मेरा एक मित्र छन् २५ बर्स अघि अमेरिका छिरेका हुन् | उनलाई मेरा अर्का मित्रले म नेपालमै हुँदा "हरिकुजेल" उपानाम राखी दिएका थिए | हरिकुजेल हतपती फोन गरि हाल्दैनन , फोन गरे भने किन ,केलाई, कसलाई के भो , के समाचार दिने हुन् आदि इत्यादी ले मगज भरिन्छ ऊनको स्वर सुन्नु अघि | बिगतमा प्रायस खराब समाचार धेरै सुन्नु परेको ले होला ? | भलाकुसारी २ वाक्यमा सकिहाल्यो अनि पोख्न थाले आत्म कथा भनौ वा मनका व्यथा | यो साझामा कसैले उठाएको धागो " Sick of Nepali Attitude " जस्तै के भयो भनेर सोध्न पाएको छैन साउने झरी झैँ बर्सिन थाले |
दाजुभाई खाललाइ अप्ठ्यारो परेको सुनी मौका मा काम नलागी कहिले लागौला भनि फलानो को घरमा गै १५ हजारलिनु है भनेको लिन गए गएनन् आज सम्म खबर छैन | उनको टाउको दुखाइ चाहि त्यहि व्यक्ति उता वाट रामे ,च्यामे , भक्ते , जिरे लाइ घन्टी ठोक्ने तर म पैसा पठाउनेले चाहि खोजि खोजि सोध्नु पर्ने ए ? टाटा टिपे झैँ गरेर डलर पठाए पछी Expectation बडाई दिए पछी - किन दुखाइ रहने टाउको ? कित भन्नु पर्थ्यो रुपैया पाऊना साथ् खबर गर्नु भनेर ? भने पनि होलान ? पैसा पाए पाएनन तेस्को चासो त पाउनेलाई भन्दा पठाउनेलाई बडी हुने भएन र ? उसले मागेको थियो र ?
अनि मैले पनि सुनाइ दिए कहिँ यही साझामा पढेको कथा- कुनै खैरेले बैंकमा ' तपाइको वालेट खस्यो भनि" नेपालिलाइ भनेछ रे | अनि नेपालीले आफ्नो खल्ती छाम छुम गरेछ पहिले अनि उठाएछ वालेट , अनि लाjममा चुप चाप बसेछ | खैरे बडबडाउन थालेछ " मलाइ धन्यबाद पनि छैन " | यस्तै हो हाम्रो बानि |
तिमीले आबस्यक देखेर सहयोग गर्योउ , मागेर गरेको भए आर्कै कुरा हुन्थ्यो | अब २ डलर खर्च गरि सोध आफैले , किन हच्किन्छौ |
हरिकुजेलको ब्यथा नबुझेको हैन | मैले पनि " एक सुकाको तेल दे घसी पनि दे " भनेको यही होला भन्दै फोन बार्ता अन्त्य गरे |