choodamani
Replies to this thread:
More by choodamani
What people are reading
Subscribers
Please log in to subscribe to choodamani's postings.
:: Subscribe
|
आधुनिक जीवन शैलीका वीचमा सजिलै योग साधना कसरी हुनसक्छ ?
|
[VIEWED 10012
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
choodamani.
Please log in to subscribe to choodamani's postings.
Posted on 01-26-17 5:35
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
2
?
Liked by
|
| |
To re-share on Facebook: https://goo.gl/N1q8ab
आधुनिक जीवन शैलीका विशेषता प्रायः खानु पिउनु रमाउनु मोज मज्जा गर्नु जुवा आदि खेल्नु इत्यादि हुने गर्छ । यसका लागि पर्याप्त कमाउन र काम गर्नुपर्छ । प्रसन्न हुनु आँफैमा राम्रो कुरा हो तर धेरै खाने पिउने कुरा चैं विचारणीय विषय हो । जुनसुकै पनि वस्तुको उपयोग निश्चित सीमासम्म हितकर हुन्छ । सीमा नाघ्यो भने भयानक बन्छ । खानेकुराले सीमा नाघेमा, पिउने कुराले सीमा नाघेमा, यौन-क्रिडाले सीमा नाघेमा, यी र यस्तै धेरै विषयले सीमा नाघेमा सुन्दर जीवन बर्बाद हुँदै जान्छ । यो अमूल्य जीवनलाई वर्वादीबाट बचाउनुपर्छ ।
योग-साधनाका केही अभ्यासले हामीलाई यसप्रकारको बर्बादीबाट जोगाउन सक्छ । नगरेर यो अनौठो लागेको हुनसक्छ । गर्दै जाँदा यो अत्यन्तै सजिलै गर्न सकिने रहेछ भन्ने बुझिन्छ । बिहान दिउसो बेलुका राती जतिबेला जहाँ गरे पनि हुन्छ । योग आँफैमा सञ्जीवनी हो । यसले तपाई हामीभित्र जादू गर्छ । आमूल परिवर्तन गर्छ । हामीले जे चाहन्छौं त्यही हुनथाल्छ । योग-साधनाले हाम्रो जीवनमा अविश्वसनीय परिवर्तन ल्याउछ । यस्तो चमत्कार गर्नसक्ने योगका वारेमा हजुर हामी धेरैलाई राम्ररी थाहा छैन । के हो योग ? कसरी गर्ने ? किन गर्ने ? आदि विषयमा विचार गरौं ।
के हात खुट्टा र शरीरको व्यायाम नै योग हो ? यदि हो भने जिम सेण्टर गए भइहाल्यो नि । त्यहाँ अनेक उपकरणको सहायताले सम्पूर्ण अंग अंगको व्यायाम गरिन्छ । हैन, योग भनेको शारीरिक व्यायाममात्रै हैन, बरु योगभित्र शारीरिक व्यायाम पनि पर्छ भन्ने बुझ्नुपर्छ । योग आँफैमा परिपूर्ण हुन्छ । शरीरको व्यायाम, मनको व्यायाम, प्राणको व्यायाम, पोजिटिभ पावरको व्यायाम, आदि धेरै खालको व्यायाम हुन्छ योगभित्र । व्यायाम बाहेक पनि जीवनसंग संबंधित महत्वपूर्ण विषयहरु जो हजुर हामीलाई आजसम्म थाहा छैन त्यसका विषयमा पनि योगले दिव्य-ज्ञान दिन्छ ।
यही दिव्य ज्ञानको उज्यालोमा जीवनमा परिवर्तन सम्भव हुनेगर्छ । अत्याधुनिक जीवन शैलीमा हामी हाम्रो रूटिन चेञ्ज नगरिकन योगलाई चाख्न खोज्छौं । आँफुलाई अलिकति पनि असजिलो नबनाइकन योग साधना सिक्न चाहन्छौं । त्यस्तो सम्भव त हुन्छ तर चाखेर मात्रै पेट भरिन्न । पेट नभरिकन तृप्ति हुदैन । सुस्त सुस्त योगमय वातावरण बनाएर जीवनमा ठुलै परिवर्तन गर्न चाहनुन्छ भने अब तयार हुनुस । एकैछिन शास्त्रीय कुरा सुन्नुस ।
सर्वप्रथम योग साधना प्रति पोजिटिभ हुनुस । कसरी गरूँ ? कहाँबाट शुरु गरूँ ? कुन बेलामा गरूँ ? भनेर विचार गर्नुस । अरुले के भन्लान भन्ने सोंच्दै नसोच्नुस । हजुर हामीलाई नियमित योग साधनाको अभ्यास गर्न गाह्रो छैन । यो त हाम्रा बाउ बाजे पुर्खाले जीवनभर गरेको, पुर्ख्यौली सम्पत्ति विरासतमा पाएको हाम्रो घरभित्रको मौलिक विद्या हो । हामीले जब चाहे यसको उपयोग गर्न र फाइदा लिन सक्छौं । शुभारम्भका लागि कुनै एउटा शुभ दिन या शुभ समय छनौट गर्नुस । १५ मिनेट देखि १ घण्टासम्म योग अभ्यास गर्ने मानसिक तयारी गर्नुस् । एकान्तमा गर्नुस् या जानकारसंग गर्नु राम्रो हुनेछ । खाना खाएको ३ घण्टा पछिको अवस्था उत्तम हुन्छ भन्ने बुझ्नुपर्छ । हेल्दी, रमाइलो वातावरणमा इजी पहिरनमा तयार हुनुस । सजिलो नरम गुन्द्री या म्याटमा पूर्व फर्केर ढाड कम्मर गर्दन शिर सिधा गरि बस्नुस् । आँखा बन्द गर्नुस् । लामो लामो सास लिने छोड्ने गर्नुस् । अब तपाइँलाई मनपर्ने कुनै एक देवताको ध्यान गर्नुस् । हृदयमा छर्लङ्ग हुने गरि देवताको ध्यान गरेर प्रार्थना गर्नुस् ।
हे देव ! मलाई शक्ति देउ, योग साधनाद्वारा जीवनको उच्चतम शक्ति पाउन सकूँ, आशिष देउ । मेरो साधनामा आइपर्ने हरेक विघ्न बाधाहरु हटाएर मेरो योग साधनालाई सिद्ध गरिदेउ भनेर सच्चा मनले प्रार्थना गरौं ।
प्रार्थनापछि दुबै हात रगडेर तातो बनाएर चेहरामा दल्दै चेहराको मालिसबाट योग अभ्यास आरम्भ गरौं । यो तातो हातको मालिसले चेहरा चम्किलो हेल्दी र आकर्षक बन्दै जान्छ । अब क्रमशः गर्दन छाती कम्मर नितम्ब साप्रा खुट्टा अनि हातहरुको मालिस गरौं । ३ राउण्ड शिर देखि पाउसम्म मालिस गरेपछि उठ्नुस् । शरीर तताउनलाई आफ्नै ठाउँमा दौडिनुस् । ५/७ मिनट दौडिएपछि शरीर तात्छ ।
त्यसपछि सूर्य नमस्कार आसन गरौं:
सूर्य नमस्कार आसनका १२ अवस्था हुन्छन् । सबै प्रकारका आरोग्य र शक्ति दिने देवता सूर्य नै हुन् । एक एक आसन बाट सूर्यलाई नमस्कार गर्नाले हामीमा डबल शक्ति आउँछ । एक व्यायामबाट; अर्को सूर्यदेवसंगको प्रार्थनाबाट ।
१. पूर्व फर्केर नमस्कार मुद्रामा सीधा उभिनुस् । २. दुबै पञ्जा पूर्बतिर देखाउँदै हात जोडिएकै अवस्थामा दुबै हात पूरा माथि लैजानुस् र पछाडी झुक्ने कोशिश गरौं ।
३. दुबै हात जोडेकै अवस्थामा अगाडि झुक्दै घुँडाबाट सीधा हत्केलालाई भुईमा राखौं टाउकोले घुँडा छोउँ । ४. देब्रे खुट्टा घुँडाबाट खुम्च्याएर दाहिने खुट्टा पछाडि लैजाने र दुबै हातले टेक्दै गर्दन घुमाइ सकेसम्म माथि हेरौं ।
५. अब दुबै खुट्टा पछाडि लैजाने र दुबै हात सीधा बनाइ टेकेर शरीरलाई लौरो झैँ सीधा गरौं । ६. दुबै हात कुइनाबाट खुम्च्याएर पञ्जामात्रले टेकेर सारा शरीरको भार खुट्टाका औंला र हातका पञ्जामा हुने गरि शरीरलाई भुईको नजिकै सीधा राखौं । ७. कम्मरभन्दा तलको भाग भुईमा राखी सोझा हातले टेकेर शरीरको माथिल्लो भागलाई पछाडितिर लैजाऔ ।
८. कम्मरलाई सबभन्दा माथि उठाऔं । ९. नम्बर ४ मा गरे झैँ दाहिने खुट्टा खुम्च्याइ टेकेर देब्रेलाई पछाडि सीधा पार्दै दुबै हातले टेकेर शरीरलाई पछाडि लैजाने र माथि हेरौं । १०. दुबै खुट्टामा उभिएर दुबै हत्केलाले भुईमा टेकेर घुँडा नखुम्च्याइकन टाउकोले घुँडा छोएर बसौं । ११. दुबै हत्केला पूर्ब देखाएर माथि उठाउदै शरीरलाई पछाडि झुकाउँ । १२. सामान्य स्थितिमा नमस्कार गरेर उभिउँ ।
यो प्रक्रिया कमसेकम २ पटक अधिकतम ५ पटक गरौं ।
आसनको यो अभ्यासपछि एकछिन शवासनमा उत्तानो सुतेर शरीरलाई ढिला गरेर आँखा बन्द, लामो लामो श्वास प्रश्वास गर्दै विश्राम गरौं । आसन धेरै हुनसक्छन् । आवश्यकता अनुसार बढाउन मिल्छ । हरेक आसन गरेपछि शवासनमा विश्राम अनिवार्य गर्नैपर्छ । आसनको अध्याय पूरा भएपछि प्राणायाम गरौं ।
प्राणायामका पनि धेरै प्रकार छन । ती मध्ये पूरक कुम्भक रेचक कुम्भक यो ४ स्थितिमा प्राणको व्यायामले हामीलाई अदभूत शक्ति दिन्छ । आज हाम्रो श्वासप्रश्वासमा कत्ति पनि नियन्त्रण छैन तर लामो समयसम्म प्राणायाम गर्यौं भने प्राणमाथि नियन्त्रण हुन्छ । यो सजिलै गर्न सकिन्छ । पद्मासन या सुखासनमा बसौं । दाहिने हातको बुढी औंलाले नाकको दाहिने प्वाल थुनौं । देब्रे प्वालबाट सुस्त सुस्त सास भरौं । यही पूरक हो । भरिएपछि माइली र साइली औंलाले देब्रे प्वाल पनि बन्द गरौं । अब सास रोकेर बसौं । यही कुम्भक हो । गाह्रो हुन थालेपछि दाहिने प्वालबाट सुस्त सुस्त निकालौं । यो रेचक हो । पूरा सास निकालेर रित्तो बनाएर फेरि नाक बन्द गरौं, सासलाई बाहिरै रोकौं । यो बाह्य कुम्भक हो । यसै प्रक्रियालाई ३ पटक दोहोर्याऔं । यसबाट नाडी शोधन लगायत धेरै फाइदाहरु र जानकारीहरु पाइन्छ ।
प्राणायामपछि अब एकैछिन ध्यान गरौं । ध्यानले मनको व्यायाम हुन्छ । मन स्वस्थ निरोगी बन्छ । त्यसबाहेक पनि ध्यानका धेरै फाइदा छन । सजिलो हुने आसनमा बसौं । ढाड कम्मर गर्दन शिर सीधा गरेर बसौं । आँखा बन्द गरौं । इष्टदेवको ध्यान गरौं । एक चित्त हुनु नै ध्यान हो । एउटै चित्र या मन्त्रमा ध्यान अडिन पर्यो । दुई चिज हुने बित्तिकै ध्यान ध्यान रहँदैन । यो शुरुमा गाह्रो हुनसक्छ । अभ्यास गर्दै जाँदा सहज र सम्भव हुनथाल्छ । धेरैले सजिलोका लागि श्वासप्रश्वासमा ध्यान गर्छन् । विपश्यनाले हामीलाई श्वासप्रश्वासको बाटोबाट भित्रका गतिविधि हेर्न सिकाउँछ भने विश्व विख्यात महर्षि महेश योगी, भावातीत ध्यान अनुसार मन्त्र या चित्रको ध्यान गर्दै अन्ततोगत्वा चित्र या मन्त्र पनि मेटिने र सबै प्रकारका भावहरु भन्दा पर शून्यतामा समाधि अर्थात् सुपर कन्सस्नेस प्राप्त हुन्छ ।
आदरणीय पाठक वृन्द ! आसन प्राणायाम र ध्यानको यो अभ्यास शुरुमा असजिलो भए झैँ लागे पनि २/४ दिनमै सामान्य हुन्छ । पहिलो दिन देखि नै हजुर हामीलाई अनौठो आनन्द अनुभव हुनथाल्छ । पछिपछि हामीले हाम्रो शरीर, मन, प्राण, बुद्धि सबैमाथि नियन्त्रण गर्न सक्छौं । अब कुनै आदत, कुलतले दु:ख दिन सक्तैन । हामी हाम्रो वशमा हुन्छौं । स्वतन्त्र र समर्थ हुन्छौं । जीवन परिवर्तित र संयमित हुन्छ । हर घडी प्रसन्न र फ़ुर्तिलो भइन्छ । अचम्मको स्थिति अनुभव हुन थाल्छ । जीवन सामान्यबाट असामान्य बन्दै जान्छ । भनेरै नसकिने राम्रा कुराहरु अनुभव हुन थाल्छ । त्यसबेला आजको यो मामूली एडिक्ट मानव समाप्त भएको महसुस हुन्छ । मानव जीवन साँचो अर्थमा सार्थक जीवन बन्दछ । हामी धन्य बन्दछौं । हाम्रा कुल पितृहरु पनि प्रसन्न भएर आशीर्वाद दिन थाल्दछन् । यही साधना वर्षौंसम्म चलिरहेमा सिद्ध भइन्छ । आफू पनि अरुलाई आशिर्वाद दिनसक्ने देव-योनी प्राप्त हुन्छ । थाल्नु पर्यो, थालेपछि गर्दै जाँदा सबैथोक आँफै ठिक हुँदै जान्छ । सूर्य उदाए सि अँध्यारो गायब भए झैं सुस्त सुस्त विघ्नहरु आँफै हटेर जान्छन् ।
हरिॐ तत्सत्
Last edited: 26-Jan-17 05:39 PM
|
| |
|
|
|
|
adhikari_bandhu
Please log in to subscribe to adhikari_bandhu's postings.
Posted on 01-26-17 7:24
PM [Snapshot: 54]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
ज्ञान बर्धक लेख रहेछ, उपयोगी लाग्यो. धन्यबाद छ.
|
| |
|
|
ujl
Please log in to subscribe to ujl's postings.
Posted on 01-26-17 8:58
PM [Snapshot: 133]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
राम्रो छ लेख. ~जगत मिथ्या, ब्रह्म सत्य.
|
| |
|
|
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 365 days
| Recommended Popular Threads |
Controvertial Threads |
| NRN card pros and cons? |
| ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION |
| Conservative discussions |
| TPS To F-1 COS |
| Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans |
| TPS to F1 Status. |
| Nepal TPS has been Extended !!! |
| legal Query for married nepali girl now have taken US citizenship |
| Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years) |
| ICE kidnapping people off the streets over op eds |
| Democrat wants to run election like in India. Chaos and Confusing to voters. |
| 2020 : Why No Trump ! |
| #MAGA#FAFO is delicious |
| TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision |
| Democrat lies revealed |
| Nepal TPS decision |
| Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1? |
| US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ? |
| TPS Sakiyo Tara Case is in Court. |
| Medication from Nepal to USA |
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|