rownyc
Replies to this thread:
More by rownyc
What people are reading
Subscribers
Please log in to subscribe to rownyc's postings.
:: Subscribe
|
|
[VIEWED 2442
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
rownyc
Please log in to subscribe to rownyc's postings.
Posted on 08-08-15 9:38
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
बहुपहिचान, प्रदेशको संख्या, शासकीय स्वरुप जस्ता विषयमा एकपछि अर्को गर्दै आफ्ना अडान छोडेको भन्दे एमाओवादीमा तीव्र विवाद र चर्काचर्की भएको छ । १४, ११, ८ हुँदै ६ प्रदेशमा आएको तर, बहुपहिचानको मुद्दा नै छोडेको भन्दै एमाओवादीका युवा नेताहरु पार्टी नेतृत्वविरुद्ध खनिएका छन् । जनताको लागि लडेको पार्टी एकथान संविधानकै लागि एकपछि अर्को गर्दै कांग्रेस र एमालेसामू घुँडा टेक्ने र सम्झौता गर्न तयार भएको भन्दै युवा नेताहरु वर्षमान पुनः अनन्त, जनार्दश शर्मा प्रभाकर, हरिबोल गजुरेलसहितले ‘अब माओवादीकै एजेण्डा बाँकी रहेन’ भन्दै विद्रोह गर्ने चेतावनी दिएका छन् । संविधानको मस्यौदादेखि दलबीच पछिल्लोपटक भएको भनिएको ६ प्रदेशको संघीयतामा माओवादीले उठाएको एजेण्डा कहीँनेर पनि नदेखिएको भन्दै सदस्यले नेतृत्वलाई घुँडा नटेक्न सुझाएको एक नेताले जानकारी दिए । शुक्रबारको बैठकमा अध्यक्ष प्रचण्डले असहमतिलाई थाती राखेर भए पनि संविधानलाई टुंगोमा पुर्याउनु एमाओवादीका लागि बाध्यात्मक भएको बताउँदै गर्दा अनन्तले बीचमै उठेर प्रति प्रचण्डको भनाईको प्रतिवाद गरेका थिए । हाइकमाण्डको बैठकमा प्रचण्डले सहमति गरेर जानुपर्यो के भनेका थिए, बीचमै उठेर जंगिदै अनन्तले भने, ‘तपाईंहरुले नै भनेको बहुपहिचानको ६ प्रदेशको अडान र मुद्दा खोई ?’ उनी नेतृत्वविरुद्ध नै खनिएपछि प्रचण्डले सम्झाउने प्रयास स्वरुप कुरा त सुन्नुस् भन्दै ‘हाम्रो सामू राजनीतिक कोर्षलाई अघि बढाउन सम्झौता गरेर जानुपर्यो’ भन्दै गर्दा पनि अनन्त झन् आगो भए । प्रचण्डकै शैलीमा आफूलाई बाध्यात्मक अवस्था आएको बाबुरामले बोल्न नपाउँदै अनन्त पुनः कड्कन पुगे । ‘तपाईंहरुले एकपछि अर्को गर्दै एजेण्डा छोड्ने हो भने हामी पार्टीमा विद्रोह गर्छौ ‘माओवादीलाई फसाउने खेल हुँदा पनि हामीले बहुपहिचानका मुद्दा किन छोड्नुपर्यो ? अब हाम्रा पुराना मुद्दा र एजेण्डमा दायाँबायाँ गर्न पाइदैंन ।’ पुनको आपत्तिमा गजुरेल, शर्मा, नन्दकिशोर पुनले पनि बहुपहिचानको ६ प्रदेशबाट पार्टी पछाडि फर्कन नहुने बताए । युवा र जिम्मेवार नेताहरु नै आगो भएर पुराना अडान नछोड्न दबाब दिएपछि बैठकमा बाबुराम भट्टराई उनीहरुलाई सम्झाउन अघि सरे । प्रचण्डकै शैलीमा आफूलाई बाध्यात्मक अवस्था आएको बाबुरामले बोल्न नपाउँदै अनन्त पुनः कड्कन पुगे । ‘तपाईंहरुले एकपछि अर्को गर्दै एजेण्डा छोड्ने हो भने हामी पार्टीमा विद्रोह गर्छौ ।’ संघीयता, शासकीय स्वरुप, निर्वाचन प्रणाली, धर्मका विषयमा नेतृत्व झुकेको भन्दै बैठकमा अधिकांश सदस्य नेतृत्वविरुद्ध खनिन थालेपछि भट्टराईले यस्तै हो भने म पार्टी र संवाद समितिको सभापतिबाटै राजीनामा दिन्छु भनेका थिए । उपेक्षित, उत्पीडित, आदिवासी, दलित, महिला, मधेसीका लागि लडेको पार्टी आफ्ना पुराना अडान छोड्दै नाटकीय रुपमा सहमति गर्दै अगाडि बढेको भन्दै उनीहरु नेतृत्वविरुद्ध खनिएका हुन् तर, सदस्यहरुले पार्टीबाट राजीनामा वा संवाद समितिबाट राजीनामाले फरक नपर्नेभन्दै आफू लड्दै आएको मुद्दा महत्वपूर्ण भएको बताएका थिए । अर्का नेता जनार्दश शर्माले पनि माओवादीका नेताहरुले पदसँग एजेण्डा साट्न नहुने बताए । टोपबहादुर रायमाझीसहितका केही नेता लुम्बिनी टुक्राउन पाइदैंन भन्दै संघीयता विरोधी हुँदै कांग्रेस र एमालेको कित्तामा उभिंदै हस्ताक्षर अभियान चलाएकोमा समेत सदस्यहरुले तीव्र विरोध जनाएका थिए । उपेक्षित, उत्पीडित, आदिवासी, दलित, महिला, मधेसीका लागि लडेको पार्टी आफ्ना पुराना अडान छोड्दै नाटकीय रुपमा सहमति गर्दै अगाडि बढेको भन्दै उनीहरु नेतृत्वविरुद्ध खनिएका हुन् । शीर्ष बैठकमा प्रचण्ड एक्लै सहभागी भएकोप्रति पनि केही सदस्यहरुले विरोध जनाएका थिए । कांग्रेस र एमालेबाट शीर्षसहित अरु नेता सहभागी भए पनि माओवादीबाट शीर्ष नेता मात्रै सहभागी हुन नहुने उनीहरुको भनाई थियो । माओवादीमा नेता नारायणकाजी श्रेष्ठले पनि कांग्रेस एमालेको कुरा मान्दै जाँदासमेत संविधान निर्माणमा उनीहरुबाटै अडान राख्ने र अर्कोतिरको विवाद झिकेको आरोप लगाएका छन् । यस अघि झापा, मोरङ, सुनसरी, कैलाली र कञ्चनपुरमा विवाद भए पनि यो मिल्दै गर्दा फेरि अखण्ड लुम्बिनी, अखण्ड अर्को के भन्दै माओवादीलाई गलाउने भएको भन्दै सदस्यहरुले १६ बुँदे र यस अघिका सहमति सम्झौताबाट पछाडि नफर्कन नेतृत्वलाई सुझाए ।
|
| |
|
|
|
|
mangale
Please log in to subscribe to mangale's postings.
Posted on 08-08-15 9:54
AM [Snapshot: 27]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
What was wrong with 14 zones 75 districts & 5 regional areas that they came up with this 6 pradesh? They actually included all kind of people from himal, pahad & Terai. If it's not broken then why fix it?
|
| |
|
|
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 365 days
| Recommended Popular Threads |
Controvertial Threads |
| ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION |
| NRN card pros and cons? |
| Conservative discussions |
| TPS To F-1 COS |
| Nepal TPS has been Extended !!! |
| Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years) |
| Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans |
| Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1? |
| US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ? |
| Democrat wants to run election like in India. Chaos and Confusing to voters. |
| Supreme Court allows Trump to end TPS for Venezuelans |
| Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS |
| महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने |
| Nepal TPS decision |
| TPS to F1 Status. |
| legal Query for married nepali girl now have taken US citizenship |
| ICE kidnapping people off the streets over op eds |
| Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is. |
| ए १ पनि पुगेनछ ? |
| 2020 : Why No Trump ! |
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|