[Show all top banners]

Bishnu Gautam

More by Bishnu Gautam
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 एकादेशको कथा
[VIEWED 3445 TIMES]
SAVE! for ease of future access.
Posted on 05-07-13 10:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

विश्व मानचित्रको एउटा सानो देश नेपाल, त्यही देशको विकसित मानिने चितवन जिल्लामा कान्दा भन्ने ठाउँ त्यहाँका जनताहरुमध्ये कमैलाई मात्र नेपाल आफ्नो देश हो, त्यहाँ सरकार हुन्छ त्यो सरकारले नागरिकका हक अधिकार सुनिश्चित गराउँछ भन्ने थाहा चुनाब केका लागि हुन्छ, तिनलाई थाहा छैन तर हरेक पल्ट उनीहरु भोट हाल्न चाँही जान्छन् केही दिन अगाडि नै उनीहरुलाई आएर भनिन्छयति गते फलाना ठाउँमा भोट हाल्न जानुपर्छ अनि पेटभरि भात खान पाईन्छ उनीहरु निर्धारित मितिमा छिमेकका माडसापहरुलाई अगाडि लगाउँदै भने बमोजिम भोट हालिदिन्छन् किनभने त्यहाँ सबैको टन्न पेट भात खाने ठूलो इच्छा हुने गरेको संभवतः सधैं भरपेट खान पाएकाहरु त्यहाँ कोही हुन्नन्

मैले यो पंक्ति लेखेको देख्दा सधैं टन्न पेट खानेहरुलाई अचम्मित तुल्याउने एकादेशको कथा बाहेक अरु केही लाग्दैन तर यो चितवन जिल्लाको कान्दा भन्ने ठाउँका चेपाङ्ग वस्तीको दारुणिक कथा हो यो भन्दा धेरै पीडादायी कथा तपाईहरु सामु प्रस्तुत गर्दैछु

कुरा करिब दुई बर्ष अगाडिको हो मेरा एक जना मित्र एकल सिलवालको कानमा एकै घरका जनाको विषालु च्याउ खाएका कारणले ज्यान गएको खबर ¥यो खबर सुन्नासाथ एउटा जिम्मेवार पत्रकारको रुपमा उनी घटनास्थलमा पुगे त्यहाँ पुग्दा उनले थाहा पाए कि त्यो गरिबिले सिर्जना गरेको एउटा भयावह दुर्घटना थियो, राज्यले नदेखेको पीडा थियो संसारले पत्याउनै नसक्ने एकादेशको कथा थियो चरौंदी देखी १२ घण्टाको पैदलबाटो कस्सिँदै गएका मित्र सिलवाल जब चेपाङ्ग गाउँ नजिकै पुगे, उनले त्यहाँ देखेको दृष्यले मनमा असामञ्जस्य पैदा भयो  

घटना यसप्रकारको थियो

एउटा करिब १६÷१७ बर्षको ठिटो कहिले घरको पालीतिर हेर्दै कहिले बाटोतिर हेर्दै मुस्कुराई रहेको थियो अचानक मेरा मित्रलाई देखेर अत्तालियो किनकि सर्वाङ्ग नाङ्गै थियो तर फेरि आफुलाई सम्हालेर पालीतिर देखाउँदै भन्यो त्यहाँ मेरा लुगा सुकाएको उनलाई बुझ्न गाह्रो भएन कि त्यो विचरा किशोरसँग एक जोर मात्र कपडा रहेछ कहिले त्यो सुक्ला लाउँला भन्दै पालीतिर हेरिरहेको थियो उसलाई गर्व थियो कि निकै दिन बाटो खन्न गएर पाएको सबै पारिश्रमिक खर्चेर उसले एक जोर सर्ट पाईन्ट किन्न सकेको थियो त्यसैले मुस्कुराईरहन्थ्यो यो दृष्यलाई पछि पार्दै उनी गन्तव्यतिर लम्किरहे तर लोकतान्त्रिक नेपालको यो चित्रले सिलवालजीको मनमा घोच्यो उनीहरुलाई केही गर्नैपर्ने सोच पैदा भयो

बस्तिको विचोविच पुगेपछि पानी पर्न थाल्यो, दिन पनि ढल्न लाग्यो उनले रात कटाउन सुरक्षित बासको व्यवस्था गर्नुथियो तर बास बस्ने बसेरा काँही थिएन कतै मानिसहरु ओढारमा बार लागेर बसेका देखिन्थे कतै बारबेर गरेर स्याउलाले छोपेका छाप्रा देखिन्थे भने कतै खरले छाएका बारबिहीन टहरा देखिन्थे पानीले निथ्रुक्क भिजेका सिलवाल एउटा नाममात्रको घरको छेउमा ओतिन पुगे तर त्यहाँ पनि उनलाई भित्र जान दिईएन कारण त्यो घरमा कपडा लगाउने व्यक्ति मित्र सिलवाल मात्र थिए भित्र लहरै बाइस दिनको बच्चादेखी सत्र बर्षका नानीहरु समेत नाङ्गै सुतेका थिए हुर्केबढेकाले गुप्ताङ्ग छोप्न टालो सम्म लगाएका थिए

घर मालिक भनौं वा त्यस परिवारकी नेतृत्वकर्ता २२ दिनकी सुत्केरी ढोकामा उभिईन् दैलोमा उभिएर उनी बाटो भन्दा पनि लाज छेक्दै थिईन् सिलवालजीको अनुरोध पश्चात् उनले वास दिने निर्णय गरिन् हुन्छ भने लगत्तै उनका सामु अर्को प्रश्न तेर्सियोपाहुनालाई राख्ने चाँही कहाँ ? नौ जना जन्मिएकोमा जनाको मृत्यु भएपनि बच्चा लहरै सुतेका थिए  क्रमस ....

Last edited: 07-May-13 10:47 PM

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ढ्याउ गर्दा दसैँको खसी गनाउच
I hope all the fake Nepali refugee get deported
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
Travel Document for TPS (approved)
To Sajha admin
All the Qatar ailines from Nepal canceled to USA
MAGA मार्का कुरा पढेर दिमाग नखपाउनुस !
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters