Source:
http://www.ekantipur.com/np/2072/1/22/full-story/408444.html
अन्तर्राष्ट्रिय समुदायबाट सहयोगको प्रतिबद्धता गर्नेहरूमध्ये कतिले नगद
नै तोकेका छन् भने कतिले जिन्सी सामग्री दिने भएका छन्/दिइरहेका छन्। नगद
वा जिन्सी सामग्रीको प्रतिबद्धता जनाउनेमा ३६ मुलुक छन्। रकमसहित
प्रतिबद्धता जनाउनेमध्ये जापानले ८० करोड, अस्ट्रेलियाले ५० करोड, चीनले ४०
करोड, युरोपियन युनियनको ३० करोड, नर्वेको १७ करोड र संयुक्त राष्ट्रसंघको
१५ करोड रुपैयाँ छ। त्यस्तै मोरक्को र अमेरिकाले पनि १०/१० करोडको
प्रतिबद्धता जनाएका छन्। यसबाहेक साउदी अरबका राजकुमारले १ करोड ३० लाख
रुपैयाँ सहयोगको घोषणा गरेका छन् भने एडीबीले ३० करोड दिने सम्झौता गरेको
छ। तर, यसरी दिने भनेको सहयोग रकम सरकारको खातामा जम्मा हुन सकेको छैन।
भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, कतार, दक्षिण कोरिया लगायतका
मुलुकहरू भने सहयोगको रकम नतोकी उद्धार तथा राहत कार्यमा खटिएका छन्।