[Show all top banners]

rownyc
Replies to this thread:

More by rownyc
What people are reading
Subscribers
:: Subscribe
Back to: Politics Refresh page to view new replies
 Sher Bdr Deuba's stance on the border-dispute
[VIEWED 3397 TIMES]
SAVE! for ease of future access.
Posted on 08-04-15 10:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले लिपुलेक, कालापानी र सुस्ता नेपालकै भएको भन्नुभएको छ ।

साताव्यापी भारत भ्रमणबाट आज स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री देउवाले आफूले भारत भ्रमणमा लिपुलेक, कालापानी र सुस्ता नेपालकै हो भनेर स्पष्ट पारेको जानकारी गराउनुभयो । लिपुलेकका सम्बन्धमा नेता देउवाले सुगौली सन्धिले नेपाल–भारतको सिमाना कालीको सिमाना मानेको र लिपुलेकबाटै कालीको सिमाना सुरु भएकाले यसलाई त्रिदेशीय बिन्दुका रुपमा मानिएको बताउनुभयो ।

आफ्नो भारत भ्रमण समग्रमा सन्तोषजनक रहेको बताउँदै नेता देउवाले भन्नुभयो, “नेपालप्रति भारतको अत्यन्तै सद्भाव रहेको पाएँ ।” “भारतीय नेताहरुले नेपालमा सबैलाई मिलाएर संविधान छिटो बनोस् भन्ने भावना व्यक्त गर्नुभयो”, नेता देउवाले भन्नुभयो, “प्रमुख दलहरुबीच भएको १६ बुँदे सहमतिलाई भारतले राम्रो मानेको छ, तर विरोधमा देखिएकाले केही दललाई भरसक मिलाउनुस् भन्ने सुझाव दिएको छ ।”

भारतीय नेताले भोलिका दिनमा कुनै पनि विवाद नहोस् भनेर अधिकतम सहमतिका लागि प्रयास गर्न सुझाव दिएको नेता देउवाले बताउनुभयो । भारतले सीमाङ्कनसहित संविधान आउनुपर्छ भनेको छ नि भन्ने सञ्चारकर्मीको जिज्ञासामा नेता देउवाले भन्नुभयो, “भारतले नेपालको मामलामा यस्तो गर उस्तो गर भन्दैन तर सबैलाई मिलाउँदा राम्रो हुन्छ भनेको मात्र हो ।”

तपाईँ प्रधानमन्त्रीको लाइन मिलाउन भारत जानु भएको हो कि भन्ने जिज्ञासामा पूर्वप्रधानमन्त्री देउवाले आफू प्रधानमन्त्रीको लाइन मिलाउन नगएको र भारतको समर्थन जुटाउन पनि नगएको भनी प्रतिवाद गर्नुभयो । “मैले नेपालप्रति भारतको सद्भाव चाहने हो”, उहाँले भन्नुभयो ।

संविधान निर्माणको महत्वपूर्ण समयमा नेपालका नेताहरुको भारत भ्रमणको अर्थ के हो भन्ने जिज्ञासामा नेता देउवाले आफू भारतमा निर्धारित कार्यक्रममा भाग लिन र भारतीय नेताहरुसँग भेटघाट गर्न गएको स्पष्ट पार्नुभयो । “भूकम्पका बेला भारतले धरै सहयोग गरेको र अझ सहयोगको आवश्यकता छ भन्न गएको हुँ”, उहाँले भन्नुभयो । उहाँले आफू पर्यटनका र लगानीका लागि नेपाल सुरक्षित छ भन्न गएको बताउनुभयो ।

तपाईँको अनुपस्थितिमा पार्टीको अधिवेशनको मिति हेरफेर भयो नि भन्ने प्रश्नमा नेता देउवाले केन्द्रीय महाधिवेशनको मिति नसरेको र संविधान निर्माणको कार्यलाई दृष्टिगत गरी वडा र गाउँको अधिवेशन मात्रै सामान्य हेरफेर भएको स्पष्ट पार्नुभयो ।

भारत भ्रमणका क्रममा नेता देउवाले भारतीय राष्ट्रपति प्रणव मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुष्मा स्वराज, विदेश सचिव एस जयशङ्करलगायत नेतासँग भेटवार्ता गर्नुभएको थियो । उहाँ भारत सरकारको निमन्त्रणमासाताव्यापी भ्रमणका लागि बुधबार नयाँ दिल्ली जानुभएको थियो ।

-

 
Posted on 08-04-15 10:48 AM     [Snapshot: 17]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

Nepal's president needs to go to United Nations to resolve border dispute. You don't go to a fox to ask back chicken stolen!
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
Conservative discussions
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Supreme Court allows Trump to end TPS for Venezuelans
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ICE kidnapping people off the streets over op eds
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
ए १ पनि पुगेनछ ?
2020 : Why No Trump !
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters