[Show all top banners]

cybernepali
Replies to this thread:

More by cybernepali
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 4]

jetho390

Mr. D

Tyo Din

tragicomic
:: Subscribe
Back to: Current Affairs Refresh page to view new replies
 Nepali politics in San Francisco, Nepal Congress wins
[VIEWED 3328 TIMES]
SAVE! for ease of future access.
Posted on 01-21-13 9:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रामचन्द्र भट्ट, सानफ्रान्सिस्को (अमेरिका), माघ ८- नेपालमा संसदीय चुनाव कहिले गर्ने टुंगो नभइरहेको समयमा अमेरिकाको क्यालिफोर्निया राज्यमा रहेका नेपालीहरुले भोट हालेर चुनावको तिर्सना मेटेका छन्। क्यालिफोर्नियाको उत्तरी भागमा बस्ने नेपालीहरुको संस्था 'नेपलिज इन नर्दन क्यालिफोर्निया (नान्स)' को नेतृत्व यसपटक चुनावबाट चयन भएको छ। नान्सको नयाँ नेतृत्वको लागि उत्तम कार्की र प्रेम लामाको दुई प्यानलबीच चुनाव भएको थियो।

सानफ्रान्सिस्कोको एलिस स्ट्रिटमा भएको चुनावी कार्यक्रममा नेपालीहरुले बिहान साढे ८ बजेदेखि चुनावको लागि लाइन लागेका थिए। उनीहरुले सामाजिक संस्था भए पनि चुनावी माध्यमबाट नेतृत्व चयन हुँदा काम गर्ने उत्साह हुने भएकाले टीका लगाउने प्रथा अन्त्य गर्नका लागि मतदान गरिएको बताए।

चुनावमा नेपाली कांग्रेस निकट कार्कीको प्यानल विजयी भएको थियो। कांग्रेस निकट नेपाली जनसम्पर्क समिति क्यालिफोर्नियाको एकताको प्रभाव यसपटक नान्सको निर्वाचनमा देखिएको छ। एकतापछि बे एरियाको नामले परिचित सानफ्रान्सिस्कोको सबैभन्दा ठूलो नेपाली संस्थामा कांग्रेसले पकड जमाएको छ।

विगत २० वर्षदेखि अमेरिकामा बसोबास गर्दै व्यबसायीको समेत पहिचान बनाएका कार्की नेपाली कांग्रेसका नेता बलबहादुर कार्कीका नातेदार हुन्। उनले आफ्नो कार्यकालमा नेपाली भवन (नेपाली कम्युनिटी सेन्टर) बनाइछाड्ने प्रतिबद्धता व्यक्त गरे।

नेपालीबीच सम्पर्क, सहयोग बढाउने र आफ्नो भाषा संस्कृतिको संरक्षणका लागि कम्युनिटी सेन्टर बनाउने योजना नयाँ कार्यसमिति गरेको छ। नेपाली कम्युनिटी सेन्टर स्थापनाका लागि दुई वर्षअघि महापुराणसमेत आयोजना गरिएको थियो। त्यसक्रममा दुई लाख ६० हजार अमेरिकी डलर संकलन भएको थियो। त्यसमध्ये नगद ६० हजार डलर संस्थामा प्राप्त भइसकेको छ।

शनिबार भएको अधिवेशनले कार्कीको नेतृत्वमा निर्वाचित १५ सदस्यीय कार्यसमिति चयन गरेको छ। निर्वाचित प्रथम उपाध्यक्षमा चन्द्र शेरचन, द्वितीय उपाध्यक्षमा चन्द्र फुयाल, महासचिवमा रविन्द्र राई, सचिवमा सुजित सिंह र कोषाध्यक्षमा नारायण पोखरेल छन्। सचिव र कोषाध्यक्ष भने निर्विरोध चयन भएका हुन्।

सदस्यहरुमा सुरज गुरुङ, रमा शर्मा, गेलु शेर्पा, कृष्ण भुजेल, बबिता सिटौला, सुरेश केसी, मिनु थापा, बालकृष्ण आचार्य, देबराज राई निर्वाचित भएका छन्। नान्सलाई अमेरिकाभरि रहेका नेपाली संस्थाहरुमध्ये सबैभन्दा बढी सदस्य भएको संस्थाका रुपमा लिइन्छ। नान्समा एकहजार आठसय नेपालीहरु सदस्य छन्। यसमध्ये शनिबार भएको निर्वाचनमा एकहजार एकसय ६९ मत खसेको थियो।

स्थानीय समयअनुसार आइतबार बिहान मत गणना सम्पन्न गरेर परिणाम घोषणा गरिएको थियो। निर्वाचितलाई निर्वाचन समितिका प्रमुख यज्ञ नेपाल, नान्सका पूर्व अध्यक्षहरु गोपाल खड्की, धनप्रसाद दवाडीले प्रमाणपत्र वितरण गरेका थिए।
अमेरिकामा क्यालिफोर्नियामा भारतीयले आफ्नो कम्युनिटी सेन्टर बनाएर विभिन्न क्रियाकलापमा संलग्न छन्। १९ वर्षअघि स्थापना भएको नान्सलाई आगामी दिनमा अझै सक्रिय बनाएर लैजाने प्रतिबद्धता नयाँ कार्यसमितिले व्यक्त गरेको छ।


 
Posted on 01-21-13 9:45 AM     [Snapshot: 40]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

सबै कांग्रेसी अमेरिका आएर दूध भात भोट हाल्दै बस्दा रहेछन अनि नेपाल मा माओ ले चुनाब नजिते कसले जित्छ त ?

 
Posted on 01-21-13 11:26 AM     [Snapshot: 175]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

https://www.youtube.com/watch?v=lYvQ8Cs_MW0
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
EAD Filing
अब के हाेला त?
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
NOV 18th TPS DAY
Work Permit
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
H1B
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters