[Show all top banners]

mahoday
Replies to this thread:

More by mahoday
What people are reading
Subscribers
:: Subscribe
Back to: Current Affairs Refresh page to view new replies
  एन आर एन उपविजेताको तेजाबी बिष वमनको संदेश
[VIEWED 2521 TIMES]
SAVE! for ease of future access.
Posted on 11-04-13 11:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

  गैरआवासीय नेपाली संघ (एन आर एन  ए )सबैको साझा संस्था हो र कसैको पनि बपौति हैन l चिन्तन र मनन गरि २००३ मा स्थापना हुन् पुगेको हो l यस पालिको सम्मेलनमा २-३ वटा बिषयले ईतिहास रच्यो l पहिलो १० बर्षको अविरल प्रयास पश्च्यात नेपालमा दर्ता भै सरकारले कानुनी मान्यता दियो l

दोश्रो एन आर एन ए को ईतिहासमा प्रथम पटक अध्यक्ष पदमा निर्वाचन हुन पुग्यो l भनिन्छ निर्वाचन प्रक्रिया नै प्रजातन्त्रको स्वर्णिम द्वार हो lलोकतान्त्रिक अभ्यास गरियो र इतिहासमा पहिलो पटक अध्यक्ष चयनमा महत्वपूर्ण अभ्यास हुन् पुग्यो l अधक्ष्य पदमा अस्ट्रेलियाका शेष घले बिजता बने भने उप बिजेता कोरियाका तेन्जी शेर्पा भए l सामाजिक संस्थामा विजय र पराजय कहिले हुदैन केवल बिजेता र उप बिजेता हुन्छ l 

तेश्रो ऐतिहासिक क्षण समापन समारोहमा त्यसबेला बन्न पुग्यो जब अधक्ष्य पदका उप बिजेताले तेन्जी शेर्पाले उनीलाई हराउन गरिएको गुट बन्दीको बिष वमन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी तथा अन्य बिशिष्ठ व्यक्तित्वहरुको सामुन्ने गरे र सबैको ध्यान आर्कषण गराई छाडे l निर्वाचनमा परिणामको असरले विक्षिप्त भएर पीडाको बोध भै मुख खोलेको नभै यथार्थता जान्नु जरुरि छ भन्ने संदेश बिदेशमा बसेका सबैलाई दिए l आफु संस्थापनमा रहेको बेलामा आखिर उनले किन यस्तो बिष वमन गरे भन्ने पनि केहिले सोचे l

उनीले दिएको भाषण अनुहार किताब(फेस बुक )मा राखी तथ्य थाहा पाउन भन्ने हेतुले गरिएको बुझियो l निर्वाचन अगाडी सम्म सबै अधक्ष्यका प्रत्यासीले सबैले एन आर एनमा राजनीति हुन् दिनु हुदैन ,राजनीतिक दलले चासो न राखे हुन्थ्यो ,एन आर एन राजनीति गर्ने संस्था हैन भन्ने अभिव्यक्ति आदि दिए तर पनि अरस्तुले भनेको जस्तै मानिस प्रकृतिले नै राजनैतिक प्राणी हो lबिश्वमा अपबाद बाहेक सबै मानव जाति कही कतै कुनै न कुनै राजनीतक दल तथा बिचार संग नजदिक हुन्छन l अधक्ष्यका उप बिजेता तेन्जीले मन्तब्य दिदै आफुलाई हराउन सोल्टीको कुन कुन कोठामा के के भयो त्यसै उल्लेख गरेनन किनभने सम्भवत: एन आर एन का महत्वपूर्ण जिम्मेबार व्यक्तित्वको केही करतूत सम्बन्धी सप्रमाण जानकार उनी भएको किटान गरेको अनुहार किताबको संदेशद्वारा भावार्थ लगाउन जो कसैले पनि सक्ने छ l

उनीले संस्था निर्माणमा धेरै कुटो कोदालो चलाएका र पसिना बगाएका कुरा उल्लेख गरे र संस्थालाई यहाँसम्म ल्याइ पुर्याउन सबैलाई धन्यबाद दिदै नव निर्वाचित शेष घले लाई बधाई दिदै चुनौतिको सामना गर्न सक्ने व्यक्तित्व लागेको पनि मन्तब्य दिए lआफुले एनआरएनमा राजनीति घुसाउन खोजेको होइन भन्दै मन्तब्य दिए तर उनि र अरु अधक्ष्यका उम्मेदवारहरु पनि अछुतो रहन सकेनन किनभने एमाले तथा अन्य केहि दलको समर्थन तेन्जीलाई दिएको देखियो र शेष घलेलाई कांग्रेस र एकिकृत नेकपा माओबादी समर्थन गरेको देखियो l बुद्धिमानीलाई ईसारा नै काफी l 

उप बिजेताले तेन्जीले समापन समारोहमा कसले राजनीति घुसाउन खोजे भन्दै प्रश्न तेर्स्याउनुको अर्थ ? संस्थाको हितमा कस्ले कस्ता काम गरे, इतिहास साक्षी छ भन्नुको तात्पर्य  बेल्जियममा एन आर एन जनसम्पर्क समितिको बिबादको भुङ्ग्रोमा लत पतिएको अवस्थामा कुन नेतृत्वले कसरि समाधान गरेको ईतिहासको कुरा जग जाहेर भएको र नाम नलिई यसमा कसको संलग्नता भन्ने ईसारा गरे l

प्रजातान्त्रिक ,निस्पक्ष ,धाधलिरहित र दूधको दूध पानीको पानी छुट्याउने जिम्मा पाएका निर्वाचन व्यक्तिको शंखास्पद हाउभाउ देखाएको कारण शेर्पा हराऊको चलखेल पर्दाफास भएको पुस्टी हुन्छ l तेन्जी बन्द शिबिर तथा राष्ट्रिय समन्वय समितिको प्रतिबेदन प्रस्तूत गर्ने कार्यक्रममा व्यस्त रहेको मौकामा अरु चार अधक्ष्यका प्रत्यासीसंग सहमति गराईयो तर शेर्पालाई एक्लो बृहस्पति बनाईयो र सहमति गराउने प्रयास नै गरिएन l 

यहि हो राजनीति र जहाँ उम्मेदवार एक भन्दा ज्यादा हुन्छन त्यहाँ स्वत गूट बन्दछ l सहमतिको लागि उम्मेदवारले बलिदान दिनु संस्थाको आधारशिला मजबूत हुन्छ तर उम्मेदवारी त्याग गरेका सबै अधक्ष्यका प्रत्यासीहरु नियुक्ति भै सकेका छन् l त्यसो त अमेरिकी राष्ट्रपति बराक ओबामाले निर्वाचनका चिर प्रतिद्वन्दी हिलारी किल्टनलाई अमेरिकाको विदेश मन्त्रीमा नियुक्ति गरेको ईतिहास छ l

तेन्जीले आफुले भित्र भित्रै राजनीति भएको र गूटबन्दी भएको जानकार भए पनि संस्थाको जिम्मेवार महासचिव भएको नाताले त्यतिबेला जिम्मेवार ढंगले प्रस्तुत हुनु उनको लागि बाध्यता थियो र अधिकारलाई एन आर एन को महाधिवेशन भरी कहीं दुरुपयोग नगरेको दाबि गरेकोमा गर्व लागेको उल्लेख गरे l  आफुले जे गर्यो त्यहि सहि हुन्छ भन्ने सोच्न तिर लागियो भने बिद्रोहको मुना पलाउन सुरु हुन्छ l स्वर्गीय गणेशमानले कांग्रेसले लट्ठी लाई उठाए पनि लट्ठीले जित्छ भनेका थिए तर कांग्रेस कुन अवस्थामा छ त्यसको ब्याख्या गरि रहनु नपर्ला l

एन आर एन हामी सबैको साझा फूलबारी हो ,सबैले गोडमेल गर्नु जरुरि हुन्छ l  तेन्जीले राखेका कुराहरु सत्य हैन भने खण्डन गर्न सक्नु पर्छ किनभने उनले जे भोगे त्यहि यथार्थता बताउने प्रयास गरेका छन् l तसर्थ हामीले यी कुरालाई बेवास्था गर्ने तिर गयौ भने पुर्व प्रधान मन्त्रि बाबुराम भट्टराईले २०५२ सालमा तत्कालिन प्रधान मन्त्रि शेर बहादुर देउवालाई ४० बुदे माग राखेका थिए l देउवाले त्यो चिजलाई अनादार गर्दा र बिचार नगर्दा मुलुक १० बर्षे जनयुद्धमा होमिनु पर्यो l सबैको कुरा सुन्न आवश्यक हुन्छ किनभने गैर आवाशीय नेपाली संघ सबैको चौतारी हो l हाम्रो साझा मन्दिर तथा फूलबारी हो l 

बिष वमनको पछाडी केहि न केहि रहस्य छ र केहि न केहि भएको हुनु पर्छ भन्ने आभास सबैलाई भयो किनभने हावा नचली कहिले पनि पात हल्लिदैन l एन आर एन अभियानमा हिड्ने नेतृत्वले कसैलाई काखा कसैलाई पाखा बनाउने सोच्यो भने पुन अर्को बिष वमन गर्ने जन्मन सक्दछ र यो क्रम जारी रही रहने हुन्छ l संस्थाको कल्याणको लागि सबै एक जूट हुनु पर्ने अपरिहार्य हुनाले यस्तो सोच्नु नै बुद्धिमानी हुने छ l बिश्वको हरेक नेपालीको मन र मस्तिस्क हृदयमा बसेको यो संस्था र सबैको आशाको पुञ्ज एन आर एन ए कालजयी हुन सकोस यहि शुभकामना सहित बिदा !

...............................................................अस्तु 
विजय


 
Posted on 11-04-13 12:19 PM     [Snapshot: 36]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुन बकम्फुसे हो यो लौह पुरुषको पारिस्थितिक बाक्य लाइ काइते मनगढन्ते तरिकाले ब्याख्या गर्ने
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
legal Query for married nepali girl now have taken US citizenship
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
ए १ पनि पुगेनछ ?
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
Business Ideas in Nepal?
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
नेपाली वालमार्ट चोर
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
H1B
Funny when Nepalis talk about Epstein and injustice
EAD Filing
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Tps decision coming or not nov 18
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
अब के हाेला त?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters