[Show all top banners]

mahoday

More by mahoday
What people are reading
Subscribers
:: Subscribe
Back to: Current Affairs Refresh page to view new replies
 लगानी प्रवर्द्धन र आर्थिक विकासको लागि चीन भ्रमण महत्वपूर्णः कोइराला
[VIEWED 2392 TIMES]
SAVE! for ease of future access.
Posted on 04-28-14 5:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लगानी प्रवर्द्धन र आर्थिक विकासको लागि चीन भ्रमण महत्वपूर्णः कोइराला

काठमाडौं। नेपाली काँग्रेसकी नेतृ सुजाता कोइराला आफ्नो चार दिने चीन भ्रमण पुरा गरि नेपाल फर्कनु भएको छ। पूर्व उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री एवं नेपाली काँग्रेसको विदेश विभाग प्रमुख समेत रहनुभएकी कोइराला सरकारी प्रतिनिधिमण्लको नेतृत्व गर्दै चीनको यूनान प्रान्तका गभर्नरको निमन्त्रणामा चीन जानुभएको थियो। कोइरालासँगको चीन भ्रमणमा प्रधानमन्त्री शुसिल कोइरालाका परराष्ट्र मामिला सल्लाहकार दिनेश भट्टराई तथा आर्थिक सल्लाहकार डा चिरञ्जिवी नेपाल सहभागि हुनुहुन्थ्यो।

यूनान प्रान्तको चारदिने भ्रमण पुरा गरेर नेपाल फर्किएपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेतृ कोइरालाले लगानी प्रवर्द्धन र आर्थिक विकासको लागि चिनीयाँ पक्षसँग छलफल भएको बताउनुभयो। जलस्रोत, पर्यटन, कृषी, शिक्षा, विज्ञान प्रविधी र हर्वल मेडिसिनको विकास गर्ने तथा द्धिपक्षीय व्यापार बढाउने विषयमा आफूहरुबीच छलफल भएको पूर्व उपप्रधानमन्त्री कोइरालाले जानकारी दिनुभयो। नेपाली काँग्रेस र वर्तमान सरकारको प्राथमिकता आर्थिक विकास भएको भन्दै नेतृ कोइरालाले अब छिमेकी मुलुकहरुबीच देशको आर्थिक विकासलाई केन्द्रमा राखेर छलफल अगाढी बढाउनुपर्ने बताउनुभयो। चिनीया पक्षसँग लगानी प्रवर्द्धनका लागि प्रिएमओयू समेत भएको नेतृ कोइरालाले जानकारी दिनुभयो। प्रधानमन्त्रीको आसन्न चीन भ्रमणका वेलामा लगानी प्रवर्द्धनका विषयमा सम्झौता हुने उहाँले जानकारी दिनुभयो।

प्रधानमन्त्री कोइराला आगामी जुन ६ देखि १० सम्म यूनान प्रान्तमा हुने ट्रेड फेयरको उद्घाटन कार्यक्रममा सहभागि हुने कार्यक्रम रहेको बताइएको छ। प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा चिरञ्जिवी नेपालले ट्रेड फेयरको नेपाल समेत आयोजक रहेको बताउनुभयो। आयोजक देशको नाता तथा स्वयं प्रधानमन्त्री शुसिल कोइराला समेतको सहभागि हुने कारणले ट्रेड फेयरको पूर्वतयारी के भइरहेको छ भन्नेबारेमा पनि स्थलगत अनुगमनका लागि यूनान राज्यका गभर्नरको निम्तोमा आफूहरु चीन गएको नेपालले जानकारी दिनुभयो। ट्रेड फेयरमा नेपालको छुट्टै पेभेलियन निर्माणको कार्य शुरु भएको छ। फेयर चीनकै ठूलो फेयर मध्यको एक हो। फेयरमा नेपालबाट २ सयभन्दा वढी व्यवसायिहरुले सहभागिता जनाउने बताइएको छ।

यूनान प्रान्त चीनको दक्षिण एशिया र दक्षिण पूर्वी एशियाको प्रवेश गर्ने ढोकाको रुपमा विकसित भइरहेको छ। युनानको कुन्मिङदेखि म्यानमार, थाइल्याण्ड र मलेसिया सम्म वाटो निर्माण भइसकेको छ भने सो मार्ग हुँदै व्यापारिक कारोवारमा तीव्रता आएको छ। व्यापारिक गतिविधिहरु सो मार्ग हुँदै हुन थालेपछि नेपाल व्यवसायिक गतिविधिवाट एक्लिदै गएको भन्दै नेपाल व्यवसायीहरुले चिन्ता व्यक्त गरेका थिए। चीनमै भेटिएका व्यवसायिहरुले नेपालमा अस्थिर राजनीतिक कारणले व्यवसायिक गतिविधिमा नेपाल एक्लो भएको भन्दै सुनाएको डा नेपालले बताउनुभयो। नेपाली व्यवसायिहरुको चिन्ता थियो चिनीयाँ व्यापारबाट नेपाल अलगिन सक्छ।

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
EAD Filing
अब के हाेला त?
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
NOV 18th TPS DAY
Work Permit
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
H1B
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters