[Show all top banners]

birajasharma

More by birajasharma
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
  "सपनाको सहरमा एउटा ठिटो" हर्बोको कहाँनी
[VIEWED 5554 TIMES]
SAVE! for ease of future access.
Posted on 04-20-12 8:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

 From: http://onlinechautari.com/home/blogs/6/45/-
 सपनाको सहरमा एउटा ठिटो ====================   
केही वर्षअघिसम्म धैरै गाउँका नेपाली ठिटाठिटीका लागि काठमाडौंको अर्काे नाम थियो- 'सपनाको सहर' । खाडी देशमा जति घर बन्ने क्रम बढ्दै गयो, त्यति नै बेरोजगार नेपालीका लागि काठमाडांै 'मेनपावरको सहर' हुन पुग्यो। दश वर्षअगाडि काठमाडौं छिरेको एउटा ठिटोले भने आफ्नो सपना यही सहरमा पूरा गर्‍यो।
दश वर्षअगाडि काठमाडांै छिर्दा रामेछापका पुष्पराज पौडेलको साथमा सुको थिएन। मीठो खानु र राम्रो लगाउनु उनलाई सपनाजत्तिकै लाग्थ्यो । अहिले साथमा मीठो खानु र लगाउन पुग्दो छ, कुनै रहर बाँकी छैन । यो अवधिमा यो ठिटोले करोडभन्दा बढी कमायो। तर, उसलाई त्यो रकमसँग कुनै मोह बाँकी छैन । काठमाडौं छिर्नुमा ठूलो सपनाको हात पनि थिएन । रहर सामान्य थिए उनका दाइ वीरगन्ज बस्थे । गोजीमा प्वाल परेको काइँयो भिरेर घर आउँथे । कपाल पालेका थिए। उनलाई पनि रहर लाग्थ्यो त्यस्तै गर्न ।स्कुलमा पढ्न त्यति रुचि थिएन । जबरजस्ती घोक्न उनलाई सबैभन्दा दिग्दार लाग्थ्यो ।
उनले घरमा एकदिन भने, 'अब काठमाडांै जान्छु।' काठमाडांैमा बस्ने बास र खाने गाँसको भर पनि थिएन । उनकी आमाले नै छोराको कुरा पत्याइनन्। आठ/नौ दिनमार्फकन्छ भन्ने थियो। काठमाडौं छिर्दा त्यतिवेला उनी १४ वर्षका मात्रै हँुदा हुन्। आँखाभरि सपना थियो गाउँकालाई केही गरेर देखाउने। पुष्पराजको काठमाडौंमा अंकल-आन्टी थिए। आफ्नो कमाइ थिएन  । विकल्प त्यही शरण लिनुपथ्र्याे लिए। पुष्पराजको एक वर्ष पढाइ यताउता डुल्दै बित्यो। पछि रत्नराज्य स्कुल पुरानो बानेश्वरमा भर्ना भए। एक दिन सबै साथी मिलेर न्युरोड घुम्न गए। एउटा बेकरी पसलमा सिसाको दराजमा क्रिम दुनोट राखिएको थियो। उनको साथमा पाँच
रुपैयाँ थियो।
क्याफेमा गएरभने, 'साहुजी दुनोट दिनुस् न। 'साहुले हातमा दुनोट राखिदिए ।
अब उनले सोधे, 'कति हो ?'
'आठ रुपैयाँ ।'
अचानक मनमा डर बढेर आयो। हातमा दुनोट थियो। गोजीमा पैसा थिएन। उनी केही बोलेनन्, साहुजीको मुखै नहेरी दुनोट फर्काइदिए र त्यहाबाट हिँडे । न्युरोडबाट बानेश्वर पुग्दा उनीभित्र पैसा नभएकोमा आफूप्रति जति हीन भाव जाग्यो, त्यति नै कमाउनुपर्ने सपना पनि ।
उनलाई त्यतिवेलै लाग्यो- सबै सपना पैसासँग जोडिएका हुन्छन्। जसरी हुन्छ जीवनमा पैसा कमाउनु थियो। तर, बाटो के
थियो ? आठ कक्षाको फुच्चेसँग न व्यापारको कुनै योजना हुन सक्छ, न त पैसा नै ।
०००
बानेश्वरको तरकारी बजारमा पुष्पराज प्राय जाने गर्थे। त्यहीँ एउटा तरकारी बेच्नेसँग उनको भेट भइरहन्थ्यो। एक दिन उनले सोधे, 'धेरै तरकारी किन नकिनेको ?' तिनले जवाफ दिए, 'पैसा नभएर।'
पुष्पराजले सोधे, 'मैले हजार रुपैयाँ ल्याएर दिएँ भने एक महिनामा कति आउँछ ?'
उसले भन्यो- 'तीस रुपैयाँ।' 
उनीसँगै पढ्ने साथी रेस्टुरेन्टमा काम गथ्र्याे। पुष्पराजले त्यही साथीसँग हजार रुपैयाँ मागेर त्यो पसलेलाई दिए । एक महिनापछि एक हजार तीस फिर्ता आयो। अब उनी सापटी माग्न खप्पिस भइसकेका थिए। माग्दै पसलेलाई दिँदै गर्दा ६ महिनासम्ममा उनको हातमा ६ हजारभन्दा बढी आफ्नै रकम जम्मा भइसकेको थियो। तर, त्यो रकम उनी ब्याजमा लगाइहाल्थे ।
'पाँच सय भए पनि म ब्याजमा लगाउन गइहाल्थेँ,' उनले भने। मलाई त्यतिवेला लाग्थ्यो पढनुभन्दा पैसा कमाउनुपर्छ । उनलाई काम पुगिरहेको थिएन । नातागोताबाट पाएको पैसा पनि उनी ब्याजमा लगाउँथे। रेस्टुरेन्टमा काम गर्ने त्यो साथीलाई उनले एकदिन भने,
 'मलाई नि काम खोजिदेन ।' साथीले जवाफ दियो, 'काम त छैन यार।'
साथी रेस्टुरन्टको काउन्टरमा बस्थ्यो। ऊ रेन्जर साइकल चढ्थ्यो। उनी अब त्यत्तिकैै त्यो रेस्टुरेन्टमा जान थाले। यसै सघाउन थाले। रेस्टुरेन्टको साहुले उनलाई मनपराउन थालेको थियो। एक दिन आफैँ बोलाएर काम दियो। त्यही काम गर्न सुरु गरे । त्यतिवेला तलब तेह्र सय थियो। उनी आफ्नो तलब पनि ब्याजमा नै लगाउन थाले।
उनले एसएलसी दिने समयसम्म एउटा सहकारी खोले त्रिशक्ति। त्यसमै उनी काम गर्थे। एउटा साथी बिरामी हुँदा व्यवस्थापनले उनलाई कारबाही गर्छु भनेपछि उनी त्यहाँको आधा मानिस लिएर हिँडे र बागबजारमा अर्का सहकारी खोले। 'त्यतिवेला धेरै सहकारी पैसा खाएर भागेको वेला थियो। हामीले विश्वासका आधारमा काम गरेका थियौँ। हाम्रो सहकारी राम्रो चलेको थियो,' उनले सुनाए।
उनीसँग अब एक लाखको हाराहारीमा पैसा थियो। उनी आफैँ साइकल चढेर पैसा उठाउन जान्थे । उनलाई धेरैले फरासिलो र मिलनसार ठान्थे। त्यसैले त्यस्तो वेलामा पनि उनको सहकारीमा सदस्य संख्या बढ्दै थियो। 'अब हामी लाखौँमा खेल्न सुरु गर्‍यौँ,' उनले
भने। पैसा कमाउँदै गएपछि साथीबीचको सम्बन्ध पनि अलिकति बिगँ्रदै गएजस्तो भयो ।
उनका दाइ गोल्डक्वेस्टमा थिए। त्यतिवेला गोल्डक्वेस्टमा नलाग्ने कमै थिए। उनले पनि दुईजनालाई गोल्डक्वेस्टको सदस्य बनाए  ।
त्यसको केही दिनमै गोल्डक्वेस्ट निषेध भयो। उनी त डुबे नै, साथमा दुईजना पनि डुबे। मलाई साह्रै नमज्जा लाग्यो। त्यसको तीन/चार महिना उनी चुप लागेर बसे। उनले गोल्डक्वेस्टमा लागेकालाई 'महानगर' पत्रिकामार्फत आह्वान गरे र भृकुटीमण्डपमा मिटिङ
गरे। गोल्डक्वेस्ट संघर्ष समिति गठन भयो। व्यापक आन्दोलन भयो। त्यसको प्रभावले उनलाई गोल्डक्वेस्टको मुख्य कम्पनीले झिकाएर वार्ता पनि गर्‍यो। वार्तापछि सरकारलाई चिठी लेख्यो। 'पुनरावेदन अदालतको गिरिचन्द्रलाल र राजेन्द्रप्रसादले बीचमा
भगाइदिए पाँच लाखको धरौटीमा,' उनले सुनाए ।
डुबेका मान्छेको के भयो ? कम्पनी अर्काे नाममा आयो र प्रोडक्ट किनिदियो। 'त्यसले केही मान्छेले राहत पाए,' उनले भने। आन्दोलनपछि उनलाई नेटवर्किङको राम्रो जानकारी भइसकेको थियो। सहकारीमा पैसा पनि थियो। त्यहीबाट उनीहरूले हर्बाे इन्टरनेसनल सुरु गरे। यो पनि नेटवर्किङ व्यवसाय हो ।
०००
युनिटीलाई सरकारले अबैध घोषित गरेको अवस्थामा पुष्पराजको हर्बाे नेटवर्किङ कसरी टिकेको छ ? 'हामी अबैधानिक होइनौँ। नेपाली जडीबुटी बेच्छौँ। इलामका मान्छेले चिया बेचेर जिविका चलाउन पाएका छन्। नेपालको जडीबुटीको उपयोग भएको छ,' उनले दाबी गरे। उनी अहिले एउटा आश्रम खोलेर बसेका छन्। उनको दाबी छ, 'त्यो आश्रम धार्मिक आडम्बरका लागि होइन, बाँच्न सजिलोका लागि खोलिएको हो।'
 उनले आफूले कमाएको करोडौँ रकम त्यही आश्रमको नाममा गरेका छन्। साथमा कागज पनि गरेका छन्, 'बिहे पनि गर्दिनँ, सन्तान पनि जन्माउँदिनँ।' यो आश्रमका केही नियम छन्। तीमध्ये एक हो, आफ्नो थर लेख्न पाइँदैन। थर लेख्दा मानिसको जात छुट्टन्िछ। जातको अस्तित्व स्विकार्नु जातीयतालाई स्विकार्नु हो। हामी मानिस तीनथरीका। मान्छे एक- महिला । दुई- पुरुष । तीन-
उभय। त्यसैले अहिले उनी पुष्पराज पौडेलबाट पुष्पराज पुरुष भएका छन्। नायिक पूजना प्रधान पनि प्रधान त्यागेर स्त्री भएकी छन् । पूजना पनि यही आश्रममा बस्छिन्।
 भर्खर तीस वर्ष पुग्दै गरेको एउटा युवकमा पारिवारिक मोह यसरी चटक्कै छोड्ने साहस कताबाट आयो ?जब पैसा देखिन्छ, अनि त्यसकोमोह कम हुन्छ । उनलेनेटवर्किङको व्यवसाय गरेर एउटा ज्ञान प्राप्त गरेछन्-पैसा कमाइँदैन, जम्मा पारिन्छ । एउटा मान्छेले अर्काे मान्छेसँग पैसा लिएर जम्मा पार्छ। 'मैले यही समाजसँग लिएको पैसा हो । म त्यही समाजलाई फर्काउन चाहन्छु,' उनले भने ।
पुष्पराजले ग्रामीण नेपालीलाई धनी बनाउने केही योजना भएको बताए। सबै गाउँमा सहकारी खोल्ने उनको योजना रहेछ। उनले
आफ्नै गाउँबाट त्यो योजना सुरु गरेका छन् । गाउँमा सहकारी खुलिसकेको छ । त्यसले गाउँका अन्न, फलफूल किन्छ र जिल्लामा पठाउँछ । जिल्लाको सहकारीले केन्द्रमा पठाउँछ । 'सहकारीमार्फत हामीले नेपालभित्रकै एक ठाउँमा नपाइने सामान अर्काे ठाउँमा सप्लाई गर्दै छौँ,' उनले दङ्ग पर्दै सुनाए, 'बानेश्वरमा हामी नेपाली खानाको रेस्टुरेन्ट खोल्दै छाँै, जहाँ नेपालभित्रै किनिएको सामान मात्रै प्रयोग हुनेछ ।'
सहकारी हुँदै साझा आश्रमको अवधारणामा पुगेका पुष्पराजको कुरा सुन्दा उनी कुनै 'कम्युन'को अभ्यास पो गर्दैछन्कि  भन्ने छनकमिल्छ। ओशो सम्प्रदाय पनि कम्युन स्थापनामा विश्वास गर्छ, कम्युनिस्टहरू पनि कम्युनको वकालत गर्छन् । तर, पुष्पराजको
सहकारी र आश्रमको सैद्धान्तिक आधार के हो ? त्यो कस्तो हुने हो ? भोलि त्यसले के-के गर्ने हो ? यो सबै हेर्न बाँकी नै छ । सपनाको सहरमा छिरेको एउटा ठिटोको 'पैसा 
http://onlinechautari.com/home/blogs/6/45/-





 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
Travel Document for TPS (approved)
All the Qatar ailines from Nepal canceled to USA
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters