नेपाल सरकारले दशकौं देखि विभिन्न क्षेत्रमा उच्च योगदान पु¥याएका व्यक्तित्वहरुलाई राष्ट्रिय पुरस्कारबाट सम्मान गर्दै आएको छ । लोकतन्त्र स्थापना अघि अर्थात मुलुकमा राजतन्त्र कायम रहँदा गोर्खा दक्षिण बाहु पुरस्कारबाट सम्मान गरिने गरिए पनि गणतन्त्र स्थापनापछि यसलाई विकेन्द्रिकृत गरी विभिन्न विधामा पुरस्कार वितरण गर्ने गरिएको छ । नेपाल सरकारले प्रजातन्त्र दिवसको अवसर पारेर विभिन्न क्षेत्रमा विशिष्ट योगदान पु¥याउने व्यक्तित्वहरुलाई राष्ट्रिय पुरस्कारबाट सम्मान गर्ने गरेको छ ।
नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले २०६५ सालमा पत्रकार श्री गोकुल श्रेष्ठलाई ‘उत्कृष्ट युवा पत्रकारिता पुरस्कार’ बाट सम्मान गरेको थियो । पत्रकार श्रेष्ठलाई नगद ५० हजार रुपैयाँसहित सम्मान गरिएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले राजनीतिक पत्रकारिता मार्फत विशेष योगदान पु¥याउने मुलुकभर क्रियाशिल युवा पत्रकारहरु मध्ये प्रत्येक वर्ष एक जना पत्रकारलाई यस्तो पुरस्कारबाट सम्मान गर्दै आएको छ । पत्रकार श्रेष्ठलाई तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल र सूचना तथा सञ्चार मन्त्री कृष्णबहादुर महराले संयुक्त रुपमा पुरस्कार वितरण गर्नु भएको थियो । सरकारले पुरस्कार छनौटका लागि सूचना तथा सञ्चार मन्त्रालयका सहसचिव परशुराम अर्यालको नेतृत्वमा तीन सदस्यीय छनौट समिति गठन गरेको थियो । जसमा नेपाल पत्रकार महासंघका तत्कालिन अध्यक्ष धर्मेन्द्र झा र बरिष्ठ पत्रकार किशोर नेपाल सदस्य रहनु भएको थियो । यस अघि २०६४ सालमा यो पुरस्कारबाट बरिष्ठ पत्रकार विजयकुमार पाण्डे सम्मानित हुनु भएको थियो भने २०६६ सालमा चिरञ्जिवी देवकोटा सम्मानित हुनु भएको थियो । त्यस्तै २०६७ सालमा शुशिल खरेल, २०६८ सालमा कल्पना विशुराल, २०६९ सालमा टीपी भुसाल र २०७० सालमा शिव लम्साल सम्मानित हुनु भएको थियो ।
यस्तो पुरस्कारका लागि सरकारले तीन महिना अगावै आवेदन खुल्ला गर्ने गर्छ । जसमा ५ सयभन्दा बढिले आवेदन दिएका थिए । पुरस्कार छनौट समितिले प्राप्त आवेदनबाट छनौट गरी पत्रकार श्रेष्ठको नाम सिफारिस गरेको थियो । जसलाई मन्त्रिपरिषद्को बैठकले पारित गरेको थियो ।
माधव शर्मा
सचिव