नेपालको हवाइ यात्रा कति सुरक्षित ?
सबैमा एउटा आशंका जन्माएको छ, नेपालको हवाई सेवा असुरक्षित हुँदै गएको त होइन? सरकारी अधिकारी, वायुसेवा सञ्चालक, पाइलटलगायत विज्ञहरू लगातार भएका पछिल्ला तीन दुर्घटनालाई 'दुःखद संयोग' को संज्ञा दिन्छन्। तर, दुर्घटनालाई संयोगै मानेर आँखा चिम्लने अवस्था छैन। आन्तरिक हवाई सेवाका कमी-कमजोरी औंल्याउँदै दुर्घटनातर्फ सचेत गराइएका उदाहरण पनि प्रशस्तै छन्।
विज्ञहरूका भनाइमा नेपालको भौगोलिक अवस्था, आन्तरिक उडानमा प्रयोग हुने पुराना जहाज, पर्याप्त उपकरण अभाव र मौसम नै दुर्घटना दर बढ्नुका मुख्य कारण हुन्। पाइलटको गल्ती, नियमन निकायको बेवास्ता, वायुसेवा
'असुरक्षित हुँदो हो त २७ अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले काठमाडौं उडान गर्थेनन्,' उनले भने, 'त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पनि विश्वका अप्ठ्यारा विमानस्थलभित्र पर्छ। समुद्र सतहबाट यसको उचाइ ४ हजार ३ सय ९० फिट छ।'
निजी क्षेत्रको एक वायुसेवा कम्पनीका वरिष्ठ पाइलटको धारणा पनि उस्तै छ। 'वायुसेवा सञ्चालकले सकेसम्म जहाज उडाउन पाइलटलाई दबाब दिने गरेका छन्,' ती पाइलटले नाम उल्लेख नगर्ने सर्तमा भने, 'नियम-कानुनले पाइलटलाई दबाब दिन मिल्दैन। अन्तिम निर्णय हाम्रो भए पनि जागिरको सवाल भएपछि उडाउन बाध्य हुन्छौं।' प्राधिकरणले यस्तो विषयमा नियमित अनुगमन गर्नुपर्ने उनको सुझाव छ।
वायुसेवा सञ्चालकको 'चाहना' अनुसार प्राधिकरणको महानिर्देशक, हवाई उड्डयन सुरक्षा विभागका निर्देशक र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक नियुक्त हुने गरेको दाबी ती अधिकारीले गरे। 'यस्तो भएपछि नियमन निकायमै जहाज सञ्चालकको हस्तक्षेप हुन्छ,' उनले भने, 'अनि त्यस्ता सञ्चालकका जहाज समयमै मर्मतसम्भार भएका छन् वा छैनन्, उडान नियम मानेका छन् वा छैनन् भन्ने अनुगमन कम हुनु स्वाभाविक हो।'
तर, उनी पनि नेपाली आकाश हवाई उडानका लागि सुरक्षित रहेको बताउँछन्। अन्तर्राष्ट्रिय मापदण्डअनुसार उडान हुने गरेकाका कारण सुरक्षाका दृष्टिले यहाँको उडान औसतभन्दा तल नरहेको उनले जानकारी दिए। प्राधिकरणको निर्देशन अवज्ञा गरी जहाज उडाउने कम्पनी कारबाहीमा परेका उदाहरण रहेको उनले बताए। सुरक्षा प्रक्रिया अवलम्बन नगरेपछि जतिसुकै दक्ष पाइलटले उडाए पनि जहाज दुर्घटनामा पर्न सक्ने उनको भनाइ छ।
यता, फिस्टेल एयरका प्रमुख कार्यकारी अधिकृत तथा वायुसेवा सञ्चालक संघका महासचिव सुमन पाण्डेको भनाइमा दुर्घटना हुनुमा चुनौतिपूर्ण मौसम र भौगोलिक अवस्था प्रमुख कारण हुन्। उनी पुराना जहाजका कारण दुर्घटना हुने गरेको 'आरोप' मान्न तयार छैनन्। त्यसमाथि तोकिएभन्दा बढी सामान राखेर (ओभरलोड) उडान गर्ने गरिएको भनाइ र पाइलटलाई दबाब दिएर उडाउने गरिएको भनाइप्रति उनी पूर्ण असहमति जनाउँछन्।
'हामीसँग साना जहाज धेरै भएकाले यिनका आवागमन बढी हुनु स्वाभाविक हो। बरू, विमानस्थल साँघुरो छ,' उनले भने, 'तै पनि हाम्रो आकाश सुरक्षित छ।' तोकिएको समयमै मर्मतसम्भार गरे जहाज जति वर्ष पुरानो भए पनि कुनै समस्या नहुने दाबी उनले गरे। सन् १९४० मा अमेरिकामा बनेको जहाज अहिले पनि त्यहाँ उडिरहेको उदाहरण उनी दिन्छन्।
उड्डयन क्षेत्रबाहिरका व्यक्तिले सोचेभन्दा बिल्कुल भिन्न अवस्था रहेको उनको भनाइ छ। प्रत्येक उडानअघि इन्जिनियरले सबै परीक्षण गरेपछि मात्र पाइलटले जहाज उडाउने गरेको उनले जानकारी दिए। 'पाइलटलाई सञ्चालकले कहिल्यै दबाब दिँदैनन्, यसमा जहाजसहित यात्रुको सुरक्षाको सवाल हुन्छ,' उनले भने, 'कसैले कसैलाई जबर्जस्ती गर्न मिल्दैन। टोटल वेट नहेरी पाइलटले उडाउँदैन। विगतमा ओभरलोड गरिएका जहाज उडेको १०-१२ मिनेटपछि फिर्ता गरिएका उदाहरणछन्।'
पुराना जहाज उडाउनु सञ्चालकको बाध्यता भएको तर्क उनको छ। ४०-५० मिनेटको उडान यहाँजस्तो ३ हजार/३५ सय रुपैयाँमा संसारमा अन्त कतै पनि उड्न नपाइने दाबी उनले गरे। 'त्यसैले पुराना जहाज ल्याउनु नौलो होइन,' उनले भने, 'हाम्रा अधिकांश कम्पनीले उडाइरहेका ट्वीनअटर र डोर्नियर जहाज अब विश्वबजारमा पाइँदैन। यी जहाज नभए हाम्रो दुर्गम भेगको यातायातमा गम्भीर समस्या आउनेछ।'
प्राधिकरणको नियमअनुसार २० वर्षभन्दा पुराना जहाज आयात गर्न पाइँदैन। तर, यहीँ भने एउटा कम्पनीले अर्कोलाई बेचबिखन वा भाडामा दिएर जति वर्ष पुराना पनि चलाउन पाइन्छ। वायुसेवा निगमका साना ट्वीनअटर जहाज करिब ४० वर्ष पुराना हुन्। यस्तै जहाज अरु निजी कम्पनीसँग पनि छन्।
त्रिभुवन विमानस्थलबाट वार्षिक १४ लाख यात्रु आवागमन हुने गरेको छ। सन् १९५७ मा हवाई विभाग र १९५८ मा वायुसेवा निगम स्थापना भएका हुन्। १९६४ मा अन्तर्राष्ट्रिय विमानस्थल घोषणा गरिएको थियो। १९९२ बाट आन्तरिक उडानमा निजी क्षेत्रको प्रवेश भएको हो। त्यही वर्ष थाई एयरवेज र पाकिस्तान इन्टरनेसनल एयरलाइन्स दुर्घटना भएका थिए। दुवै दुर्घटनामा २ सय ८० जनाले ज्यान गुमाएका थिए।
तत्कालका लागि उडानमार्गमा धेरैभन्दा धेरै मौसम अड्डाहरु र क्यामेराहरू राखेर बास्तविक समयको तथ्यगत सूचना सम्प्रेषित हुने व्यवस्था गर्न सक्यो भने केही उपयोगी होला । मौसम छिनछिनमा परिवर्तन भैरहञ्छ । पहाडको वारि एक किसिमको हुने मौसम पारि अर्कै हुन सक्छ । त्यसैकारणले नियमित मौसमको सूचना आवश्यक छ । मौसम विभागले यति काम पनि किन गर्न सक्दैनरु अर्को प्रश्न पनि आउँछ । यति कामका लागि सरकारी मौसम विभागमा मात्रै भर पर्ने कि निजी निकायबाट पनि केही भूमिका हुन सक्ला ?
यसै सन्दर्भमा प्रख्यात म्यागासासे पुरस्कार बिजेता महावीर पुनले म्याग्दीको मोहरे डाडामा त्यस क्षेत्रमा हुने हवाइ उडानलाई सहयोग हुने गरेर मौसम अड्डा राखेको र त्यसले दिने मौसमजानकारी छिनछिनमा लिन सक्ने व्यवस्था मिलाएको बताएका छन् । सिनिएर क्याप्टेन बिजय लामाले उक्त मौसम अड्डाबाट आएको सूचना पहिले उपयोग गरेको र निकै सहयोगी भएको बताएकाछन् ।