[Show all top banners]

mahoday

More by mahoday
What people are reading
Subscribers
:: Subscribe
Back to: Current Affairs Refresh page to view new replies
 अमेरिकाको संसदमा नेपालीले खाता खोल्न सकेनन तर महिला उम्मेदवारको सम्भाव्यता
[VIEWED 3584 TIMES]
SAVE! for ease of future access.
Posted on 10-24-14 6:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


विजय थापा / भर्जिनिया

उज्जवल भविष्यको परिकल्पना गर्दै अमेरिकामा नागरिकता लिएका नेपाली अमेरिकनहरु अमेरिकन राजनीतिक मुलधारमा प्रवेश गर्न प्रयास गर्न थालिसकेका छन् ।आउँदो नोवेम्बर ४ तारिख अमेरिकामा निर्वाचनको लागि डेमोक्रेटिक दलकी नेपाली चेली अमृता रेग्मी एटलान्टा जर्जियास्थित प्रतिनिधिसभा सदस्यको लागि चुनाबी दौडमा छिन् भने उनको जित्ने सम्भावना आशाजनक रहेको छ । त्यो क्षेत्र रिपब्लिकनहरुको गढ भएता पनि यसअघि पनि तोडिँदै आएको छ ।

उत्तर अमेरिकाका नेपाली मूलका तीन जना पुरुष उम्मेदवार पराजित हुन् पुगेका छन् भने अहिलेसम्म अमेरिकन राजनीतिमा कसैले पनि खाता खोल्न सकेका छैनन । नेपालकी छोरी डा अमृता रेग्मीको उम्मेदवारीमा आफ्नै दलको कुनै पनि व्यक्ति प्रतिस्पर्धामा नभएको कारण आगामी नोवेम्बर ४ मा हुने चुनाबमा अमेरिकामा नेपाली जातिको सुनौलो इतिहास रच्ने अवसर सिर्जना हुन् सक्ने सम्भावना बढेर आएको छ । उनले प्रथम चरणको निर्वाचन जितिसकेकी छिन् भने दोश्रो चरण पुग्ने रेग्मी पहिलो नेपाली मुलकी भएकी छिन् ।


काठमाडौँमा जन्मिएकी डाक्टर अमृता रेग्मीले लामो समय अन्तर्राष्ट्रिय विकास परामर्श दाताको रुपमा काम गर्दै आएकी थिइन् । जर्जियामा रहेको पिचट्री कर्नर जोनिङग बोर्ड अफ अपिल तथा अन्य संस्थामा नेतृत्वदायी भूमिका निर्बाह गरेकी रेग्मीको चुनावी अभियानलाई जर्जियामा रहेका नेपालीहरुले पनि सघाइरहेका छन् ।

उत्तर अमेरिकामा सम्भवतः नेपाली समुदायको इतिहासमा दर्शन रौनियार अमेरिकाको तल्लो सदनको प्रतिनिधि सभाको लागि उम्मेदवार दिने पहिलो नेपाली अमेरिकन हुन् । उनी निर्वाचनमा पहिलो चरणबाटै बाहिरिएका थिए ।

उनको क्षेत्र वाशिंगटन रहेतापनि चुनाव प्रचारप्रसार गर्न सबै ठाउँमा सहभागी भएका थिए भने नेपाली समुदायको इतिहासमा नै पहिलो नेपाली उम्मेदवारी भएकोले सबै वर्गबाट अतुलनीय सहयोग पाएका थिए । संचार माध्यममा पनि जताततै छाए ।

तर आफनै चुनाबी क्षेत्र र आफनै डेमोक्रेटिक दलका प्रत्यासीसंग मुकवाला गर्न सकेनन, अन्तत्वगत्वा उनले ३,५३० मत मात्र प्राप्त गरि करिब ३ कुल मतको ३ प्रतिशत मत प्राप्त गरि प्राथमिक चरणमा पराजित हुन् पुगे । उनले २०१२ मा वाशिंगटनको क्षेत्र जिल्ला १ बाट आफ्नो उम्मेदवारी दिएका थिए भने उक्त क्षेत्रमा रिपब्लिकनका उम्मेदवार कोस्टर जोनले ४५ प्रतिसत मत हासिल गरेका थिए ।

२०१२ मा दर्शन रौनियारको पराजय नबित्दै २०१३ मा म्यारिल्याण्ड राज्यको बाल्टिमोर क्षेत्रमा बसोबास गर्ने एचबी भण्डारीले अमेरिकन प्रतिनिधि सभाका लागि जिल्ला ८ मा डेमोक्रेटिकको तर्फबाट उम्मेदवारी दिएतापनि पहिलो चरणमा बाहिरिन पुगे ।

उनले आफ्ना दलका उम्मेद्वारसंग कडा प्रतिस्पर्धा गर्दा पनि चौथो स्थानमा नाम लेखाए । म्यारिल्याण्ड क्षेत्र बाट ३ हजार ८२८ मत १५ दशमवल ६ प्रतिशत मत ल्याए र उक्त क्षेत्रबाट बिजयी हुने उम्मेदवारले झन्डै १९ प्रतिसत ल्याई पहिलो चरणको निर्वाचनमा बिजयी भएका थिए । बिजयीहरुको दोश्रो चरणको निर्वाचन यही नोवेम्बर ४ तारिख हुदैछ ।

२०१२ मा भएको निर्वाचनमा दर्शन रौनियार प्रथम चरणमा नै बाहिरिएपछि त्यसको आंशिक नकारात्मक असर भण्डारीलाई पर्यो । आर्थिक संकलन गर्न भण्डारीलाई निक्कै मेहनत गर्नु पर्यो । अपेक्षा अनुसार जसरी रौनियारलाई सहयोग गरेका थिए, त्यस्तो आर्थिक सहयोग गर्न नसकिएको अवस्था रह्यो । नेपाली समुदायको भेला गर्दा पैसा चन्दा दिनुपर्ने भएकोले पछिल्ला समयमा सहभागिता राम्रो हुन् सकेन ।

भण्डारी बाल्टिमोरको एउटा सामुदायिक महाबिद्यालयमा अंग्रेजी बिषय पढाउँछन । नेपाली र अंग्रेजी दुवै भाषामा कलम राम्रो चलाउँछन भने डेमोक्राटिक दलको भातृ संगठनको युवा विभागका सचिब पनि छन् । उनी पहिलो चरणमा नै पराजित भएपछि नेपाली समुदायको आशामा तुषारापात लागेको छ । प्रतिभाशाली भएका कारण उनीसंग नेपाली समुदायले ठूलो आशा गरेको थियो । उनको क्षेत्रमा करिब ५ प्रतिशत मात्र एसियन समुदाय आँकडाले देखाएकोमा नेपालीहरुको जनघनत्व बाल्टिमोर क्षेत्रमा धेरै थियो । यसो त उनी नेपाली काँग्रेससंग सम्बधित हुन् । जसका कारण नेपालका अन्य राजनीतिक दलका समर्थकहरुले भोट नदिएको उनको विश्लेषण छ ।

जो उम्मेदवार आएपनि पहिलो चरणमा नै पराजित हुने भएकोले नेपाली समुदाय हतोत्साही भएका छन् । गत जुन ३० मा क्यानाडामा भएको निर्वाचनमा नेपाली मुलका र क्यानाडामा जन्मिएका दोश्रो पुस्ताका बेन्जामिन शर्मा पनि आखिर निर्वाचनमा पराजय भोग्नुपर्यो । पहिलो पुस्तामा ह्यारी एचबी भण्डारी तथा दर्शन रौनियार भएतापनि दोश्रो पुस्ताका शर्माप्रति नेपाली समुदाय ज्यादा आशाबादी भएता कन्जरभेटिव दलको प्रतिनिधित्व गर्दै केवल २ हजार २२ मत अर्थात् कुल मतको ५ दशमवल ४३ प्रतिशत मात्र प्राप्त गरि पराजित भए । उनका प्रतिद्वन्दी लिबेरल दलका एडम भुगानले ५३ दशमलव ६६ मत प्राप्त गरि शानदार बिजयी भए । बेन्जामिन शर्मा सम्भवत क्यानाडाको संसदको लागि उम्मेदवार दिने पहिलो नेपाली हुन् । उत्तर अमेरिकामा ३ जना पुरुष पराजित हुन् पुगे पनि अबको आशाकी बिन्दु भने डा अमृता रेग्मी नै हुन ।

राजनीति र पैसा

हुन त अमेरिकामा चुनाब जित्न जति पैसा मतदाताबाट संकलन गर्न सक्यो उम्मेवारको प्रतिष्ठा र गौरब बढ्छ । जसलाई अमेरिकामा त्यसलाई राम्रो मानिन्छ ।

चुनावका लागि जहाँ पनि पैसा चाहिन्छ । अमेरिकामा रकम लिँदा पनि अत्यन्तै पारदर्शी हुन्छ । आफूलाई उम्मेदवार बनाएर जनताबाटै रकम र मत दुवै उठाइन्छ । अमेरिकामा राजनीतिमा प्रणालीले नै चलाइदिन्छ र उम्मेदवारले पद्धतिको पालना गर्नुपर्छ । पालना नगरे उम्मेदवारी नै खारेज हुन्छ । पारदर्शिताका लागि कुन व्यक्तिका लागि कहाँबाट कति पैसा उठाएको छ भनेर उम्मेदवारले पारदर्शिता देखाउनुपर्छ ।

चन्दा उठाउँदा १८ वर्षमाथिका नागरिकबाटै उठाउनुपर्छ । प्राथमिक उम्मेदवारलाई एक व्यक्तिले ५ हजार डलरसम्म दिन सक्ने हुन्छ भने कर नतिरेको व्यक्तिले पैसा दिन पाउँदैन । एक व्यक्ति या संस्थाबाट मोटो रकम दिदा उम्मेदवारको गौरब बढ्नु भन्दा ५ डलर या ५० डलर अधिकांश मतदाता या व्यक्ति या संस्थाले दिए उम्मेदवारको गरिमा वृद्धि हुन्छ ।

भर्जिनियाको लाउडन काउन्टी डेमोक्रेटिक दल डलस जिल्लाका सभापति नेपाली मुलका लेखा परीक्षक हरि शर्माले अमेरिकाको निर्वाचनमा नेपालीहरुले बढी हतार गरेकाले समस्या देखिने गरेको बताए ।

उनका अनुसार, नेपाली मूलका सबै उम्मेदवार प्राथमिक चरणबाट नै पराजित हुने कारण छिटो नाम कमाउने उद्देश्य, अमेरिकाको राजनीतिको गहिरो अध्ययनमा कमी ,पुस्तौपुस्तादेखि राजनीतिमा संलग्न नभएको अनुभव, आफ्नै निर्वाचन क्षेत्रमा आधारशिला बलियो बनाउन नसक्नु, समुदायसंग पकड बनाउन नसकेको स्थिति, दल राजनीतिको ज्ञान गर्न नसक्नुको साथै प्रतिद्वन्दी भन्दा आफूले रकम जुटाउन नसकेको कारण नेपाली मूलका अमेरिकन नेपालीले चुनाबमा हार्ने गरेका छन् ।

भबिष्यमा नेपाली समुदायको पनि अमेरिकन राजनीतिमा प्रवेश हुनेछ आशा गर्दै उनले दोश्रो पुस्ताले यो इतिहास रच्नेमा बिश्वस्त रहेको बताए । त्यसका लागि धैर्य धारणको आवश्यता रहेको भन्दै उनले नेपालीहरु पनि वाशिंगटन डिसीस्थित क्यापिटल हिल छिट्टै पुग्ने आफूले देखेको बताए ।

अमेरिकाका नेपाली मुलका उम्मेदवारहरु पहिलो चरणबाटै बाहिरिएकोले समुदाय निराश हुनु स्वाभाविक हो । निर्वाचनमा हार र जित हुन्छ । कसैले हिम्मत गरेको थिएन तर दर्शन रौनियारले हिम्मत गरेर उम्मेदवारी दिए । जसबाट आउने पिँढीलाई ढोका खुल्यो । फलस्वरूप अन्य नेपाली समुदाय उत्प्रेरित हुदै धमाधम सभासदको लागि उम्मेदवारी दिने काम सुरु भैसकेको छ । अबको एक दशकमा अमेरिकाका नेपाली समुदायको अमेरिकी राजनीतिमा प्रतिनिधित्व हुनेछ भन्ने आशा नेपाली समुदायले गरेका छन । रौनियार, भण्डारी र शर्माले दिएको उम्मेदवारीलाई समुदायले सकारात्मक लिएका छन् किनभने अल्पसंख्यक नेपाली समुदायको आवाज अमेरिकन संसदमा पुर्याउने जमर्को भैसकेको छ । र , त्यो सपना छिट्टै साकार हुनेछ भन्ने आशा र विश्वास लिइएको छ ।

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
ए १ पनि पुगेनछ ?
TPS to F1 Status.
NRN card pros and cons?
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Need Help of IT consultancies
Nepal TPS decision
Supreme Court allows Trump to end TPS for Venezuelans
Any input on remote jobs(IT related or Sales or Marketing)?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
Nepal Likely to Get 60-Day TPS Notice
Nepal TPS has been Extended !!!
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters