वाह ! ठुल्दाइ !
पहिलो पंक्तीले नै मन छोयो - "तिमीलाई पनि मलाई जस्तै "याद" ले सुमसुम्याउछ भने," रे !!
हुनत दाई अलीक रसिक, रचयीता र कोमल भएर पनि हो कि; दाइलाई कसैको "याद" ले "सुम्सुम्याएको" ! नत्र म जस्ता उम्रिदै तीन पातलाई त "याद" ले जहिले पनि छट्पटी र उकुस्मुकुस् मात्रै पारेर ल्याउंछ भन्या !
बांकी कुरो त "ईन्द्रको अघी स्वर्गको के बयान" गर्नु र, बरु केही थप्ने "गुस्ताखी" गरें है ठुल्दाइ !
बहेलिले उडाइलाने बेठेगानको पराग जस्तै
विरहले मात्रै पोल्ने न्याउलीको राग जस्तै
हाम्रो सोच छैन भने
हामी बोझ हैन भने
सम्झनु, भुमरीमा नाची हेर्न अंझै बाँकी छ
सम्झनु, दोहोरिमा धुन फेर्न अंझै बाँकी छ
बिछोडमा लुकिजाने ग्रहणको राती जस्तै
देउरालीमा सुकिजाने चढाएको पाती जस्तै
हाम्रो माया छैन भने
हामी तेस्तो हैन भने
सम्झनु, मिलन हुने रात अंझै बाँकी छ
सम्झनु, केही मात र बात अंझै बाँकी छ
चैतमाशको खरबारी झैं डढेलोमा सक्कीजाने
चखेवाको घरवारी झैं गुंड बस्दा अन्तै जाने
हाम्रो वाचा हैन भने
हामी विच छैन भने
सम्झनु, थोरै अध्मरो श्वास अंझै बाँकी छ
सम्झनु, सँगै बासको आश अंझै बाँकी छ ।