[Show all top banners]

mahoday
Replies to this thread:

More by mahoday
What people are reading
Subscribers
:: Subscribe
Back to: Current Affairs Refresh page to view new replies
 अमेरिकामा प्रेमी कला केन्द्रको औपचारिक समुद्घाटन
[VIEWED 3945 TIMES]
SAVE! for ease of future access.
Posted on 07-28-13 9:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 
 
विजय थापा ,साउन १३ ,डिसी महानगर क्षेत्रको भर्जिनियामा नेपालका ख्याती प्राप्त लोक गायक प्रेम राजा महत तथा प्रसिद्ध गायिका मिरा राणाको दुवैको पहिलो नामको अक्षरबाट सयुक्त रुपमा संगीत पाठशाला 'प्रेमी कला केन्द्र ' को औपचारिक उद्घाटन सम्पन्न भएको छ l दिन प्रति दिन नेपाली समुदायको जनघनत्व वृद्धि भै रहेको र नेपाली मूलका समुदाय गीत तथा संगीत प्रति अभिरुचि बढ्दै गएको हुनाले नेपाली समुदायको संगीत बिद्यालय खोलिएको जानकारी प्रेमी कला केन्द्रका लोक गायक प्रेम राजा महतले दिनु भयो l 
 
वहाले अगाडी थप जानकारी गराउदै यस बिद्यालयमा नाटक ,संगीत ,नृत्य सबै कुरालाई समेट्ने प्रयास रहने छ भन्नु भयो l मिरा राणा तथा आफुले नेपालमा पनि संगीत कला केन्द्र खोलेका थियौ भन्दै मिरा राणाको प्रशंसा गर्दै वहा गायन क्षेत्रकि जिउदा ईतिहास हुनु हुन्छ भन्दै वहासंग सयुक्त रुपमा यो खोल्न पाउनु अहोभाग्य भन्नु भयो l प्रेमी कला केन्द्र सबै जात ,धर्म ,भाषा अटाउने शिक्षालय हो भन्दै सहयोगको लागि आग्रह गर्दै सबैलाई धन्यबाद ज्ञापन गर्नु भयो l प्रमुख अतिथि अमेरिकाका लागि नेपालका राजदूत शंकर प्रसाद शर्माले खुशी व्यक्त गर्दै शुभकामना दिदै डिसी महानगर क्षेत्रमा नया आयाम थपिएको छ l दूताबासको तर्फबाट सकिने सहयोग गर्न तत्पर रहेको भन्दै आयोजकलाई धन्यबाद दिनु भयो l
 
कार्यक्रमको शुभारम्भ उक्त बिद्यालयका गायिका तथा प्रशिक्षक मिरा राणाको अगुवाईमा परीक्षार्थीहरुको साथमा ओम गुरु देवाय भन्दै  'हैन भने नेपाली न भन ' भन्ने स्वर्गीय गोपाल योञ्जनको गीत गएका थिए भने पाकिस्तानी मूलका अमेरिकन पाकिस्तानी परीक्षार्थी सैयद महमद अलिले पनि नेपाली राष्ट्रिय गीतमा साथ दिएका थिए भने नव गायिका मंजु संग्रौलासंग पनि पाकिस्तानीले तामांग सेलो 'नाची देउ डम्फुको तालैमा गीत 'गाउदा दर्शक आश्चर्य चकित भएका थिए भने राम्रो लयमा गीत पनि गाए l उनले परीक्षार्थीहरुको तर्फबाट बोल्दै संगीत जो कसले पनि सिक्न सक्छन भन्दै गुरु मिरा अद्वितीय कलाकार हुन् र मैले धेरै कुरा सिक्ने मौका पाए भने l
 
उक्त कार्यक्रममा बिभिन्न संघ तथा संस्थाको तर्फबाट शुभकामाना व्यक्त गरेका थिए भने नेपालका चलचित्र जगतका नायक रमेश उप्रेती तथा हास्य विधाका प्रख्यात कलाकार रतन सुबेदीले पनि शुभकामना दिएका थिए lसंगीत प्रशिक्षार्थी नेपाल थापाले ' कति रोदी घरमा रात भरि ' गीत गएका थिए lखेम संग्रौला तथा मंजु संग्रौलाले हे कान्छा ....बैस जान लाग्यो ...भन्ने गीत गाउदा कर्तल ध्वनिले कोठा गुन्जिएको थियो भने 
आनन्दु लामाले बासुरीको धूनमा असारै महिनामा पानी पर्यो रुझाउने बझाएका थिए l
 
भर्जिनियाका लेखा परीक्षक  (सी पी ए )हरि शर्मा तथा ब्यबसायी लोक नाथ तिवारी प्रेमी कला केन्द्रका गुठि संचालक समितिमा रहेको जानकारी गराईएको थियो भने गुठीको तर्फबाट हरि शर्माले सबैको सहयोगको लागि आग्रह गर्नु भयो l  कार्यक्रम संचालन हेमन्त श्रेष्ठले गर्नु भएको थियो भने कार्यक्रम समापन पनि प्रेम राजा महतले गर्नु भएको थियो l
 
 
 
 

 
Posted on 07-29-13 5:58 PM     [Snapshot: 241]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Why the [Disallowed String for - Bad word 'fuk'] we care?
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
EAD Filing
अब के हाेला त?
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
NOV 18th TPS DAY
Work Permit
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
H1B
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters