पाठक बर्ग हेडिङ सँग बिषय बस्तु न मिले रिसाइ नहाल्नु होस् | यस् चोटि चै लेखी सके पछी मात्र हेडिङ लेखेको छु
| रिसाउनै हुन्छ भने Copy & paste गर्ने सँग रिसाउनु होला | किन्की यिनिहरुकै दिमागको उपज हो कि अरुको छुट्याउन गाह्रो हुन्छ | यो सापटी मगाइ हैन डकैति नै हो भन्ने मेरो धारणा छ |
हिजो मेरो कजनले दाई मलाई त्यो स्टेट्ले चालाएको केरियर सेन्टर पुर्याइदेन भन्यो | एसो र उसो गर भनेर सिकाइ रहनु भनेको बाह्र खरी पढाए जस्तो हो | कमसे कम आँफैले खोजेर बुझेको हुनाले काम धाम चाडै पाउला र दायित्व बाट मुक्त होईन्छ भन्ने झिनो आशा पलायो | मेरो कुराको आसय बुझ्नु भयो होला ?
मैले पनि बहाना बनाएर बिदा लिएर बसेर बिहानै केरियर सेन्टर पुगियो | सबैतिर प्रोसेस त उही त हो नि | मान्छे कती थिए फ्रन्ट डेस्क छेउ बाट के देख्नु ? सोधी हाली "Do you have an appointment " ? छैन वाक- इन हो भने यहाँ साईन गर अनी त्यहा गएर पर्खेर बस कसैले तलाई सहयोग गर्छ भनेर देखाई | अचम्म लाग्छ यो Appointment को कुरा, झिङा मारेर ग्राहक कुरेर बसेको भए पनि सोधी हाल्नु पर्ने " Do you have ...."? अनी अर्को १ घण्टा कुर्दा कोही ग्राहक देखिन्नन | हामीले हजामकहा गए जस्तो
बस्दै गर सिध्याउना साथ चटाचट काट्न सुरु गरे जस्तै ग्राहक आए पछी काम सुरु गरे के हुन्छ ? शायद इज्जत जाने हो कि आदतसे मजबुर हुन ? Or preserving their Culture?
पालो आउनु के थियो फर्स्ट र लास्ट पनि तै भाई मात्रै थियो | तातो न छारोको आधा घण्टा कुराइ परियो | झारा टराइ मेलो नेपालमा मात्रै हो र् यहाँ पनि उत्तिकै हुन्छन | एक जनाले केरियर काउन्सेलर एलेक्स भनेर चिनायो अनी हामी उस्को टेबल नजिक बस्न पुग्यौ | आर्को आधा घण्टामा भाई को सबै इन्फो राखी सके पछी सबै भन्दा पहिलो काम रेजुमे बनाउने work-shop जानु ठीक छ भनी राख्यो | तेस पछी Access र Excel ट्रेनिग लीई राख भनी प्रोग्राम खोल्यो | सहभागिका नाम हरु सरर हेर्न पाइयो | म त कुरुवा मात्रै त हो मोनिटर बाट टाढा थिए र मोनिटरका अक्षर पढ्न सक्दिन थिए | भैया पुलुक्क मेरो अनुहारमा हेर्छ अनी एलेक्स लाई भन्छ " Do you have on other day "? मैले भने किन समय खेर फाल्छस | बिहान काममा जादा पुर्याइ दिन्छु अनी लन्च को बेला घर पुह्राई दिउला | दाई त भन्थिस हाम्रो थर भएको यो जिल्लामा ४-५ जना मात्रै होलाउ ? हाम्रो थर नेपालमै पनि कम सुनिन्छन जस्तो लाग्थ्यो | कसैले सुन्नु भएको छ "बजगाइ" थर भएको मान्छे ? मेरो थर राख्न साथ पहिलो पेजमा ८ जनाको नाम देखे अर्को पेज मा पनी थिए कि ? भैयाले अर्को साताको लागि साईन गर्यो | He was not ready to interact.
तेसो भए तैले साइन नगरेको दिन आएर बजगाइहरुलाई लाई भेटी आउने शनिबार BBQ को प्रोग्राम राख्छु भनेको त आँखा पो तर्छ | के भयो तिम्लाई भनेर सोधे? दाई तिम्लाई पनि आफ्नो जातको भएर जातिबादी हुन लागेका हौकी भनी तर्सिएको ? तर्सिनु पर्ने के कुरा भयो र भेट घाट मात्रै त हो नि भने |
१५ बर्ष अघी एउटा नेपाली देखिदा पनि क्या आनन्द लाग्थ्यो अझै पनि लाग्छ | तर आजकाल हामी एती भयौ कि सबै प्राय सबैको आफ्नो आफ्नो सानो सानो ग्रुप छ | बिशेष अवस्था बाहेक सबै आफ्नो आफ्नो ग्रुप मा सिमित भएर बस्न र भेट्घाट गर्न रुचाउछन | खुशी लाग्यो सानो ठाउमा पनि गाउले हरु पुगेका रहेछन | भैयाको आँखा तराइमा परे पछी BBQ को सोच पनि मरेर गयो |