बा¥ह बज्नै आँट्यो । होटेल फर्कन्छौं । लन्च लिन्छौं । फेरि बस चढ्छौं, नगरको बीच भागमा बस रोकिन्छ । एउटा ठूलो ढोकाबाट भित्र पस्छौं अनि एउटा हल्ला फैलिन्छ चारैतिर । केटीहरू अत्तालिएका छन्, केटाहरू हतासिएका छन्, नदीको सानो पुलबाट भेडाबाख्राहरू हिँड्न तर्सिएका जस्तै । एउटा लामो र गहिरो सुरुङ हो यो । यहाँ स्वचालित भ¥याङ छ ।
यस भ¥याङमा खुट्टा टेकिदिए पुग्छ, भ¥याङले तलसम्म आफै पु¥याइदिन्छ । यस्तो भ¥याङ चढेर अभ्यस्त भैसकेकाहरूले खुट्टा टेकिदिन्छ । अनि एकपछि अर्कोले त्यस्तै अनुकरण गर्छन्, कति लड्छन् र कतिले आँखा चिम्लन्छन् ।
यो १५० मिटर गहिरो छ । निकै बेरसम्म भ¥याङ तल गइरहेको हुन्छ । ओर्लने बेलामा पनि फेरि एकपटक धेरैलाई आछुआछु पर्छ । कोहीलाई अरुले समाइदिन्छ, कोही फुत्त उफ्रेर एकातिर पुग्छन् । हाँसोको भल फुटिदिन्छ यहाँनेर ।
१५० मिटरमुनिको यस रेल वे प्लेटफार्ममा आँखै तिरमिराउने प्रकाशको व्यवस्था छ । भित्ताहरूमा किम इल सुङका अनि क्रान्तिका विभिन्न पोटे«टहरू झुन्डयाइएका छन् । फूलहरू आकर्षक ढङ्गबाट सजाइएका छन् । फोहर कतै देखिन्न । बिजुलीबाट चल्ने ससाना रेलहरू आउँदै–जाँदै गरेको छ । हामीले पनि रेल चढ्छौं, फेरि फर्किएर आउँछौं अनि फेरि लामो
स्वचालित भ¥याङ चढेर माथि पुग्छौं । एउटा रमाइलो दिन आजको ।
जुन उद्देश्य लिएर हामी यहाँ आएका हौं त्यो आज अर्थात् २९ जुनको दिन हुने भएको छ । बिहानै ब्रेकफास्टपछि एसुल गुकचाङ (आर्ट थिएटर) मा रिहर्सल हुन्छ । बेलुकी सात बजे सो छ ।
ठीक समयमा हल पुगिसक्छौं । केटीहरू ग्रिन रुममा मेकअप गर्दैछन् । ग्रीन रुसको बीच भागमा एउटा लामो टेबुल छ । त्यहाँ मेकअपका सामानहरू छन् । ऐनाहरू छन् । लुगा झुन्ड्याउने ह्याङ्गरहरू छन्, एक प्रकारको गन्ध कोठाभरि फैलिएको छ । अर्को एउटा विश्राम कक्ष छ, त्यहाँ सोफासेट पनि छ । ऐना छ, पियानो छ अनि बासबेसिन पनि छ । हामी केटाहरू यहाँ छौं । एउटा किस्तीभरि फूल र टफीहरू राखिदिएका छन् अनि केक पनि छन् र कोल्ड ड्रिड्ढ पनि कसैले खान्छन्, कोही हाँस्छन् र कोहीकोही चुरोट फुक्छन् । सबैले दौरासुरुवाल र टोपी लगाएका छन् ।
पहिलो घन्टी बज्छ । यही विश्राम कक्षको एक कुनामा स्पिकर लगाइएको हामीले भर्खरै मात्र चाल पाउँछौं । उसो भए स्टेजमा हुँदै गरेको जम्मै कार्यक्रम यहीं बसीबसी सुन्न सकिने भयो । हामीकहाँ पनि यस्तो भैदिए कति राम्रो हुने थियो । यसैबसी दोस्रो घन्टी पनि बज्छ, सबै तयार छन्, कार्यक्रम ठीक छ । स्वागतगान गाउनेहरू तयार होऊ । एकजनाले आएर भनेर जान्छ । बाजायीहरू (बाजा बजाउनेहरू) ले बाजा मिलाइसकेका छन्, पाश्र्वगायकगायिकाहरू आ–आफ्नो ठाउँमा बसिसकेका छन् । उद्घोषकहरू कार्यक्रमको रुपरेखा हेंर्दै कुन्नि केके बर्बराइरहेका छन् । लाइट कन्ट्रोल सब ठीकठाक छ । लौ अब तेस्रो घन्टी बज्नै आँट्यो । गाउनेहरू सबै स्टेसनमा आइसकेका छन् । गायिकाहरू सबैको लुगा रातो छ । पङ्क्ति मिलाएर सबै उभिन्छन्, केटीहरू दायाँ र केटाहरू बायाँतिर छन् । म बीचतिर उभिन्छु । सबैले विस्तारै खाक्खाक र खुक्खुक गर्छन्, मुख पुछ्छन्, टोपी मिलाउँछन्, लुगा सार्छन् र एकअर्काका मुख हेर्छन् ।
तेस्रो घन्टी बज्यो । पर्दा अझ खुलेको छैन । बाहिर रङ्गमञ्चको अघिल्तिर शान्ता दिदीको नेपाली उद्घोषणलाई सोनीले कोरियाली भाषामा अनुवाद गर्दै गरेको हामीले भित्रबाट सुन्छौं । लौ, पर्दा खुल्यो । दर्शकहरू टम्मै छन् । जोडतोडले ताली बजाएर हाम्रो अभिवादन गर्छ अनि तालीको ध्वनि विस्तारैविस्तार कम हुँदै जान्छ । हार्मोनियमको कर्डसँगसँगै कोरियाली भाषामा हाम्रो स्वागतगान सुरु हुन्छ । मादल र ढोलको स्वरले हल थर्किरहेको छ । गीतका प्रत्येक शब्दहरू हलभरिका भित्तामा ठक्कर खाएर श्रोताहरूको मुटुमा लागी स्पर्श गर्दैछ । हामी झन् फूर्तिला हुँदै गइरहेका छौं, हाम्रो स्वर खँदिलो हुँदै गइरहेको छ । श्रोतहरू मौन छन् अनि वातावरण गम्भीर ।
गीत सिध्यो । पर्दा लाग्यो । धेरै बेरसम्म ताली बजिरहेको हुन्छ । अनि दोस्रो कोसेली, फेरि तेस्रो र चौथो । यसरी नै अन्तिम कार्यक्रम दिइसकेपछि फेरि एकचोटि तालीको गड्गडाहटले हल थर्किन्छ । यसमा हामीले पनि रङ्गमञ्चमा उभिएर तालीमा साथ दिन्छौं । मित्रताको उद्गारस्वरुप यो तालीको गुँज सधैं फैलिरहोस् भनी एकअर्कोसित कामना गछौं ।
आजको कार्यक्रममा मीराको गीत ताराको गीत, मीरा र गङ्गाको कोरियाली गीत, त्यस्तै तारा, कमला र निर्मलाको कोरियाली गीत, कुमार बस्नेतको झ्याउरे गीत, भरत, पुष्प र बसुको ट्याङ्कुले नाच, मथुरा र वेदको टप्पा नाच, सानुमान र विमलाको चण्डालिका नाच, लक्ष्मी, कृष्ण, सानु, मथुरा, गोपाल र सावित्रीको सेबुनाच, सुभद्रा, वसु र पुष्पको झ्याउरे नाच, लक्ष्मी र सानुको महिषासुर नाच आदि र मेरो आफ्नै ‘आँखा छोपी नरोऊ भनी’ ले भाग लिएको हुन्छ । मीराको गीत, ट्याङ्कुले नाचले विशेष प्रभाव पारेको हुन्छ आजको कार्यक्रमले । मेरोबारे म के भनँु, भन्न पनि त मिल्दैन हैन र ?
प्योङयाङ जुन ३० तारिख । यो दिन खुब रमाइलो भएको दिन । विश्वकै सुन्दर थिएटरहरूमध्ये एउटा अत्यन्तै सुन्दर हेर्न पाइउको छ । मान्सुडे आर्ट थिएटर । यो १९७७ जनवरी पहिलो तारिखको दिन राष्ट्रपति किम इल सुङले उद्घाटन गर्नुभएको हो यही दिन स्वर्गको गीत शीर्षक ओपेरा देखाइएको थियो ।
कोरियाली जनता यो थिएटरदेखि निकै गौरव गर्दा रहेछन् । हुन पनि अत्यन्तै चित्ताकर्षक छ यो । एउटा विशाल भवनजस्तो देखिने यो नाचघरको अघिल्तिर सातआठवटा सिङ्मरमरका मूर्तिहरूबाट फोहरा छुटिरहेको छ । फोहराको पानी झन्डै १०० फिट माथिसम्म पुग्छ । हलभित्र पस्ने ऐनको ढोका स्वचालित छ । भित्र पस्नासाथ रङ्गीबिरङ्गी फोहराहरूको कलहल ध्वनीले दर्शकहरूको मन मोहित पारिदिन्छ । माथि सिलिङमा ठूल्ठूला झारपानसहरू झुन्ड्याइरहेका छन् । विचित्र खालका खाँबाहरू छन् । बाटाभरि गलैँचा बिछ्याइएको छ । माथिल्लो तल्लामा जान साधारण गोल भ¥याङ र अर्को स्वचालित भ¥याङ पनि छ । यहीँनेर माउन्ट कुम गाङको दृश्य प्रोजेक्टरद्वारा चित्रित गरिएको छ जुन चित्रमा एउटा झर्ना बगिरहेको छ, त्यसको आवाज पनि आइरहेको छ अनि तलतिर खोला बग्दै गएको छ ।
माथि पुगेपछि ठूल्ठूला हलहरू छन् ठाउँठाउँमा कोरियाली लोककथामा आधारित परीहरूका चित्र अङ्कित छन् । एउटा ठूलो रिहर्सल रुस छ जसको चारैतिर भित्ताभरि ऐना लगाइएको छ । यहाँ ५०–६० जना कलाकारहरू एैकपटक रिहर्सल गर्न सकिन्छ । योबाहेक अरु हलहरू पनि छन् । दसबा¥हवटा जति ग्रीन रुम छन् र प्रत्येकमा टी ह्वी सेट छ, पियानो छ, बाथरुम र अन्य आवश्यक मेकअपका सरसामानहरू छन् ।
यत्रो ठूलो हल घुम्नलाई घन्टौं लाग्छ । अनि घुम्दैफिर्दै मुख्य हलमा हामी पुग्छौं । हल ठूलो छ तर सिट एकदमै थोरै छन् मात्र ५५० । सायद दर्शकहरूको सुविधाको ख्याल राखेर त्यति थोरै सिट राखेको होला । सिलिङभरि इन्द्रेणी रङका बत्तीहरू बदलिंदै जाँदो छ । प्रकाशव्यवस्था अत्यन्तै रोचक छ । एउटा सानो क्यालकुलेटिङ मेसिनजस्तो वस्तुको सहायताले हलभरिको प्रकाशलाई नियन्त्रण गर्दा रहेछन् । आफ्नो इच्छामुताबिक बटन थिच्नुस् तत्कालै प्रकाश व्यवस्था बदलिन्छ, रातो, हरियो, पहँेलो, मिश्रित वा जे भन्नुस् तुरुन्त पाउनुहुन्छ । कतिवटा चिम बाल्ने, कति निभाउने, कहाँनेरको बाल्ने, कुन बेला निभाउने र कस्तो इफेक्ट दिने आदिको काम गर्दाे रहेछ त्यस मेसिनले । अनि त्यो मेसिन चलाउने एकजना प्रकाश नियन्त्रकले यो सबै अहिले हामीलाई देखाउँदैछन् । हामी वाल्ल परेर यी सबै हेरिबस्छौं मानो यो कुनै दैवी चमत्कार हो ।
आज पहिलो जुलाई । घर छाडेको एक हप्ता मात्र भयो । तर एक वर्ष बितेझैं लाग्दैछ । बिहानबिहानै नरमाइलो लागेर आउँछ । बिहानको तातो घामले कोठाभित्र चियाउँछ । उफ ! कस्तो गर्मी एकाबिहानै । झ्यालबाट बाहिरको दृश्य हेर्छु, तालवरिपरि एक हुल युवतीहरू दौडिरहेका छन् । कोही बोटिङ गर्दैछन् । परबाट इन्द्रलाल एक्लै घुमेर फर्किरहेको छ । आज म घुम्न जान्नँ, जीउ बिसञ्चो जस्तो लाग्दैछ, हिजोको खुमारी अझै उत्रेको छैन । बरु नुहाउनुप¥यो । लुगा खोज्छु अनि बाथरुमको ढोका ढ्याम्म लगाउनुको साथसाथै टबमा पानी भरिँदै जान्छ ।
एक बजे लन्चका लागि डाइनिङ हलमा सबै पुगिसकेका छन् । आज प्रत्येक टेबुलमा जितसेङ छ । सायद हिजो राति कसैले डाइनिङ हलमा गई मागेकाले होला आज दिउँसो यस्तो । हिजो कसले त्यस्तो काम गरेको भन्ने त थाहा पाएन तर कुनै पत्रकार बन्धुले त्यस्तो गति देखाएको हो भन्ने सबैको गाइँगुइँ सुनिन्छ । जे होस् लन्चमा पनि यसरी ट्वाँट दिएको मलाई त मन परेन । यति मात्र कहाँ हो र लन्चपछि कोठामा पुग्दा एक बोतल जिनसेङ र दुई बोतल बियर राखिदिएको रहेछ । छक्कै पर्छु तर यहाँ मात्र होइन, सबको कोठामा त्यस्तै रहेछन् । यस्तो किन ? कसैको आदेश पाएर हो कि ? कोही केही बुझ्दैनन् ।
बेलुकी सात बजे आज अर्को कार्यक्रम दिनुपर्छ । आज हाम्रो कार्यक्रम अर्को हलमा हुनेछ । दिनभरि केही काम छैन । एकछिन सुत्छु । अनि सोमा जान्छु । आजको सो ग्रयान्ड थिएटरमा हुन्छ अनि यहाँ उदीतले पनि गाउँछ । बाँकी कार्यक्रम पहिलेको जस्तो रह्यो । यस हलमा आज २००० दर्शकहरूले हाम्रो कार्यक्रम हेरे । आज टि ह्वी दलको पनि उपस्थिति थियो । हाम्रा पत्रकारहरू कतै देखिन्न ।
–समाप्त