केही दिन अघी टोप बहादुर जिसी ले बच्चा हेर्ने र पढाउने आया " बर्षा" लाई आफ्नो बैठक कोठामा बोलाए |
'बस बर्षा " टोप बहादुरले भने, "तिमीले पाउने पैसाको हिसाब किताब गरौ | मैले तिमीलाई महिनाको ३० दिन्छु भनेको थिए हो , होईन?
"चालिस" बर्षाले भनि |
टोप बहादुरले भने "मैले लेखी राखेको छु अनी जहिलै पनि आयालाई तिस दिने गरेको छु " | "तिमी २ महिना देखी काम गरेकी छौ"
बर्षाले भनिन " दुई महिना ५ दिन"
" होईन पुरै दुई महिना" त्यो पनि लेखेको छु, तेस्को माने तिमीले साठी पाउछौ | टोप बहादुर भन्छन " तेस्मा नौ वटा शनिबार घटाऊ, तिमीले असिशलाई हेरेनौ | तिमीले ३ दिन छुट्टी लियौ .. "
बर्षाको अनुहार रातो पिरो हुँदै गयो | एक शब्द पनि बोलिन औलाले पछौराको एक कुना अर्को औलामा घुमाउन थालि |
३ दिन छुट्टीको १० घटाऊ , ४ दिन अशिम बिरामी थियो , तिमीले अशिम लाइ मात्र हेर्यौ, तिम्रो दात दुखेर तिम्लाई बिदा लिएकी थियौ तेसैले १९ घटाऊदा ४१ पाउछौ , होईन् त ? टोप बहादुरले भन्यो |
बर्षाको आँखा झनै रातो भएर आसु देखा पर्यो, चिउडो काम्यो , असजिलो मानेर खोकी तर केही बोलिन |
टोप बहादुरले भन्यो " नयाँ बर्स्को दिन एउटा कप र प्लेट फुटायौ, चिनिया कप प्लेट महङा छ्न तर पनि मैले कम्ती नै घटाए, तेस बाट २ घटाऊ | नोक्सान भएको मन नपर्ने टोप बहादुरले बर्षाको लापर्वाहिले आशिस रुख चढेर ज्याकेट च्यात्यो तेस्को १० घटाऊ | अशिमले पार्कमा जुत्ता हराएर आयो त्यो पनि तिम्रै लपर्वाहिले गर्दा भएको हुनाले अर्को ३ घटाऊ सबै | हेर्न भनेर तिमीलाई तलब दीई राखेको हो, होइन र ? "
"माघ १० मा तिम्लाई १० दिएको हुँ" टोप बहादुर ले भन्यो |
बर्षाले बिस्तारै दिनु भएन भने पछी टोप बहादुरले यो पनि लेखी राखेको छु भनी नोट् बुक पल्टायो | "४१ बाट पच्चिस घटाऊ बाँकी १६ हुन्छ, होईन ?"
बर्षाका दुबै आँखा आशुले टल्पल भए, नाकमा पसिना देखिए | बर्षाले भनी " मैले हजुरको श्रीमती सँग एक पल्ट् ३ मात्र लिएकी छु , त्यो भन्दा बढी होईन "
" हो त्यो पनि लेखेको रहेछु , १६ बाट ३ घटाऊ, तिम्ले पाउने १३ हो , लौ लेउ तिम्रो पैसा , एक दश र ३ एक यहाँ छ " भन्दै टोप बहादुरले खाम थमाए |
बर्षाले काम्दै गरेको हातले खाम थामी र बिस्तारै दबेको स्वरमा "दया गर्नु भएको मा धन्यवाद" भनी |
टोप बहादुरले के को लागि धन्यवाद भनी सोधे |
बर्षाले उत्तर दीइ " पैसाको लागि धन्यबाद"
टोप बहादुरले भने " मैले तिम्लाई ठगेको छु , तिम्लाई थाहा छ ? मैले दया गरेको छैन "
बर्षाले भनी "अरु ठाममा त झनै धेरै कटाउछन , एती पनि हात लाग्दैन् !"
टोप बहादुर भन्छ " धेरै कटाउछन ? मैले त ठट्टा मात्र गरेको हुँ , खाममा ८० नै छ , मनिष यती कमजोर पनि हुनु हुँदैन ,
किन बिरोध गरिनौ, चुप चाप बस्यौ, के यसरी बाँच्न सकिन्छ ?"
बर्षाको अनुहारमा हर्स अनी अनौठो हासो झल्कियो "सकिन्छ " सङै " दया गर्नु भएको मा धन्यवाद"" दया गर्नु भएको मा धन्यवाद" गुनगुनाउदै बाहीरीई |
टोप बहादुर बर्षा गए तिर हेरी रहन्छ अनी अनायास उसको मुख बाट निस्कन्छ "विश्वाशमा परेका र कम्जोरलाई लाई ठग्नमा के को चलाखी चाहिन्छ र ?"
(यो कथाको बिषय "बिसेमिरा" कथा सँग मिल्दो जुल्दो छ)
Last edited: 13-Jul-20 03:09 PM