[Show all top banners]

mahoday
Replies to this thread:

More by mahoday
What people are reading
Subscribers
:: Subscribe
Back to: Current Affairs Refresh page to view new replies
 अमेरिकामा आध्यात्मिक उन्नतिको लागि डिवाइन क्लबको गठन
[VIEWED 2591 TIMES]
SAVE! for ease of future access.
Posted on 11-03-13 6:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भर्जिनिया ,कार्तिक १६ 
विजय थापा 

अमेरिकाको वाशिंगटन डिसीमा नेपालबाट आध्यात्मिक प्रवचन हेतू झिकाईएका स्वामी श्री हरिदासजीको पहलमा डिवाइन क्लब(दिब्य सभा )भर्जिनिया को औपचारिक रुपमा डा अशोक शर्माको संयोजकतत्वमा एक समितिको गठन भएको घोषणा गरिएको छ l उक्त घोषणा अमेरिकाका लागि नेपाली राजदूत डा शंकर प्रसाद शर्मा तथा प्रवचनमा पाल्नु भएका श्रद्धालु भक्तजनहरुहरुको उपस्थितिमा एक पच्चीस सदस्यीय रहेको समितिको सार्वजनिक गरिएको हो l 

उक्त नव गठित समितिमा अमेरिकाको डिसी महानगरी क्षेत्र वरपर बसोबास गरि रहेका चिकित्सक ,अभियन्ता (ईञ्जिनियर ),ब्यबसायी ,कर्मचारी ,कलाकार ,संचार कर्मी तथा अन्य पेसामा संलग्न सदस्यहरु छन् भने सबैलाई स्वामी श्री हरिदासजीले खादा ओडाई स्वागत गर्नु भएको थियो l

कार्यक्रमको उद्घाटन राजदूत शंकर शर्मा (पी एच डि )ले गर्नु भएको थियो l राजदूत शर्माले आफ्नो मन्तब्य राख्दै स्वामीजीलाई डिसीमा दोश्रो पटक स्वागत गर्न पाउदा हर्ष लागेको भन्दै डिवाइन क्लब(दिब्य अड्डा )को स्थापना भएकोमा बधाई दिएका थिए l अगाडी थप मन्तब्य दिदै स्वामी श्री हरि दासजी को वेदलाई सरल र साधारण शब्दमा ब्याख्या गर्ने अद्भुत प्रतिभाको चर्चा गर्दै स्वामीजी को प्रगतिको कामना दिनु भएको थियो l

स्वामी श्री हरि दासजीले तेस्रो दिनको प्रवचनमा अघिल्ला दुई दिनमा आफुले दिएका प्रवचनको सार कुराहरुमा प्रवेस गर्दै ध्यान बारेमा ब्यबहारिक शिक्षा सिकाईएको थियो l  वेद बारेमा चर्चा गर्दै वेदले जबर्जस्त मान्न भन्दैन ,तर्क र प्रमाण खोज गर भन्छ l प्रलयकालमा पनि प्रलय नहुने ज्ञान नै वेद हो भन्दै डिवाइन क्लब(दिब्य सभा )को गठन पदको लागि हुने छैन भन्दै आध्यात्मिक 
उन्नतिको लागि मात्र हो बताए l

डिवाइन क्लब(दिब्य सभा )मा अधक्ष्य र अन्य पदको निर्माण नगरी संयोजक र सबै सदस्य रहेको बताए l पद भयो भने चुनाब गर्नु पर्छ ,चुनाब गर्यो भने गूट बन्दि हुन्छ र यो यस्को लागि बनाईएको हैन भन्दै तीन दिन सम्म परदेशको बसाई र तिहारको संघारमा पनि समय निकाली कार्यक्रममा आईदिनु भएकोमा सबैलाई धन्यबाद दिएका थिए l

थप प्रवचनको साथ विचार राख्दै स्वामी हरि दासजीले छायाचित्र खिचाउनको लागि मात्र डिवाईन क्लबको निर्माण गरिएको हैन भन्दै यस्ले के गर्छ भन्ने मूल प्रश्न हो भन्नु भयो lप्रवचन सुन्न उपस्थित हुने सबैलाई यहाँहरु नै आफ्नो परिवार भएको बताउदै धैर्यताको साथ आध्यात्मिक प्रवचन श्रवण गरि दिनु भएकोमा कृतज्ञता ज्ञापन दिएका थिए l

कार्यक्रम संचालन नेपालबाट आउनु भएका गोपाल सापकोटाले गरेका थिए भने स्वामीले गरेका प्रवचनहरुको संक्षिप्त श्रब्य दृश्य पनि देखाईएको थियो l

 
Posted on 11-03-13 9:16 PM     [Snapshot: 218]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राधे राधे !
 
Posted on 11-04-13 6:40 AM     [Snapshot: 317]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कृष्ण कृष्ण : आध्यात्मिकता को बाटो देखाउन नेपाल देखि अमेरिका सम्म पुग्नु भएका स्वामीलाई स्वागत ! लौ साथि हो यो मौकाको सदुपयोद गरौ |

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
EAD Filing
अब के हाेला त?
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
NOV 18th TPS DAY
Work Permit
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
H1B
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters