty too
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
Funny when Nepalis talk about Epstein and injustice
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters