- बुलशन
- Published: March 4, 2015
- बुधबार, 20 फागुन, 2071
- 7:29 AM
समुन्द्र किनारमा धेरै बेर टोलाएपछि उसले बालुवामा आफ्नो नाम लेख्यो, राकेश । उसले आफ्नो नाम बालुवामा लेखेको मात्र के थियो, एउटा सानो छालले उसको नाम बगाएर लिएर गयो । उसले छालमै नाम गयो कि झैँ गरी पानीमा हेर्यो । तर त्यो बालुवाको कणहरुमा टुक्रा-टक्रा भएर गयो । उसको नाम फेरि एक पटक हरायो ।
धेरै पहिले रेस्टुराँमा काम गर्दै अनि पढ्दै गर्दाको समयदेखि नै उसले आˆनो नयाँ नाम पाएको थियो- रक्की । अनि त्यो पनि कहिलेकाहीँ अझ छोटो भएर रक मात्र हुन्थ्यो । उसलाई त्यो नामले केहि असार गरेन । ऊ खुसी नै थियो ।
पढाइ र काम, विद्यार्थीको रुपमा आउने अरु सबैको जस्तै, उसको पनि दैनिकी उस्तै थियो । ऊ सोच्थ्यो, पैसा तिर्न मान्छे सधैँ माथिल्लो स्थानमा हुन्छ । ऊ ट्रेन समाउन भाग्दैंछ भने त्यसको अर्थ हुन्थ्यो ऊ काममा जानको लागि दौडिदैंछ । अनि आरामले नआत्तिकन टे्रनतिर लम्किँदैछ भने या त घर जाँदै हुन्थ्यो या त कलेज ।
कलेजमा पैसा चाहिँ तिर्नुपर्छ तर केहि समय ढिलो जादैंमा केहि हुन्न भन्ने उसको एउटा अचम्मको विश्वास थियो । कलेजभन्दा काम धेरै जाने गर्न थाल्यो । कामको सुन्दरता भनेको पैसा, जुन पढाइमा आउँदैन्थ्यो । बरु उल्टै तिर्नु पथ्र्याे पढाइको लागि कलेजलाई । आजभन्दा भोलि बढी काम र कलेज कम हुन थाल्यो ।
ऊ पैसामै खुसी हुन सिक्यो । हुन पनि उसको परिवारको सबै समस्याहरुको पोको बोकेर आएको थियो ऊ अस्ट्रेलिया । परिवारको समस्या सम्भिmँदा ऊ अझ बलियो मन गरेर जसरी पनि परिवारलाई खुसी दिन प्रयत्न गथ्र्याे । पढाइ उसले चटक्कै बिस्र्याे ।
अनि त्यसपछि उसको इमिग्रेसनसँग सम्झौता गर्न दिन सुरु भयो, अचानक । म्याद आयो, एक्काइस दिनको । ऊ एउटा माइग्रेशन एजेण्टकोमा गयो । त्यहीँ दिन आधा पैसा लियो एजेण्टले । रक्की ढुक्क भयो । उसले पैसा तिर्दै गयो । उसको लडाई कमजोर हुँदै गयो । आखिरमा उसले निर्णय गर्यो 'अब लुकेरै बस्छु ।' उसले काम छोड्यो, नयाँ घरमा बस्न थाल्यो ।
भिसा बिना नै काम दिने ठाउँ खोज्यो, पायो पनि । पहिलो दिनमै एउटी सुन्दर केटीले नाम सोधी, उसले भन्यो राक् । राकेश भन्नै लागेको थियो, आˆनै बोलिलाई ठूलो आँधीलाई रोकेको जस्तो गरी सुधार्यो । अनि फेरि दोहोराएर भन्यो, 'माइ नेम इज रक्की, बट् यु केन कल मी रक् ।' त्यही दिनबाट ऊ अब कहिले राकेश नहुने गरी रक् भयो ।
जति सजिलै ऊ बस्न चाहेको थियो, त्यति सजिलो भने उसलाई भएन । बाटो घाटोमा, ट्रेनमा, पार्टीमा जता जाँदा पनि ऊ झस्किन्थ्यो । एक रात ऊ गएको नाइट क्लबमा पुलिस आयो एउटा झड्पपछि । त्यो दिनदेखि ऊ कहिल्यै फेरि नाइट क्लब या पब गएन । त्यो घटनाको दुई चार महिनापछि ट्रेनमा पुलिसले टिकट माग्दै आयो । उसको सातो पुत्लो उड्यो ।
उसले टिकट देखायो, तर ऊ भित्र भित्रै काँपेको थियो । ऊ लत्रालुत्रुक्कै भयो । ऊ गल्यो । ऊ जड बन्न सकेन, कठोर हुन सकेन । अनि त्यहीँ दिनदेखि उसको नामको अर्थमात्र 'ढुङ्गा' वा 'जड' बन्यो । ऊ भने साह्रै कच्चो, साह्रै नाजुक ।
दिन प्रतिदिन ऊ कमजोर हुँदै गयो । हरेक पाइलामा सावधान हुँदै उसको पहिलो वर्ष बित्यो, अनि अर्को वर्ष । जति कठिन उसको दैनिकी बन्यो, त्यति नै उसले पाठ सिक्दै गयो । विस्तारै विस्तारै ऊ बलियो हुँदै गयो ।
यतिसम्म कठोर हुँदै गयो कि नेपाल जानुभन्दा पनि यही देशमा लुकेरै बसेँ भने पनि राम्रो जीवन जिउन सक्छु भन्ने सोँचलाई जितेर यस्तो पिजडाको चराजस्तो भएर कुजिनुभन्दा म मेरो देशमै दुःख गर्छु । तर, पंख फिजाएर उड्छु भन्ने सोँच्यो । ऊ खुला आकाशमा उड्न चाह्यो । फेरि रक् या रक्कीबाट राकेश हुन चाहृयो । अनि दृढ भएर भन्यो, 'म नेपाल जान्छु ।'
अस्ट्रेलियाको अध्यागमन विभागमा आत्मसमर्पण गर्न अगाडि अन्तिम एक पटक समुन्द्र हेर्न मन गरेर ऊ समुन्द्र किनारमा घुम्न गयो । पानी खेल्यो, बालुवाको स्पर्श लियो । यो जमिनलाई धन्यवाद भन्यो । अनि भिजेको बलौटे किनारमा आˆनो नाम लेख्यो 'राकेश' ।
उसले नाम लेख्ने बित्तिकै एउटा सानो छालले त्यो नाम मेटिदियो । ऊ हौसियो, अघिभन्दा पनि पानीतिर नजिक गएर लेख्यो, 'रक्' । त्यसलाई अर्को छालले बगायो । ऊ अझ खुसी भयो, अनि लेख्यो 'रक्की' । त्यो पनि एकैछिनमा आएको अर्को छालसँगै बिलाएर गयो । साँझ परिसकेको थियो, ऊ पानीबाट बाहिर आयो, अनि सुख्खा बालुवामा उभियो ।
समुद्रतिर र्फकेर हेर्यो । यहाँसम्म त छाल आउँदैन भन्ने लागेपछि उसले फेरि आˆनो नाम लेख्यो, 'राकेश' । यहाँसम्म छाल आएन उसको नाम बगाउन । उसलाई सन्तोष महसुस भयो । आकाशतिर र्फकेर दुई वटा हत्केला दुई वटा गालाको पट्टी लगेर चिच्याउँदै आˆनो नाम भन्यो । अनि भन्यो, 'आइ एम कमिङ होम मम' । त्यसपछि नेपालीमै 'म घर आउँदैछु मामु ।' उसमा आफू हुनुको परिचय फिर्ता आयो । ऊ खुसीले गदगद भयो । अनि घरतिर लाग्यो ।
अलि टाढा पुगेर समुन्द्रतिर फर्केर हेर्यो । बालुवामा लेखेको नाम छालले बगाएको थिएन ।