[Show all top banners]

blue_moon
Replies to this thread:

More by blue_moon
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 कथा
[VIEWED 5347 TIMES]
SAVE! for ease of future access.
Posted on 02-13-07 10:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हवाइजहाजको ढोका बन्द भयो । सँगसँगै इन्द्रभक्तको शरीरका सारा तन्तु सामसुम भए । अब त्यहाँ पालम छैन, एयरर्पोटको गञ्जागोल छैन, बराबर हवाइजहाज उड्दा, ओर्लंदा भइरहने एयरर्पोटको चित्कार पनि छैन । खाली छ त हवाइजहाजको कोठा, जुन संकुचित गर्भ समान छ र त्यो गर्भमा मानिस, जिउँदा मानिसका ताँती चुपचाप बसेका छन् । कति चाँडो भर्खर अघि मात्रको कुरा इन्द्रभक्तलाई अवास्तविक लाग्यो । अघि मात्र उसलाई सी अफ गर्न आउने साथी रामकृष्ण उसको मानसपटलबाट कतै हराएजस्तो लाग्यो । एयरर्पोटमा पासपोर्ट जाँच्ने पुलिस कस्टममा माल जाँच्ने मान्छे सबै विस्मृतितिर लम्कँदै गए । मानौ ती सबै माया हुन्, यथार्थ त खाली यो जहाजको गर्भ र चुपचाप बसेका मानिसका ताँती । उसँगै एउटा धम्मरधुस सेतो मानिस, जो झ्यालसँगै थियो र जो अंग्रेज हुनसक्छ, अमेरिकन हुनसक्छ अथवा अरू कोही हुनसक्छ, इन्द्रभक्तलाई देखेर पनि हेरेर बसेको थियो । मानौ उसको आ"नै दुनियाँ छ र ऊ त्यसैमा तल्लिन छ । इन्द्रभक्तको पनि दुनियाँ छ, जुन उसको आ"नै हो, अरू कसैको होइन । त्यस्तै ती ताँतीमा बसेकाहरूको पनि आ"नै छुट्टाछुट्टै दुनियाँ छ । सबै छुट्टाछुट्टै व्यक्ति हुन् तर हवाइजहाजको गर्भभित्र आ"नो आ"नो लक्ष्य नपुगेसम्म एउटै प्रारब्ध लिएर तिनीहरू बसेका छन् । इन्द्रभक्तको पनि त्यही त्यस्तै प्रारब्ध छ । हवाइजहाज स्र्टार्ट भएको शब्द आयो, बजिरहेको बाहृय सङ्गीतको धुनमा त्यो शब्द अलमलिएर मिसियो । इन्द्रभक्तले अघिपछि बसेका ताँतीलाई हेर्‍यो । एउटा गोराले अखबारमा आँखा ओराल्यो, एउटी गोरी आइमाईले फुकालेको चश्मा लगाई र एक हिन्दुस्तानीले आँखा चिम्ल्यो । मानौ तिनीहरू जहाजभित्र भएको उद्वेगलाई वास्ता गरेर पनि बेवास्ता गरेझैं थिए । अब इन्द्रभक्तको पिठले सिटमा धक्का दियो । जहाज गुट्क्यो । विस्तारै गुट्क्यो र गुटकिँदै गयो । अनि रनवेमा पुगेर एकछिन सशंकित भएझैं थामियो । फेरि गुट्क्यो र अहिले अघिभन्दा र"तारले गुट्क्यो । सी अफ गर्न उभिरहेका मानिसहरूको अभिवादनलाई बेवास्ता गर्दै गुट्क्यो । एयरर्पोटका घरहरूका ताँतीको माया त्यागेर गुट्क्यो । इन्द्रभक्तलाई यस्तो लाग्यो मानौ यो असार संसारमा कोही छैन, खाली ऊ अकेला छ र सँगमा खाली उसको प्रारब्ध मात्र छ । जहाज एक ठाउँमा पुगेर टक्क अडियो । होइन अझै पनि समय छ प्रारब्धको सामुन्ने आत्मर्समर्पण नगर्न ।

इन्द्रभक्तलाई अचानक चुरोट खान तलतल लाग्यो तर टेक अफ गर्न लाग्दा चुरोट खान मनाही छ । अचानक तूफानझैं चित्कार सुनियो । इन्द्रभक्त सोझो बस्यो । हवाइजहाजको अचानक गति आयो र वेगवती भएर गुट्क्यो । उसले सँगै बसेको मानिसको टाउको माथितिरबाट बाहिर हेर्‍यो । सारा रूखहरू र एयरर्पोटका घरहरू एकै पलकमा साना भए । अहिले मानौ उसले प्रारब्धको अघिल्तिर आत्मर्समर्पण गरेर उसले मुन्टो निहुरायो । हवाइजहाजले जमिन छोडिसकेको थियो र आकाशमा पुगिराखेको थियो । माथि, होइन अझमाथि, होइन अझैमाथि जहाज चढ्दै थियो । इन्द्रभक्तले फेरि झ्यालतिर हेर्‍यो । धरतीका टुक्राटुक्री यति सानसाना देखिए कि उसलाई धरती स्वयं असहाय लाग्यो । उसले सुस्केरा हाल्यो र फेरि एउटा लामो सुस्केरा हालेर आँखा चिम्ल्यो । बाजा बज्न थामिसकेको थियो । मानौ हवाइजहाजको गर्भ अब असाधारण छैन मानिसमा ताँती व्यवस्थित हुन खोजिरहेका थिए अथवा व्यवस्थित हुने बहाना गरिरहेका थिए । एउटी गोरी महिला सामुन्नेको शिरको पृष्ठ भागबाट तख्ता तानेर चिट्ठी लेख्न सुरसार गर्न लागी । एउटा गोराले किताब खोल्यो । अर्को दर्ुइजना गोराहरू अरू सबै बिर्सन खोज्दै आपसमा कुरा गर्न मसगुल भए । अघि देखिन् ध्यान मग्न भएको हिन्दुस्तानीले अहिले आँखा खोल्यो । आर्श्चर्यचकित भएर चारैतिर हेर्‍यो मानौ उसलाई अझै विश्वास छैन ऊ हवाइजहाजभित्र छ भनेर । इन्द्रभक्तले आँखा चिम्ल्यो । आ"नो घर सम्झन खोज्यो । घरैघरको बीचमा अलमलिएर रहेको उसको घर उसलाई स्वप्निल लाग्यो, मानौ त्यो घरै अमर्ूत छ । उसले आ"नो आमा बाबुलाई सम्झ्यो तर ती सद अनुहार पनि उसलाई स्वप्निल लाग्यो, मानौ ती पनि अमर्ूत हुन् । अन्रि्र ऊ एकदम झस्क्यो ऊ किन यहाँ छ, ऊ कुन लक्ष्यतिर उड्दैछ । हडबडायो ऊ त फिजिक्समा पी.एच.डी. लिन अमेरिकातर्फजाँदैछ । पैदा भएको हडबडीलाई दबाउन उसले चारैतिर हेर्‍यो । अनि उसको आँखा यताउति गरिरहेकी एउटी स्टेवार्ड ठिटीमाथि टक्क अड्यो । मानौ उसले उसलाई भर्खर देख्यो, ऊ निहारिरहृयो हेरिरहर्‍यो । त्यो ठिटी चकलेट पिपरमेन्ट भएको तस्तरी ताँतीलाई देखाउँदै थिई । मुस्कुराएर उत्फूल्ल भएको ऊसको अनुहारले मानौ भनिरहेको थियो, "हो तिमीहरू जमिनमा दुःखसुख, पीडा, भय, मृत्यु, जीवनलाई सञ्चित गर्र्छौं । त्यस्तै म पनि यस गर्भभित्र तिमीहरूजस्तै सबै कुरा सञ्चित गरेर हिँड्छु, डुल्छु र आ"नो काम गर्छर्ुु हेर मलाई अरू केही वास्ता छैन ।" अहिले त्यो ठिटीको गोरो बाहु फरफरायो, अनि केही झुक्दा उसको अर्धनग्न पुष्ट स्तनले मौन भाषामा केही बोल्यो । ऊ र्सर्दैर्सर्दै एक रोबाट अर्को रो गर्दै इन्द्रभक्तको नजिक नजिक हुन लागिरहेकी थिई । अर्को दर्ुइ रो बाँकी छ । अब बस एक रो बाँकी छ । त्यो रो पुग्दा पृष्ठ भागबाट देखिने ठिटीको पुष्ट गोरो त्रि्रा तन्क्यो । इन्द्रभक्तले आँखा ओराल्यो र आँखा चिम्ल्यो ।

चिम्लेकै आँखाले उसले प्रस्ट देखिरहेको थियो कि उसकै लाइनको अर्को साइडमा त्यो ठिटी पुगिसकेकी छ । त्यो साइडको मानिसले चकलेट लिइसकेको छ । अब ऊतिर फर्की सकी त्यो ठिटी । अनि इन्द्रभक्तले आँखा खोल्यो । सामुन्ने तस्तरी थियो र रङ्गीविरङ्गी कागजमा पोका पारेका चिजहरू । उसको हात सुस्तरी त्यसमा बढ्यो । अहँ उसले त्यो टिठीको अनुहार हर्ेन सकेन । उसको हातमा चकलेट दर्ुइवटा थिए र थ्याङ् शब्द उसको गलामै अड्क्यो, बाहिर निस्कन सकेन । सँगै बसेको मानिसले पनि लियो र "थ्याङ्" भन्यो । त्यो "थ्याङ्" शब्दलाई सुनेर निश्चल भएर इन्द्रभक्त रहृयो । त्यो ठिटीको प्रस्फुटित क्रिम पाउडरको वासना इन्द्रभक्तको पछिल्तिर पुग्यो र विस्तारै विस्तारै त्यो वासना हराउँदै गयो । अब इन्द्रभक्तलाई हवाइजहाजको गर्भ र यसभित्र रहेको वातावरण असाधारण लागेन, साधारण लाग्यो र उसको मनस्थिति काठमाडौँको उसको कोठाको भयो । कोठामा बसेर सोचेझैं ऊ सोच्न लाग्यो । साथीहरूको बीचमा पढाइ, लेखाइ र अरू बौद्धिक काममा ऊ सधैँ विजयी छ तर स्वास्नीमान्छे लिएर ऊ सधैँ हार्छ र साथीहरूको बीचमा ऊ हारेको महसुस गर्छ । ऊ पराइ स्वास्नी मान्छेसँग बोल्न हिचकिचाउँछ, आँखा जुधाउन शरम मान्छ । यसैले कति मान्छेको बहादुरी र बहादुरीको स्वांगलाईर् इष्र्या गर्छ । यहीँ आएर ऊ हार्छ । ऊ अहिले व्यवस्थित भएर सोचमा डुब्यो । अब ऊ कोठाको पलङ्गमा लेटेको छ, कौचमा बसेको छ उसलाई कोठाको एक एक कुराको सम्झना भयो । अब घर अमर्ूत भएन । उसले आमाको अनुहार र्छलङ्ग देख्यो, अब त्यो अनुहार स्वप्निल छैन । आमाले सगुनको टीका लगाएको हात उसले देख्यो र चुरा बजेको आभास उसलाई भयो । बिदाबारी हुँदा जस्तै उसको आँखामा आँसु भरियो अनि सँगै जीपमा बसेर गौचर पुर्‍याउन आउँदाको बाबुलाई उसले सम्झ्यो । उसको बाबु स्वरलाई खुलाएर भनिरहेका थिए, "चिठी लेख्न अल्छी नगर्नु ।" अहिले इन्द्रभक्तले जीपमा जस्तै खाली टाउको हल्लायो । एउटी अर्कै स्टेवार्ड ठिटी, जो अलि पुड्की छ, इन्द्रभक्ततिर आइपुगी । इन्द्रभक्त एकदम खुम्चियो । अघिल्तिर बस्नेले उसलाई निर्धक्कसँग केही भन्यो । ऊ हाँस्न लागि । इन्द्रभक्तलाई त्यस मान्छेसँग एकदमर् इष्र्या लाग्यो । यस्तर्ैर् इष्र्या ऊ आ"ना साथीहरूसँग पनि गथ्र्यो, जो तरुनीसँगै लिएर टुँडिखेल घुम्थे अथवा निर्धक्कसँग सिनेमा हलमा टाँसिएर बस्थे ।

उफ उसलाई मात्रै यो किन डर, यो किन सञ्कोच ! त्यो स्टेवार्ड ठिटी अलि पर गएर अर्कैसँग कुरा गर्न लागि । अनि फेरि अर्की स्टेवार्ड ठिटी पानी ल्याएर एकजनालाई दिन लागी । इन्द्रभक्तलाई पनि पानी प्यास लाग्यो । पानी दिने ठिटी फर्केर आउन लाग्दा पानी माग्ने साहस उसले गर्न खोज्यो तर ऊ फेरि बोल्न सकेन, उसको वाक् फुटेन । उसको प्यास गलामै हरायो र असहाय भएर उसले चारैतिर हेर्‍यो । हवाइजहाजको र"तार एकनासको थियो र मद्धिम आवाज पनि एक टंकारको थियो । सायद पाकिस्तान नाघिसक्यो, अफगानिस्तान पुग्छ हर्ेदाहर्ेर्दै हिन्दुकुश रेंज माथिबाट उड्न लाग्यो । लन्चको समय भयो । त्यही स्टेवार्ड ठिटी, जसले चकलेट र्सभ गरेकी थिई, ताँतीको शिरान देखिन्, सिटको पृष्ठ भागको तख्ता तान्दै ताँतीका प्रत्येक व्यक्तिसँग अनुहारमा त्यस्तै मुस्कानको मिठास ल्याउँदै बोल्दै आई । अब फेरि पहिलेजस्तै उसको अर्ध नग्न स्तनले केही बोल्न खोज्यो, गोरो पाखुरा फरफरायो र सेता त्रि्रा तन्क्यो । इन्द्रभक्त नजिक आइपुग्दैछ । ऊ आइपुग्न लागि, आइपुग्न लागी । इन्द्रभक्तको सँगैको मानिसको अघिल्तिरको तख्ता तानी र सोधी, "भेजिटरियन अर नन्भेजिटरियन -" "भेजिटरियन," "एनी डि्रंक -" ७वियर ।" इन्द्रभक्तले आँखा चिम्लिसकेको थियो । त्यो ठिटीको पुष्ट स्तन पूरा उसको अनुहार नजिक थियो र त्यसबाट प्रस्पिmुटित सुगन्ध उसको अनुहारभरि व्याप्त थियो, इन्द्रभक्तलाई त्यो ठिटीले आँगमा कोट्याई । इन्द्रभक्तले तिलमिलाएर आँखा खोल्यो र एक अवोध बालकमा हुने शरमको आँखाले त्यस ठिटीलाई निहार्‍यो । त्यस्तै प्रश्न ठिटीले सोधी । उसले जवाफ दिनसकेन । "यु अल्सो भेजिटरियन -" इन्द्रभक्तले खाली च्युँडो हल्लायो । "आण्ड डि्रंक -" अचानक स्वरको बाँध फुटेझैं उसले भन्यो, "नो ।" ठिटी गइसकेपछि ऊ आफैं चकित भयो, आखिर स्वर फुट्यो तर ऊ फेरि आफैं आर्श्चर्यचकित भयो, उसलाई त वियर खान मन लागेको थियो । ऊ हार महसुस गरेर सोचमा डुब्यो । खानेले वियर खाए, हृविस्की खाए । अनि लन्च आइपुग्यो । इन्द्रभक्तले पनि लन्च चपायो । उसलाई र्सभ गर्ने अर्कै ठिटी थिई । उसले खाली आँखा मात्र चिम्ल्यो, मानौ अब ऊ केही हर्ेन चाहन्न । अनाशक्त र निर्लिप्त भावले उसले लन्च चपायो र यन्त्रवत् उसले लन्च खान सिध्यायो । हवाइजहाजले अफगानिस्तान नाघिसकेको छ । सायद इरानमाथि उड्दैछ । अब चाँडै नै सिरिया आउला । इन्द्रभक्तले आँखा चिम्लेर भूगोलको नक्सा याद गर्‍यो । अनि मेडिटरियन सी माथिबाट उड्ला । मेडिटरियन सीको आ"नै इतिहास छ । त्यस समुद्रको मार्गबाट कति सभ्यताको आदानप्रदान भयो । कति युद्ध त्यस समुद्रमा भयो होला । कति जहाज डुबे होलान्, कति नयाँ जहाज पौडे होलान्, उसले इजिपसियन, ग्रिक, रोमन, अंगे्रज, जर्मनहरूको इतिहासको मर्मलाई समाउन खोज्यो ।

अनि तलतिरको भूमि । यही भूमिबाट अलेकजेण्डरले विजय पताका फैलाउँदै भारत भूमिमा पदार्पण गर्‍यो । यही तलको जमिनबाट आर्यहरू आए । बुद्ध धर्म भारतबाट फैलियो । पछि मोहम्मदले मुसलिम धर्म प्रचार गरे । महमद गजनी, महमद गोरी, चँगेज खां, सिलसिलाबद्ध नभएर उसलाई स्मरण भयो । पढेको इतिहासलाई उसले सम्झन खोज्यो । उसले धेरै कुरा बिर्सिसकेको रहेछ । इतिहास सम्झन खोज्दाखोज्दै उसलाई न्रि्रा लाग्यो । सायद ऊ सुत्यो, सायद ऊ सुतेको छैन । कानमा जहाजको एक टंकारको मद्धिम स्वर परिरहेकै थियो । अचानक ऊ सिटबाट पल्टनबाजी खाएर भुइँमा खस्यो । ऊ बिउँझ्यो । ऊ उठ्न खोज्यो तर उठ्न सकेन । जडिभूत त्रासले उसले आ"नै सिटलाई हेर्‍यो र खुट्टालाई ट्याप्प समात्यो । हवाइजहाज एकदम असन्तुलित भइसकेको थियो । मानौ एकै पलकमा मृत्युको तूफान त्यसभित्र घुस्यो । एकै वेगमा माथि घुसारिराखेका रग र बेगहरू भुइँमा छरिसकेका थिए । एकै पलकमा मानिसका ताँती डोलायमान भएर पनि जस्तै जडिभूत थिए । "अघिल्तिर रातो बत्तीले ७डेन्जर' लेखेको थियो । अनि पछि अल्झेको फासन योर बेल्ट ।" अनि एउटी आइमाईले शान्त आवाजले घोषणा गरी, "हामी तूफानभित्र परेका छौं । बच्ने कोसिस गर्दैर्र्छौं, नहडबडाउनुस् ।" अब जडिभूत ताँती एकदम काँप्यो । कोही उठ्न खोज्यो, मानौ मृत्युबाट भाग्नु खाली उठ्नु हो । एउटी आइमाईले डोलायमान हुँदाहुँदै छातीमा क्रस बनाउन सकी । हिन्दुस्थानीले आँखाले खोलेर चारैतिर हेर्‍यो मानौ हर्ेर्नु नै बाँच्नु हो । किताब हेरिरहेको मानिसले यत्रवत किताब कोटको खल्तीमा राख्यो, मानौ काम सिद्धियो अब । हिँड्ने बेला भयो । एउटी आइमाईले आ"नो बच्चालाई जोडसँग च्यापेर सुस्तरी सुस्तरी रोई । इन्द्रभक्त बल्ल बल्ल उठ्न सक्यो र झटपट सिटको वाक्लाई समात्यो । जहाज त्यस्तै डोलायमान थियो, मानौ मृत्युसँग उसको भीषण संर्घष्ा चल्दैछ । इन्द्रभक्तले अचानक देख्यो, नजिकै त्यही चकलेट र्सभ गर्ने स्टेवार्ड ठिटी र उसको स्तब्ध आँखा । इन्द्रभक्तले प्रस्ट देख्यो उसको कमर त्यसमुनिको त्रि्रा, मानौ मृत्युको तालसँग थर्किरहेछ अनि फेरि उसले देख्यो त्यो स्तब्ध आँखालाई समावेश गर्ने उसको अनुहार । अघिको मुस्कान पनि त्यो अनुहारमा स्तब्ध छ । अचानक इन्द्रभक्त रत्तियो । त्यो ठिटीलाई समात्न पुग्यो । एक पलकमा ठिटीको छाती उसको छातीमा अल्भिmयो र ठिटीको त्रि्रा उसको त्रि्रासँग टाँसियो र उसको ओठ उसको ओठमा । ठिटी स्तब्ध थिई, इन्द्रभक्त स्तब्ध थियो र मृत्युको तूफान हवाइजहाजभित्र उन्मुक्त थियो ।

गोविन्दबहादुर मल्ल 'गोठाले'
 
Posted on 02-13-07 10:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

घर


सम्भवतः आरती नतातेकी भए यतिखेर हामी त्यही कुचुङ्ग्रे डेरामा हुन्थ्यौँ । शयनकक्ष एउटै, भान्सा एउटै र बैठक कोठा एउटै अर्थात् थ्री इन वन । यथावत् हुन्थ्यो घरपतिको उही गनगन, उही कचकच र हामी भोगिरहेका हुन्थ्यौँ मध्यरातमा ट्रेन आउने प्रतीक्षामा एउटा व्यस्त प्लेटर्फममा सयौँ सहयात्रीसँग एउटा पटाङ्गनिीमा पातलो दरी ओछ्याएर लम्पसार पल्टिनुको नियति । अहिले म जब यो घर हर्ेर्छर्ुुाह्रै नरमाइलो र शून्य लाग्छ । अहिले यस्तो लाग्छ समस्याको भेलले बीच समुद्रमा डुब्न लागेको डुङ्गा यहाँसम्म आइपुग्ला र त्यो डुङ्गाले अप्र्रत्याशित आएको व्यवधानको भुमरीसँग लड्दै यसरी एउटा किनारा भेट्टाउला भन्ने म कल्पनासम्म पनि गर्न सक्दिनँ । एउटा घर निर्माण गर्न अथवा भनौं घरलाई घर बनाउन आइमाईको ठूलो भूमिका हुँदोरहेछ भन्ने दृष्टान्त अहिले म यो घर हर्ेदा सम्भिmन्छु । ७कति बस्नु डेरामा - यसो एउटा सानो कटेरो बनाऊँ, आखिर दस धुर भए पनि जग्गा त छ नि !' आरती घचघच्याउँथी । ७बनाइस् घर, पैसा चाहिएन -' म झर्किन्थेँ । ७अंशमा आएको अलिअलि त छ नि, सञ्चयकोष झिकौँला ।' ऊ डराइडर्राई बोल्थी । ७झिकिस् ! प्रत्येक दर्ुइदर्ुइ वर्षा झिक्नुछ, कति आउँछ - अहिलेको समयमा पचास/साठी हजारले घर बन्छ - एउटा घुम्ती पनि बन्दैन ।' म फेरि उसको सपनामा पर्ूण्ाविराम लगाउँथे, चुप हुन्थी ऊ । पारम्परिक संस्कारअनुसार चलेको मेरो घरमा मैले प्रतिवाद गरेपछि चुइँक्क बोल्दिन थिई ऊ, जसरी मेरो बा बोल्दा आमा डराउनुहुन्थ्यो । ७लोग्ने भगवान् भन्ने जमाना गयो आरतीजी ! हामी पनि उनीहरूसरह हौँ । तपाईं पनि उहाँजत्तिकै जागिर खानुहुन्छ, घर हर्ेर्नुहुन्छ, किन दब्ने हामी लोग्नेसँग -' त्यसो त वरिपरि उसको सोझोपनलाई उकास्नेहरूको पनि कमी थिएन तर आरती एउटा समुद्र थिई, शान्त समुद्र । अविरल, अविचलित आ"नो गतिशील प्रवाहमा निरन्तर बगिरहने । जसलाई जीवनमा आएका अप्रत्याशित भेलबाढी र भुमरीहरूले कहिल्यै असर पारेन । ७घर भनेको एउटा ठेगाना हो, स्थायी ठेगाना । जुन हामीलाई भन्दा पनि हाम्रा छोराछोरीहरूलाई चाहिन्छ । हामीले त डेरामा नै जीवन बितायौं । त्रि्रो घर कहाँ हो - भनेर कसैले सोधे भने कहाँ भन्ने उनीहरूले -' घर नहुनुको पीडामा सधैँ एउटा गम्भीर प्रश्न ठडाउँदथिई ऊ । हो पनि, आफूले अनुभव गरेको घर नहुनुको कटुयथार्थले धेरैपल्ट मर्माहत भएका थियौँ हामी । कसैले तपाईंको घर कहाँ हो - भनेर सोध्यो भने भन्नुपथ्र्यो विराटनगर । जवाफले फेरि अर्को प्रश्न जन्माउँथ्योविराटनगर कहाँ - कहाँ भन्ने - कहिले सरस्वतीटोल, कहिले जनपथ, कहिले शान्तिचोक । कहिले आफू बसेको टोलको नामभन्दा टोलले फेरि अर्को सङ्कट थप्थ्योकृष्णप्रसादजीको घरदेखि कता - कहाँ भन्ने घर भए पो ! अनि विस्तारै भन्नुपथ्र्यो त्यहीँ नजिक । सोध्नेले सहजै अनुमान लगाउँथ्यो यो मान्छे सुकुम्बासी हो, घरबारविहीन । घर नहुनुको पीडाले त्यतिबेला कमजोर मन नमिठो गरी दुख्थ्यो । तरक्क चुहिन्थ्यो आँखाबाट आँसु । सम्भिmदा यस्तो लाग्छ घर नभएको मान्छेको कुनै परिचय हुँदोरहेनछ । को मान्छे हो यो - एउटा सहज र उपेक्षित जवाफडेरावाल । जसको कुनै नाम छैन, थर छैन, पदपेशा छैन । सम्पर्ूण्ा प्रश्नको एउटै जवाफ डेरावाल, सकियो । मन कसलाई हुँदैन घर बनाउन । कसलाई रहर हुन्छ सुकुम्बासी भएर बस्ने - तर संसारमा सबैभन्दा ठूलो छट्याङ्ग्रो रहेछ, छट्याङ्ग्रो अर्थात् पैसा ।

पैसा नभएपछि कसरी बन्छ घर - र पनि बीचबीचमा आरती घोच्थी घरकै प्रसङ्ग कोट्याएर । म निरीह प्राणी चुपचाप सुनिरहन्थेँ उसको बृहत्तर योजना । जसलाई तत्कालै पूरा गर्ने क्षमता ममा थिएन । जसको विकल्प एउटै थियो झर्किनु अथवा उसको कुरो सुनेर मुन्टो अर्कोतिर फर्काउनु । जाबो सुख्खा तलबले घर्रखर्च चलाउनु र केटाकेटी पढाउनु नै धौधौ थियो । ७ल उठ्नुस् । मैले पण्डितजीलाई बोलाएकी छु, आज नागपञ्चमी राम्रो साइत छ रे !' मेरो नाममा होइन तपाईंको नाममा जुर्‍यो, नुहाइधुवाई गर्नुस् ।' अघिल्लो दिनसम्म घरको साइतबारे कुनै सङ्केतसम्म नदिएकी उसले एकाबिहानै साइतको कुरा गर्दा झनक्क रिस उठेको थियो मलाई हैन केका आँटले तैँले घर बनाउने साइत गर्न लागिस् - एकाएक म खनिएको थिएँ ऊमाथि । ७हिँड्नुस् न ! जे गर्नुपर्छ म गर्छर्ुुतपाईं साइत मात्र गरिदिनुस् न ।' शान्त ऊ अझ शान्त भएकी थिई, स्थिर र संयमित । ७ल ल हजुर ! अझै उठ्नुभएको छैन - चाँडो गरौँ, आज नागपञ्चमी मलाई अन्त पनि भ्याउनुछ ।' मेरो केही लाग्दैन । पुरोहितबाजेको उपस्थितिले म आ"नो रिस ओराल्छु र प्रातःकालीन नित्यकर्मका लागि बाथरुमतिर पस्छु र उसको मन राख्न पनि शुभसाइत गरिदिन्छु घरको । रेलको डब्बा अर्थात् सरकारी प्राथमिक स्कुलको कोठाजस्तै दर्ुइ कोठे सादा घरको परिकल्पना गर्दै साइतपछि ऊ सुरु गर्छर्ेेग खन्न । दर्ुइ कोठे टिन अथवा टायलको छाना हाल्ने योजनामा ऋणपानसँगै कछुवा गतिमा घर निर्माण कार्य अघि बढ्छ । घर निर्माणका लागि मैले विवाहमा दिएको चारआनीको मङ्गलसूत्र मात्र होइन सानी छोरीको नाकमा भएको आधाआनीको फुच्चे फुलीसम्म बेच्छे आरती । आफन्त र माइतीमावली गुहार्दा पनि घर माथिसम्म पुग्दैन । ७जा है ! घर त बिगारिएछ, कमसेकम चार कोठाको जग हालेर हाललाई एउटा कोठा बनाएर बस्दा हुने ! क्या हो यो घर हो कि रेलको डब्बा ।' अर्तीउपदेश दिँदै छिमेकीहरू ओभरसियर र इन्जिनियर बनेर आउँछन् । ७यही रेलको डब्बालाई पूरा गर्न त कत्रो महाभारत छ । चार कोठाको जग हालेर एउटा कोठा बनाएर बस्नु भन्नुहुन्छ, यो दर्ुइ कोठाको घर बनाउने बजेट चार कोठाको जगमा नै सकिन्छ, अनि जग हेरेर बस्नु -' म थप्छु । ७ऋणपान गर्नुपर्छ, ल घर बनाउन र विवाह गर्न कसैले पनि पैसा साँचेर राखेको हुँदैन !' छिमेकी महोदय अझ सुझाव दिन्छन् । ७त्यही त हर्ेर्नुस् न, उहाँ बझ्नुहुन्न त्यत्तिकै आत्तिनुहुन्छ, ठ्याम्मै आँट छैन ।' आरती अझ थप्छे । ७अनि छाना केको हाल्ने विचार गर्नुभा'छ -' छिमेकी पुनः सोध्छन् । ७अब हेरौँ टिन, टायल के हुन्छ -' म अझै निर्ण्र्ााीन छु । ७ल यति उठाइसकेपछि केको टिन, टायल - ढलाई नै गर्नर्ुपर्छ नि !' अर्का छिमेकी थप्छन् । आरती पुलुक्क मेरो अनुहार हर्ेर्छर्ेे थकित र टिठलाग्दो अनुहार । ७ढलाई गर्ने मन त छ नि, के गर्ने पैसा छैन । टायलसम्म त पुग्न सकिन्छ, सकिँदैन ।' म अझ आ"नो विवशता पोख्छु । ७ल भैगो ढलानकै इस्टिमेट गर्नुस्, मैले चिनेको व्यापारी छ, पाँच/सात महिनाका लागि छड, सिमेन्ट उधारो गराइदिउँला ।' छिमेकी अलिक उदार देखिन्छन् । अनि टिन र टायलको योजनाबाट ढलानको योजनामा पुग्छ घर । तानतुन पारेर एउटा घरको आकृति तयार हुन्छ । ठूलो सङ्र्घष्ापछि बल्ल एउटा ओत भेटिन्छ जीवनको र लेखिन्छ उपलब्धिको पृष्ठमा एउटा स्थायी ठेगाना, जुन आफूलाई भन्दा पनि छोराछोरीलाई आवश्यक थियो ।

एउटा ठूलो युद्ध जितेजस्तो लाग्छ । सम्भिmन्छु, अहिले जुन घरमा म छु, आरती छे । यो घर बनाउन थालेको पनि पन्ध्र वर्षभएछ । दर्ुइ कोठाबाट चार, चारबाट आठ । कति दुःखसास्तीले बनेको छ यो घर ! कति आँसु र पसिना मिसिएको छ यो घरमा । कति सङ्र्घष्ा गरेर एउटा स्थायी ठेगाना कोरिएको छ आ"नो र आ"नो परिवारको । ७प्रशान्त कुञ्ज' यो घर विशेष गरेर आ"नो भन्दा पनि छोराछोरीकै लागि निर्माण गरिदिएका थियौं हामीले , उनीहरूको एउटा स्थायी ठेगाना होस् तर अहिले उनीहरू छैनन्, मात्र उनीहरूको सम्झना छ, माया छ र छन् मात्र झझल्काहरू । जुन झझल्काले क्षणक्षणमा तीखो काँडा भएर घोच्छ । छाल भएर हल्लाउँछ । ७बाबा ! के गर्नु यो देश रुँगेर - जहाँ कुनै स्कोप नै छैन । मसँग पढ्ने सबै साथीहरू विदेशमा छन् । बरु यो घर बेचौँ, दिदी र म बाहिर जान्छौँ ।' छोरो प्रस्ताव राख्छ । ७हो त मम्मी ! हजुरहरू दर्ुइजना त हो नि, भाडामा बस्दा पनि हुन्छ । आखिर पहिले बसेकै त हो । के गर्नु यत्रो घर । हजुरहरूलाई पेन्सनले पनि खान पुगिहाल्छ ।' छोरी थप्छे । ७बरु पछि अर्को घर किनौँला, उताबाट कमाएर पठाइहाल्छौँ नि ! फेरि यो घर पनि पुरानो मोडलको छ । यो घरको मोडल पनि राम्रो छैन बाबा !' छोरा पुनः अनुनय गर्छ । अहिले सोच्छु, सन्तान भनेका खोला रहेछन्, बाबुआमा भनेका किनारा । सन्तान जो आ"नै छातीबाट बगेर गए तापनि आ"नो अपेक्षाअनुरूप कहिले फर्किंदैन रहेछन् । अहिले उनीहरू विदेश गएको पनि सात वर्षभएछ । अष्ट्रेलियामा कम्प्युटर इन्जिनियर पढ्न गएकी छोरीले दर्ुइ महिना अघिमात्र इमेल गरेकी थिई ७ममी ! मैले हजुरहरूलाई कर्तव्यको बोझ दिइनँ, यहीँको केटा जोनसँग म्यारिज गरेँ, केटा नेपालीजस्तै छ । अब मलाई ग्रीनकार्डको लागि सजिलो हुन्छ ।' कति सहजै लेख्न सकेकी उसले । छोरोको पनि हिजो इमेल आएको थियो ७बाबा ! केही नभएको देशमा के फर्किनु - म यहीँ सि"ट भएँ, मेरोबारे चिन्ता नलिनु । सरी बाबा ! दिदीलेझैँ मैले पनि हजुरहरूको विवाहको इच्छा पूरा गर्न सकिन, यहीँ ... । सरी बाबा ! सरी मम ! भेरीभेरी सरी !' प्रत्येक सुख दुःखका कुराहरू टेलिफोनमार्फ गर्ने उनीहरूले विवाहको खबर इमेलमार्फ पठाएका थिए । सायद टेलिफोनमा हाम्रो सपना तुहिनुको पीडा सुन्न सक्दैन थिए उनीहरू । अहिले सपनाअनुरूपको विशाल घर छ, सम्पन्नता छ र पनि अपर्ूण्ा छ यो घर । एकजोडी बूढाढुकुरले स्थायी ठेगाना भेट्टाएका छन् तर लाग्छ, हिजोअस्तिझैँ जसका बचेराहरू अझै ठेगानाविहीन छन्, आकाशविहीन छन् ।


विवश पोखरेल
 
Posted on 02-13-07 10:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nice story. Haven't had the chance to read the 2nd one yet but the 1st one was captivating.
 
Posted on 02-13-07 12:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अहिले उनीहरू विदेश गएको पनि सात वर्षभएछ । अष्ट्रेलियामा कम्प्युटर इन्जिनियर पढ्न गएकी छोरीले दर्ुइ महिना अघिमात्र इमेल गरेकी थिई ७ममी ! मैले हजुरहरूलाई कर्तव्यको बोझ दिइनँ, यहीँको केटा जोनसँग म्यारिज गरेँ, केटा नेपालीजस्तै छ । अब मलाई ग्रीनकार्डको लागि सजिलो हुन्छ ।' कति सहजै लेख्न सकेकी उसले । छोरोको पनि हिजो इमेल आएको थियो ७बाबा ! केही नभएको देशमा के फर्किनु - म यहीँ सि"ट भएँ, मेरोबारे चिन्ता नलिनु । सरी बाबा ! दिदीलेझैँ मैले पनि हजुरहरूको विवाहको इच्छा पूरा गर्न सकिन, यहीँ ... । सरी बाबा ! सरी मम ! भेरीभेरी सरी !'


really touched my heart by the second story ! thanks Blue moon ..(विवश पोखरेल )

thank you ...
 
Posted on 02-15-07 1:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अप्रत्यासित


चार बजेपछि बाक्लो कफीको स्वादमा रमाउन मलाई यही कफी पसल मनपर्छ । यहाँको शान्ति, मौनता र सरसफाइ मेरो रुचिसँँग ठ्याक्कै मिल्दछन् । म यहाँ चार बजे आउँछु अनि एक घण्टा यहाँको मौनतासँग रमाउँछु । कफी खाने सोख मैले हङकङमा सिकेको हुँ । त्यहाँ म चार वर्षबसेको थिएँ कामको सिलसिलामा । सधैँ झैँ हिजो पनि म आफ्नो टेबलतिर लागेँ । प्रायः त्यो खालि हुन्थ्यो । तर हिजो त्यसको एउटा कर्ुर्चीमा एकजना स्वास्नीमान्छे बसेकी थिई । पचास नाघिसकेकी त्यो स्वास्नीमान्छे झलक्क हर्ेदा कफी पसलतिर आउ-जाउ गर्ने जस्ती लागिन मलाई । उसको अनुहार सुन्दर थियो, उसले लगाएको लुगाहरूले उसको भद्रता पर््रदर्शन गरिरहेको थियो । वास्तविक नेपाली स्वास्नीमान्छे थिई ऊ । अनौठो लाग्यो मलाई, किनभने नक्कली संसारको जङ्गलमा बसेर पनि आफ्नो अनुहारलाई अवास्तविक रङ्गरोगन गरेर कुरुप बनाएकी थिई उसले । नबिग्रिएको काठमाडौँको अनुहार जस्तै लाग्यो त्यो मन्दस्मीत अनुहार मलाई । तर म उसको अघिल्तिरको कर्ुर्चीमा बस्न सकिन । त्यहाँ बस्नु राम्रो हुँदैनथ्यो । त्यसको ठिक्क देब्रेतिर खालि टेबुल थियो । म त्यसैको आडको कर्ुर्चीमा गएर बसेँ । म कर्ुर्चीमा ट्यास्स बसेको मात्र थिएँ- गर्मी यामको लुगा लगाएको एउटा मानिस सरासर आएर महिला अघिल्तिरको खालि कर्ुर्चीको छेउमा उभियो । "माफ गर्नु होला, म दस मिनेट ढिलो भएँ," उसको बोलीमा विनम्रता र रसमाधर्ुय दुवै थियो । "बस्नुस्, नेपालमा दस मिनेटलाई ढिलो मानिदैन," महिलाको बोली पनि रूप जस्तै सुन्दर थियो । सुनिरहुँ लाग्ने खालको थियो ।

"मैले फेरि परिचय दिनुपर्ने पो हो कि भन्ने लागेको थियो," महिलाको हँसिलो बोलीमा व्यङ्ग्य मिसिएको थिएन । तर पुरुष महिला जसरी लज्जियो । "माफ गर्नु होला," लज्जा मिश्रति स्वरमा उसले भन्यो, "हिजो तपाईलाई ठूलो हाकिम बस्ने कर्ुर्चीमा देख्दा मैले चिन्न सकिन । हुन पनि हामी चालीस वर्षछि आमने सामने भएका थियौँ ।" अन्तिम शब्दहरू बोल्दा उसका स्वरमा दिक्दारी र उदासी मिसिएको हो कि जस्तो लाग्यो मलाई । "तर मैले त तपाईँलाई देख्ने बित्तिकै चिनेँ," महिलाको स्वर भने सामान्य थियो । "तपाईंको स्मरणशक्ति ऊबेलै पनि राम्रो थियो," पुरुष पनि सामान्य भइसकेको थियो । उसले आफ्नो छेउको कर्ुर्चीमा बस्तै भन्यो, "तपाईं उसै पनि कक्षाको पहिलो विद्यार्थी, एस.एल.सी. को प्रथम श्रेणी । म कहाँको भालुभुत्ते । बल्लतल्ल सेकेण्ड डिभिजनमा एस.एल.सी. पास गरेको मान्छे ।" दुवै जना प्रौढ हाँसो हाँसे । "केटाकेटी कति भए -" प्रश्न महिलाको थियो । त्यो बाठी पनि रहिछे भन्ने मलाई लाग्यो । 'तपाईंले बिहे गर्नु भो -' भन्ने ठाडो प्रश्नको ठाउँमा बिहे भइसकेको कुरो जाँच्न उसले केटाकेटीको कुरो उठाएकी थिई । "मैले त बिहे नै गर्न भ्याइन," पुरुषले उदास आवाजमा भन्यो ।

"नभ्याएको कि नगरेको," महिलाको प्रश्नमा उत्सुकता मिसिएको थियो । "जे भन्दा नि भो," पुरुष फेरि सामान्य भइसकेको थियो । उसले आफैँ कुरा अगाडि बढायो, "अब हाम्रो उमेर उबेलाको जस्तो छैन । समयमै बिहे गरेको भए मेरा नातिनातिना भइसक्थे होलान् । तपाईंको परिवार भरिपर्ूण्ा होला....," महिलाबाट केही टिप्पणी आइहाल्ला कि भनेर पुरुष एकछिन मौन भयो । तर महिलाले दस सेकेन्डसम्म पनि कुनै प्रतिक्रिया जनाइन । उसको अनुहार निर्विकार थियो र उसका आँखाहरू आफू अगाडि बसेको पुरुषको अनुहारमा टाँसिएका थिए । "त्यसैले हामी उहिलेको कुरालाई अरू कसैको जीवनमा घटेको घटनाकै रूपमा स्मरण गर्न सक्छौँ । त्यतिबेला म जे थिएँ, अहिले त्यो छैन र मलाई लाग्छ त्यतिबेला तपाईं जे हुनुहुन्थ्यो अहिले तपाईंं पनि त्यो हुनुहुन्न । नत्र एकै भेटमा तपाईं कसरी मलाई यो कफी सपमा कफी खान बोलाउनुहुन्थ्यो र !" पुरुषको बोलीमा सँगालिएको भारीपन चाहिँ मैले पनि सुन्न सक्ने खालको थियो । "तपाई्र उस्तै भावुक हुनुहुँदो रहेछ," महिलाको स्वर भने अत्यन्तै सामान्य थियो । तिनीहरूको विगत कुनै दर्ुघटनामा फसेको रहेछ भन्नेसम्मको अनुमान मैले गरेको थिएँ । तर त्यो कस्तो दर्ुघटना थियो, किन पुरुष स्वरमा बढी विरक्ति भरिएको थियो, किन महिला सहज र सामान्य थिई भन्ने जान्न त्यस्सै मभित्र चासो पलायो । "तपाईँ उस्तै भावुक हुनुहुँदो रहेछ । चालीस वर्षा संसार चिताइनसक्नु गरी फेरिन्छ । त्यो फेरिएको पनि छ । तपाईंको भावुकताले नै तपाईंलाई एक्लो राखेको रहेछ । जिन्दगीलाई तपाईंले दुःखमा जिउनु भएको रहेछ...।" "त्यस्तो पनि अलिक होइन," पुरुषले महिलाको बोली काट्दै भन्यो, "अन्यथा नठान्नु होला । मैले कुनै कृत्रिम कुरो गरेको छैन । भावुक त छु नै म । त्यसैले आफ्नो अपमान सहन नसकेर मैले देशै छोड्ने अठोट गरेँ । सुरुमा कलकत्ता गएँ । मामा हुनुहुन्थ्यो । उहाँकै आडमा चार वर्षपढेँ । उहाँकै कम्पनीमा जागिर खान थालेँ । मास्टर सकिएपछि मामाले देश फर्कौँ भन्नुभयो । म सधैंँका लागि देश छोडेरै हिँडेको थिएँ । त्यसैले मैले होटल व्यवस्थापनमा डिप्लोमा लिने निर्ण्र्ाागरेँ । त्यो मेरो सुवचारित योजना थियो । म कहिल्यै नेपाल नफर्किने गरी सात समुद्र पारिको देशमा जाने र उतै आफ्नो चिहानको माटो किन्ने सोचाइमा थिएँ....।" "तर त्यस्तो भएन," स्वास्नीमान्छेले मधुर मुस्कान सहित भनी । "त्यस्तो भए तपाईँलाई म कसरी यो काठमाडौँमा, तपाईँले सदाका लागि छोडेर गएको देशको राजधानीमा भेट्थेँ र -" पुरुष मुसुक्क मुस्कुरायो ।

"तर अब म नेपालको नेपाली रहिन । म त्यो चालीस वर्षपुरानो जीवनलाई कहिल्यै बिर्सन पनि सक्दिन । सधैँ म सम्भिmन्छु- म नेपाली होइन, म नेपालले घृणा गर्ने मेरो बाबुआमाको रगतको निसानी मात्र हुँ ।" महिलाको अनुहारमा कुनै परिवर्तन थिएन । अनुहारको अपरिवर्तन प्रतिबिम्बित भएको आवाजमा उसले सोधी, "धर्मै परिवर्तन त गर्नुभएन तपाईँले -" "गरिन," पुरुषको स्वर सामान्य भइसकेको थियो, "धर्मकै कारण मेरो जीवनको सुन्दर सपना तुहिएको हो भन्ने जिकिर थियो मेरो मनको । सायद एउटा धर्मले धोका दिएको हुनाले सबै धर्मप्रति मेरो अरुचि रहृयो होला ।" एकछिनका लागि रोकिएको थियो पुरुष । तर महिलाले बोल्ने जमर्को गरिन । त्यसैले पुरुषले नै कुरो तन्कायो, "मेरो त पुराण नै सकियो । तपाईँको जीवनयात्रा जान्ने अधिकार छैन मसँग -" महिला मुस्कुराइ, उही परिचित मुस्कान । मुस्कुराइरहेका आँखा यताउता डोलाउँदै उसले भनी, "मैले जीवन भोगेँ । रहर लाग्दो गरी भोगेँ । जीवनले मलाई साथ पनि दियो । तपाईँसँग छुट्टएिको पाँच वर्षछि मेरो बिहे भयो एउटा सुन्दर युवकसँग । मैले त्यो युवकमै तपाईँलाई देख्न थालेँ, भोग्न थालेँ । त्यसैले मैले पीडामा रन्थनिनु परेन । एउटा छोरो र एउटी छोरी भई पाँच वर्षो अन्तरालमा । हामीले बीस वर्षो वैवाहिक जीवन बितायौँ सँगसँगै । छोराले ग्य्राजुएसन गरेकै साल क्यान्सर देखियो मेरो पतिको शरीरमा । दर्ुइ वर्षअरू बाँच्नुभयो उहाँ । त्यस यता मैले छोराछोरीमा आफ्नो जीवन समर्पित गरेँ । यतिबेला म एक्लै छु । छोरो अमेरिका भास्सिएको छ । उसले उतै बिहे गरेको समाचार आएको छ । मैले भोगेको दुःख, छोरीलाई भोग्न दिइन मैले । उसले यहीँको नेवार समुदायको केटासँग बिहे गरेकी छ । राजीखुशीले मैले उनीहरू दुवैजनाको विवाह दर्तामा आफ्नो स्वीकृतिको हस्ताक्षर गरेकी छु ।" "तपाईँले सम्पर्ूण्ा जीवन जिउनु भएछ," पुरुषको स्वरमा प्रसन्नता थियो, "सबै दायित्व पूरा भएछन् ।" "कहाँ पूरा हुनु -" महिलाले मुसुक्क हाँसेर भनी, "पूरा भएको भए हिजो तपाईँसँग मेरो भेट हुने नै थिएन ।" मायालु पाराले मुस्कुराए ती दुवै ।

"म दिक्क भएको थिएँ देशसँग फेरि । दसबाह्र करोडको योजना लिएर फर्किएको थिएँ म नेपालमा । समाजले घृणा गरेकी मेरी आमाको नाउँमा, आफू जन्मिएको गाउँ थलोमा उज्यालो क्षितिज निर्माण गर्न आएको थिएँ म । सायद म हेपिएको जातको भएको हुनाले होला, मेरो योजना पनि अछुतै भयो । तीन मेघावाट बिजुली निकाल्न यत्ति धेरै चाकरी र कसरत गर्नुपर्छ भन्ने मलाई लागेको थिएन । कहिले उता जा भन्छन् कहिले माथि । कहिले तल अनि कहिले विभाग । म फर्किनै लागेको थिएँ । भाइहरूले 'एकपल्ट मन्त्रालयमै जाउँ, भए काम भइहाल्छ नभए कहिल्यै नहुने टुङ्गो लाग्छ' भनेको हुनाले तपाईंको कार्यालयसम्म पुगेँ ।" "म त्यहाँ काम गर्छर्ुुनेर तपाईँ आउनु भएको होइन त्यसोभए !" महिलाको स्वर आहत भए जस्तो सुनेँ मैले । तर उसको अनुहारमा कुनै परिवर्तन थिएन । "त्यस्तो भएको भए म तपाईँलाई चिनेकै व्यवहार गरिहाल्थेँ नि !" पुरुष एकछिनका लागि रोकियो, "हो ढोकाबाट छिर्दा एउटी महिलालाई आफू अघिल्तिरको कर्ुर्चीमा बसेको देख्ता आश भने पलाएकै थियो । किन पलायो - त्यो त म भन्न सक्दिन । तर त्यो पलाएकै थियो । तपाईँका कुरा सुन्दा म झनै आशावादी भएको थिएँ । तर त्यो शृङ्खलाभित्र तपाईँलाई मैले बाल्यकालदेखि नै चिनेको व्यक्तिको चेत जागेकै थिएन ।" "विदेशमा बसेको तपाईंजस्तो मान्छेले नेपालका महिलालाई चाहिँ सकारात्मक संवेदना हुन्छ भनेर कसरी अडकल गर्नुभयो -" "सायद, मेरो मनमा मातृ हृदयको छाप झुल्कियो होला फेरि । मेरी आमा साह्रै ममतामयी हुनुहुन्थ्यो । सबै दुःखलाई पर्ूवजन्मको फल भनेर सहनुहुन्थ्यो । आक्रोस, घृणा, तिरस्कार उहाँको अनुहारमा मैले कहिल्यै देखिन । मृत्युपर्ूव दश वर्षउहाँ मसँग हङकङमै बस्नुभयो । मृत्युले निम्तो गर्यो भन्ने लागेपछि उहाँले भन्नुभयो, "छोरा, तिमी जहाँ बसे पनि मेरो आशर्ीवाद सँगै रहिरहने छ । तर अब नेपाल जान्छु । आफ्नै पितापर्ुखाको थलोमा म मर्न चाहन्छु । तिमीलाई नेपाल पटक्कै मन पर्दैन । तर पनि मेरो समाचार लिँदै गर्नु । म बिरामी परेँ भन्ने बित्तिकै मेरो मुख हर्ेन मात्रै भए पनि एकपल्ट नेपालमा पाइलो हाल्नु... ।" "त्यतिबेला पाइलो हाल्नुभयो -" "हालेँ । काठमाडौँमा एक रात पनि नबसी घर गएँ । आमा मृत्युशय्यामा हुनुहुन्थ्यो । उपचारका लागि दिल्ली जाउँ भनेँ । आमाले मान्नुभएन । 'अब मेरा जाने दिन आए, एउटा काम अह्राउँछु जसरी पनि गर्नु, नत्र मेरो परत्र सप्रिँदैन' भन्नुभयो । मृत्युशय्याकी आमालाई मैले वचन दिनैपथ्र्यो । त्यही वचन निभाउन म अहिले नेपाल आएको हुँ ।" उनीहरूले पनि कफी मात्र समातेका थिए । मेरो त कफीकै कार्यक्रम मात्र थियो । उनीहरूको कफी सकिएको थिएन, मेरो कफी र कफी खाने समय दुवै सकिएका थिए । अभद्रता देखाउँदै मैले त्यहाँ बसिरहन सुहाउँदैनथ्यो । म उठ्ने तरखरमा लागेँ । "यो काम सकेपछि तपाईँ नेपाल फर्किनु हुन्न -" महिलाले सोधी ।

"भाइहरूले सम्हाल्छन्, आउने जाने त चलिरहला," पुरुषले जवाफ दियो । "अबका भेटहरू अप्रत्यासित हुने छैनन्," महिलाको जिज्ञासा थियो । पुरुषले के जवाफ दियो को नि, म उठिसकेको थिएँ । मैले त्यहाँ उभिनु हुँदैनथ्यो । महिलालाई मैले अझै पनि चिनेको छैन । तर हङकङमा मलाई कफीको स्वाद चखाउने त्यो पुरुष जीवन सुनाम नै हो भनेर चिन्न मलाई गाह्रो परेन ।

प्रदीप नेपाल
 
Posted on 02-15-07 1:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेलो मोनालिसा !


प्रिय मोना, यो वर्षतिमी पाँचसय वर्षी पुग्यौ । विश्वभरि यो वर्षत्रि्रो जन्मोत्सव मनाइदै छ, कतै त्रि्रै सिनेमा बनाएर, कतै पुस्तक लेखेर, कतै सङ्गीतको संयोजन गरेर कतै त्रि्रै रूपानुकरण गरेर । त्रि्रै अगाडि विश्वमा करोडौँ मानिसले चोला बदलिसके । तिमी स्वयमका श्रष्ठासमेत तिमी जन्मिएको तेह्रौँ वर्षछि अल्पआयुमै बिते । सयौँ कलाकार, विद्वान्, दार्शनिक, वैज्ञानिकहरू कतिले हाम्रो मानव जगत्लाई आआफ्ना बहुमूल्य भौतिक सृष्टि सिर्जना गरेर हाम्रो सभ्यताको निर्माण- विनिर्माण र संहारका साधनले अनि ज्ञान-विवेकका बौद्धिक ऊर्जाले सम्पन्न र परिमार्जित बनाएर गइसके । तर तिमी भने जिउँदै छौ । पाँचसय वर्षभत्रका झरी बादल-आँधी तूफान- विकासभन्दा बढी मानव विनाश र र्सवनास सबैलाई देख्दा पनि तिमी प्रतिक्रिया विहीन मुक्त बनेर मुस्कुराइनै रहेकी छौ । के तिमीभित्र त्रि्रो हृदय छैन - छ भने किन त्रि्रै आँखा अगाडि कति ठूला ठूला जातीयताका-क्षेत्रीयताकार्-धर्मका युद्धहरू भए त्यत्रा त्यत्रा प्रथम र द्वितीय विश्व युद्धले मरेको नरसंहार आदि सांसारिक क्रियामाथि तिमी कुनै प्रतिक्रिया दिन्नौँ ! हुन त आफू दिवंगत हुनु अगाडि त्रि्रा स्रष्ठाले "त्रि्रो रूप निर्माण अधुरै छ, भनेर घोषणा नै गरेर गएका थिए । सायद तिमीभित्र मानवीय चेतना-संवेदना भरिदिन बाँकी नै थियो होला । त्यसैले आफ्नो जीवनदाता दिवंगत हुँदा समेत त्रि्रो आँखा रसाएन र महिनौँसम्म अपहरणकारीको अँध्यारो तहखानाबाट मुक्ति पाउँदा समेत त्रि्रा आँखा र मुखका मुस्कुराहट यथावत नै रहिरहृयो । ठूला ठूला कला समीक्षक तथा दार्शनिकहरूले समेत त्रि्रो अनुहारको अनन्त रहस्य र गाम्भिर्यतालाई बुझ्ने धेरै प्रयास गरिसके । उन्नाईसौँ शताब्दीका विद्वान दार्शनिक "टम्स हेनरी हक्सले" को "बीसौं हजार जीवन अनुभवको निरन्तरता छ त्रि्रो मुस्कुराहट र हेराइमा" यस्तो टिप्पणी र्सार्थक बन्न आएको देखिन्छ साँच्चै । दिनप्रतिदिन चढ्दो छ त्रि्रो जवानी । बढ्दै छन् त्रि्रा आशीकहरू । त्रि्रो मूल्य त्रि्रै सहरको जति नै बहुमूल्य भइसक्यो । त्रि्रो मुस्कान र छडके नजरको चर्चा-परिचर्चा मात्रले पनि बुद्धिजीवीको आकाश पाताल ढाकिसक्यो । लौकिक भइकन पनि तिमी अलौकिक भइसक्यौ । मरणशील प्राणी भइकन पनि तिमी अमर भएकी छौँ । स्रष्टा मरे- उनको सिर्जना अमर भयो । धन्य हुन् त्रि्रा स्रष्टा भिन्सी दा लिओनार्दो । कला निस्क्षण हुँदै गएको- कृतिको महìवलाई कलाकारले नै व्याख्या नगरी नहुने आजको कला जस्ती छैनौँ तिमी । तिमी त आफैँ बोल्छ्यौ अब भारी भाषाणमा । आफैँ लगाउँछ्यौ आफ्ना समयका नालीबेली र स्रष्ठाले भन्न नभ्याएका तमाम भावकथाहरू । अझै त्रि्रा गर्भमा बाँकी नै छन् अनेकौँ नभनिएका कथाहरू । तेह्रै वर्षो उमेरमा टुहुरी पारेर गएका थिए त्रि्रा स्रष्ठाले तिमीलाई । प|mान्सका प|mान्सिस प्रथमले हात पारे तिमीलाई उनको कति शुभाव थियो तिमीप्रति भन्ने कुरा मलाई थाहा छैन । तर पनि उनले त्रि्रो संरक्षण नगरिदिएको भए आजसम्म तिमी क-कस्ताको हातमा पो पुगिसक्ने थियौ । ओहो ! मोना- त्रि्रो कस्तो विजोग हुँदो हो ! कुन पापीले तिमीलाई कुन कुन आलयमा पुर्याएर बेचिसक्दो हो । तै तिमी भाग्यमानी रहिछौ । उनले आफैँले नव निर्माण गरेको भव्य दरबार "लुभ्र" मा लगेर ससम्मान तिमीले बस्न पाउने व्यवस्था मिलाइ दिएँ । सयौँ वर्षअगाडिदेखि तिमी त्यहीको त्यही बसिरहेकी छौ- एउटा सुन्दर चौकोस भित्र । स्वतन्त्रताको सङ्गीत गुञ्जिरहेको आजको समयसम्म आइपुग्दा पनि, तिमी स्वतन्त्रताको उपभोग गर्दैछौ कि बन्दी जीवनयापन गर्दै, तिमीले कहिल्यै भनिनौं । तर पनि तिमीले मुक-मुस्कानको भाषामा व्यक्त गरेका कतिपय कुरालाई त्रि्रा जिज्ञासु प्रशंसकहरूले बुझ्दै आएका छन् । प्रिय मोना- भन त तीन चारवर्षम्म तिमी लिओनार्दोको अगाडि रूपदर्शी बनेर बस्यौ, हो कि होइन ! हाम्रो शुक्राचार्यको पर्ूर्वीय कला सिद्धान्तले भन्छ "रूपदर्शी र स्रष्टामा एकात्मकता कायम भयो भने मात्र सिर्जना सजीव हुनसक्छ" - अन्यथा निर्जीव । अतः स्रष्टा र त्रि्रो आत्मा मिलेर एकात्मा कायम भएको थियो रचना कालभरि । चर्म चक्षुले वस्तुको चर्मरूप मात्र देख्दछ- अन्तर चक्षुले भने अन्तर रूप मात्र । ३०"ह२९" को सानो काठको फल्याकमा तेल रङ्गले रचेको चित्रमा त्रि्रो चर्मरूप र अन्तररूपले समन्वयात्मक पर्ूण्ाता पाएको छ । बाहृय रूप एवं अन्तर रूप चित्रण दुवै प्रकृतिवाद नै हुन् तर पनि दुवैको समन्वयबिना चित्र सजीव बन्न किमार्थ सक्दैन । दुवैको आत्मा एकाकार भएपछि शारीरिक सम्बन्ध पनि त कायम भयो होला । ३-४ वर्षम्म उनले त्रि्रो अनुहारभरि आफूलाई घुमाइरहे । त्रि्रो मादकतापर्ूण्ा आँखामा अन्तर चक्षुले गाडिरहे । तिमी सधैं मुस्कुराइरहन त सकिनौ होला तर पनि स्रष्टाले भने तिमीलाई सधैं मुस्कुराइरहेको नै देखे । निःसन्देह तिमीहरूको परस्परमा वासनात्मक प्रेम पनि परेको थियो । त्रि्रा सबै आंशिक द्रष्टाहरूलाई नढाटिकन भनीदेऊ त हो कि होइन ! होइन भने कि लिओनार्दोले तिमीलाई बाँचुञ्जेल छाडेनन् र त्रि्रै अनुहारमा हृदय गाडेर हेरिरहे त ! मेडिसीको कचहरीमा जाँदा होस् कि स्फोर्जाको, रोम जाँदा होस् कि प|mान्सका प|mान्सिसका कहाँ जाँदा होस्, उनले तिमीलाई कहिल्यै टाढा रहन दिएनन् । रोम भ्रमणमा जाँदा आफूभन्दा ३०-३१ वर्षे कान्छा कलाकार राफायल शान्तिले रचना गरेको "कुमारी ग्राण्डुसा" जस्ता उनका अनेकौं सुन्दरीको चित्रहरूले त लिओनार्दोभित्र उत्साह र उत्प्रेरणा उर्लिएर त्रि्रै अनुहारमा विर्सर्जित हुन पुगेका थिए । त्रि्रो सम्झना अनि रोममा माइकेल एञ्जेलो, ब्रामाण्ट, राफायल आदिको सङ्कुचित व्यवहार उनलाई पटक्कै मन परेन र आफ्नै फ्लोरेन्स र मोना कहाँ फर्किहाले । तिमी तीस-पैंतीसकी र लिओनार्दो बाउन्न-चउन्नको, दुवैको फकफकाउँदो जवानी- अझ मलाई त अगाडि अगाडिका "चट्टानकी कुमारीहरू," सेन्ट अन्ना, आदिका चित्र रचनाकालदेखि नै उनी त्रि्रो सर्म्पर्कमा आइसकेका थिए । जस्तो पो लाग्न थालेको छ । सायद तिमी उनका अरू कुमारी चित्रको लागि पनि रूपदर्शी थियौ । त्रि्रो अनुहार अरू केही कोसँग पनि मिल्छ । दुःखमा ब्याथा व्यक्त हुँदा र खुसीमा मुस्कुराउँदा- दुवै अवस्थामा प्राय सबैको खाने मुख एकै प्रकारबाट दायाँ बायाँ तन्कन्छन् र ओठका- आँखाका दुवै अन्त्यतिर केही खाल्टो पर्दछ- केही सङ्कुचन आउँदछ । अन्तर गतिको प्रभावले गालाका दुवै पाटा र आँखाको आकारमा समेत देख्न सकिने परिवर्तन आउँदछ । प्रसङ्गले नप्रस्ट्याउने हो भने त्यस्तो अनुहार भित्र वेदना छ कि खुसी द्रष्टालाई बुझ्नै गाह्रो पर्दछ । त्रि्रो मुस्कान बहुचर्चित भइकन पनि आजसम्म निश्चितरूपले परिभाषित हुन सकेको छैन । यही अवस्थातर्फआकृष्ट भएर त्रि्रो स्रष्टाले एउटा नयाँ प्रविधिको प्रयोग गरे । इटालियनहरू उनको त्यस्तो प्रयोग विधिलाई बाहृय रेखाविहीनको धुवाँ -लिओनार्दो) भन्ने गर्दथे । अगाडिका कुनै कलाकारलाई पनि यस्तो प्राकृतिक नियमको ज्ञान थिएन । तत्कालसम्म व्यापकरूपमा प्रचलित फुल-मूलक माध्यम "टेम्परा" बाट चित्रमा त्यस्तो पारदर्शी धुवात्मक प्रभाव दिनु सम्भव पनि थिएन । त्रि्रो मुस्कानमा दुवै ओठ तन्किएर दर्ुइ कुनाको बाहृय रेखामा विलीन हुन पुगेका छन् । त्यस्तै छन् आँखाका दर्ुइ कुना पनि । अनुहारका बाहृय रेखाहरू पनि त्यसैगरी धुवात्मक तरिकाबाट वातावरणीय रङ्गमा विलीन हुन पुगेका छन् । सायद प|mान्सको वार्वीजोन र प्रभाववादी कलाकारलाई यसले ठूलो प्रभाव पार्यो होला । त्रि्रो पृष्ठभागमा दर्सर्ााको फ्लोरेन्टाइन दृश्य रचनामा पनि कस्ता निडर भएर प्रकाश-छायाँको नाटकीय विचित्रतालाई चित्रण गरेका छन् उनले । साँच्चै मोना तिमी एउटीको रूप चित्रण गर्दा, त्रि्रा स्रष्टाले त्रि्रै प्रेम प्रेरणा पाएर आफ्ना तमाम् बौद्धिक आयामहरूलाई व्यक्त गर्न पाएका छन् । हुन त उनले स्फर्ेजाको ड्युफको आग्रहमा ३-४ वर्षअगाडि नै मिलानोको "शान्ता मारिया दल ग्राजी" मा जेजसको "अन्तिम भोज", "लास्ट सयर" जस्तो अद्वितीय र वृहद् चित्रको रचना गरिसकेका थिए र त्यस चित्रमा संयोजित सभासदहरूमा प्रत्येकको अनुहारमा "तिमीहरूमध्येको एक जनाले मलाई धोका दिनेछ" भन्नर्ेर् इशा मशिहको घोषणापछि आएको मनोवैज्ञानिक तनाव र क्रिया-प्रतिक्रियाको विस्फोटपर्ूण्ा परिवेशले उनको अद्भूत प्रतिभाको परिचय दिइसकेको थियो । तर पनि तिमी एउटाको रूप चित्र त उनको र्सवाङ्गीण ज्ञान र प्रतिभाको प्रतीक नै बन्न पुगेको छ । नरिसाउ मोना- तिमीलाई प्रत्यक्षरूपमा नदेखुञ्जेल त मैले तिमीलाई स्वार्थकी पीडा, र्सवश्रेष्ठ सुन्दरी, सर्वोत्कृष्ट सौर्न्दर्यकी देवी, पद्मीनी र हेलोना नै हौली भन्ने सम्झेको थिएँ । तर तिमीलाई देखेपछि भने म खस्रक्क परेँ । नचाहिँदो वर्ण्र्ाागरिएको रहेछ त्रि्रा बारेमा । तिमी त यथार्थमा हाम्रै दिदी बहिनी जस्तै पो रहिछौं । हो सल्सलाउँदै बगेको त्रि्रो कपाल, सुकुमारी- कल्कलाउँदो त्रि्रो हात, लुगाका खुम्चाहट त्रि्रो अनुहारमा त्रि्रा स्रष्टाले प्रकृतिको रहस्य रूप दर्सर्ााो हुँदा तिमी अलौकिक देखिन पुगेकी हौ । तर पनि भेनस-मिनर्वा- हेलेना जस्ता सुन्दरीहरूको देशमा जन्मदा पनि तिमी त्यति राम्री चाहिँ रहिनछौ । आखिर त्रि्रो स्रष्टाको मूल प्रयास पनि त ग्रेको - रोमन कलको उचाइमा पुग्नु नै त थियो नि । किन त्रि्रो अनुहार चित्र रचना गर्दा मात्र उनले विगतको बलियो परम्पराको व्रि्रोह गरे अनि आत्मपरक बन्न पुगे । ग्रीक एप|mोडाइटको आदर्श सौर्न्दर्यलाई उनले त्रि्रो अनुहार चित्र बनाउँदा सम्झन पनि चाहेको देखिँदैन । त्यतिबेला त्यहाँ "प्लाटोनिक एकाडेमी" पनि खोलिएको थियो । इरासमस र मासियावेली जस्ता विद्वान्सँग त्रि्रो स्रष्टाको निकट सर्म्पर्क पनि नभएको होइन तर पनि त्रि्रो अनुहारमा शास्त्रीयताको निरबार आएको देखिएन । त्यसैले पनि वास्ताविकताको धरातलमा आएर यथार्थ रूप चित्रण गरिएको पहिलो कलाकृति तिमी नै भएकी छौ । त्रि्रा स्रष्टाले त्रि्रो शरीरलाई लुगाले ढाकिदिएका छन् । त्यसैले त्रि्रो शरीरमा भेनसको शारीरिक सौर्न्दर्यको छनकसम्म पनि पाइँदैन । फेरि त्रि्रो रगतमा लिङ्गुरियन सागरको पानी छचल्किएको देखिनुपर्ने, त्यो पनि छैन । त्रि्रो छालामा अल्माइन्को रङ्ग पनि छैन ।

कता त्रि्रा बाबुआमा एजीयन तटवर्ती क्षेत्र कतैबाट आएर फ्लोरेन्समा बसोबास गरेका त होइनन् ! त्रि्रो अनुहार- भेस-भूषा पनि त त्यतै तिरका सुन्दरीहरूसँग मिल्दछ नि । नवधर्म प्रचारक इस्लामहरूको आक्रमणबाट बच्न ती क्षेत्रका मानिसहरूको ओइरो लागिरहेको थियो ३-४ सय वर्षअगाडि देखिनै त्रि्रो फूलजस्तो सुन्दर सहर फ्लोरेन्समा । सही अर्थमा इटालीमा पुनरूदिद्पन ल्याउने तिनै त थिए नि । कता तिमी स्वयम्मै आइ ओनियन सुन्दरी- हेलासकी महिला त होइनौं ! त्रि्रो मुस्कान त झन् काटीकुटी त्यतैतिरको परम्परागत मुस्कानसँगै मिल्दछ । त्रि्रीजस्तो मुस्कानलाई कला समीक्षकहरूले प्राचीन मुस्कान भन्ने गरेका छन् । त्यस्तो मुस्कान प्राचीन हेलोनिक बहुचर्चित "बाच्छो वाहक" राम्पिनको अनुहार, डोरियन पेप्लोस आदिको मर्ूर्तिको मुस्कानमा देख्न पाइन्छ र शास्त्रीय शैलीमा अनुहार चित्र मर्ूर्ति बनाउने आजसम्मका कलाकारको लागि त्यो मुस्कान निर्देशिका नै बन्दै आइरहेको छ । त्यही अनौठो मुस्कानले तिमीलाई अझ बढी आकर्ष बनाइदिएको पनि हुन सक्दछ । त्रि्रो स्रष्टा ठूला वैज्ञानिक पनि थिए । उनी अवश्य पनि गतिहीन वस्तुलाई गतिशील बनाउने वैज्ञानिक चाल चल्न सक्दथे । त्रि्रो चित्र रचना गर्दा उनले त्यस्तै चाल चलेको पनि देखिन्छ । खासगरी त्रि्रो चित्रमा तीनवटा पक्ष देखिन्छन् । पहिलो तिमी आफैँ, दोस्रो र तेस्रो चाहिँ त्रि्रा दायाँ र बायाँपट्ट िदर्सर्ााका फ्लोरेन्टाइन दृश्यहरू । ठूलो चलाख्याइ गरेर, सफलतापर्ूवक त्रि्रा स्रष्टाले त्यो पृष्ठ दृश्य एउटै भएतापनि दर्ुइ प्रकारबाट त्रि्रो दायाँ र बायाँ भागमा चित्रण गरिदिएका छन्, एकापट्ट िकोलाई अलि वर र अर्को पट्टकिोलाई अलि पर देखिने गरी । फलस्वरूप चित्रमा अनौठो प्रभाव देखियो । तिमीलाई देब्रेपट्टबिाट हर्ेर्ने स्रष्टाले तिमीलाई केही अल्को र दाहिने पट्टबिाट हर्ेर्नेले होचो देख्न लागे । अनि तिमीलाई नियालेर हर्ेर्ने स्रष्टाहरूमा त्रि्रो शरीर चलबलाएको, र्फकन खोजेजस्तो, आँखा पनि जसले हेर्यो उतैतिर घुमाएजस्तो, मुस्कुराएजस्तो आदि अनेकौं भ्रमहरू पर्न लागे । त्रि्रो चित्रले रहस्यमय जादूको प्रभाव दिन लाग्यो । त्रि्रो स्रष्टा प्रकृतिको यति महान् अध्येता रहेछन् कि, उनका अन्य क्षेत्रका ज्ञान एवं उपलब्धिलाई पर्ूण्ारूपले बिर्सिदिए पनि त्रि्रो एउटै अनुहार चित्रले उनलाई विश्व विख्यात बनाउन पर्याप्त हुने थियो । साँच्चै तिमी आज मोना, लिओनार्दोको ज्ञानकोष नै बनेकी छौ । त्यसैले पनि आज विश्वका अनेकौं धनाढ्य र सक्षम व्यक्तिहरूले तिमीलाई अपनाउने सपना देख्न लागिरहेका छन् ।

होस् गर मोना, तिमी सचेत छौ कि छैनौं, त्रि्रो सौर्न्दर्य, मुस्कान र नखरापर्ूण्ा आकर्षा तिमी आफ्नै लागि खतरा हुँदै आइरहेको छ । तिमीलाई थाहा नै छ आकर्ष र बहुमूल्य वस्तुमा सधैं चोरी र अपहरणको त्रास रहन्छ । सही अर्थमा तिमीलाई राम्री देखेर नै त लिओनार्दोले त्रि्रा पति "प|mान्सस्को दल जी ओकोण्डालाई फकाई फुल्याई गरेर- अथवा अपहरण गरेर- नमीठो भाषामा चोरी गरेर तिमीलाई आफूकहाँ ल्याएका थिए नि । नत्र भने आफ्नो तेस्रो कान्छी श्रीमतीको रूपमा तिमीलाई जिओकोण्डा कति धेरै प्रेम गर्थे, हो कि होइन भन त । अझ त्रि्रा स्रष्टालाई त्यति बेला समलिङ्गीको आरोपसमेत लागेको थियो । तैपनि तिमी उनको रूपदर्शी बनेर आयौ । त्रि्रो महान् स्रष्टाको निधनपछि, अनाधिकार प|mान्सिसले तिमीलाई धुनी राखे- तिमीसँग रोमान्स गरिरहे । तिमी त्यति आकर्ष नभइदिएको भए कसैले पनि त्रि्रो अपहरण गर्नेतर्फसोच्नेसम्म पनि थिएन । देखिनौ त्रि्रै महादेशको हेलेनाको अपहरण हुँदा कति ठूलो विश्व युद्ध -ट्रायको युद्ध) भयो- कति ठूलो नरसंहार भयो । झण्डै त्यही समयतिर मेरै महादेशमा पनि त झण्डै त्यस्तै भयो नि सुन्दरी सीतालाई रावणले अपहरण गर्दा । सुन्दर वस्तुको चोरी कति भएको छ कति विश्वमा । हुन त तिमी बन्दी जीवन बिताउँदैछ्यौ प|mान्सको "लुभ" सङ्ग्रहालयमा । भव्य कोठामा बन्दी छौ तिमी । तिमीलाई हर्ेन मात्र पनि विश्वका अनेकौं मानिस पेरिस आइपुग्छन्- टिकट किनेर त्रि्रो दर्शन गर्न आउँछन् । तिमीलाई छुन त परैजाओस्, त्रि्रो नजिकसम्म पनि कोही जान पाउँदैन । गइहाल्यो भने कतै खतराको घण्टी घन्की हाल्दछ । अनि चौकीदारहरू आइपुगिहाल्दछन् । युरोपेली मात्र होइन एसिया, अप्रिmका, अमेरिकादेखि कलाका विद्यार्थीहरू त्रि्रा वरिपरि झुम्मिरहेका हुन्छन् । कोही त्रि्रो आँखा, कोही नाक, मुख, हात, शारीरिक बनावट र सुसङगठन, आदि अङ्ग-प्रत्यङ्गको रङ्ग-रेखामा अध्ययन गरिरहेका हुन्छन् । तर पनि त्रि्रो फोटो खिच्ने अनुमति भने कसैलाई दिइँदैन । तिमीलाई बन्दी बनाएर व्यापार गर्नेहरूले अथाह सम्पत्ति कमाइ सके त्रि्रो फोटोहरू बेचेर, सिनेमा बनाएर, पुस्तक लेखाएर । त्यतिले मात्र नपुगेर हवाईमार्गमा ठूलो दल-बल, शान्ति-सुरक्षा सहित तिमीलाई विश्व भ्रमणसमेत गराए । अमेरिका पुर्याए । रुस पुर्याए । जापान पुर्याए र अगाध सम्पत्ति कमाए । जुन फल टिपेर खान पाइन्न, सकिँदैन त्यसलाई लाठोले झार्ने र नष्ट गरिदिने प्रवृत्ति पनि बढ्दै गइरहेको छ । जजसले तिमीलाई अपनाउन पाएनन् ती तिनले विभिन्न प्रकारबाट तिमीमाथि साङ्घातिक आक्रमण गर्ने, त्रि्रा बारेमा मिथ्य अफवाह फैलाउने, त्रि्रो उपहास गर्ने आदि पनि गरिरहेका थिए । कसैले त्रि्रो अनुहार त लिओनार्दोको आफ्नै अनुहार हो भन्ने हौवा फैलाएर त्रि्रो उपहास गर्यो । कलामा "दादागिरी" गर्ने एकजना प|mेञ्च कलाकार मार्सल दुचाम्पले पनि त्यसै गरे । त्रि्रो जस्तै अनुहार चित्र रचना गर्न नसकेको झोंकमा हो कि तिमीलाई अपनाउन नपाएको रिसमा हो त्रि्रो अनुहारमा उनले दारी जुँगा हाली दिएर तिमीलाई पुरुष बनाउने चेष्ठा गर्दै बहुचर्चित बन्न पुगे । के तिमी महिलाको भेषमा पुरुष हौ त ! के तिमी लिओनार्दो कै छद्म रूप हौ - अर्का एकजना जर्मन कलाकार क्लाउस स्टेकले त आफ्ना कलाकृति त्रि्रो कलाको गुणात्मक उच्चतामा पुग्न नसकेकै कारण हुनर्ुपर्दछ, तिमीलाई पाङ्ग्रे मेचमा राखेर अपाङ्ग नै देखाइ दिए र्।र् इ. १९११ अगस्त २० आइतबारका दिन सायद तिमीले आफ्नो जीवनको सबभन्दा बढी त्रासदि भोग्नपुर्यो । अर्जेन्टिनाका एकजना कला व्यापारी एडवार्र्डोले त्रि्रा केही प्रतिकृति चित्रण गर्न लगाएर गोप्य कला जगत्मा "चोरिएका मोनालिसा यही हो" भन्दै फटाफट बेच्न लागे । उपरोक्त मितिमा लुभसङ्ग्रहालयबाट तिमी चोरिएकी थियौं । त्यसैले चोरिएकी "मोना" त्यही नै हो भन्ने भ्रममा परेर एडवार्र्डोबाट क्यानेडियन कला प्रेमीले एउटा, अमेरिकी र बेलायतीले एक एकवटा गोप्यरूपमा किने । एडवार्र्डोले अरबपति बन्यो त्रि्रा प्रतिकृतिहरू बेचेर । तिमीलाई साँच्चै चोरेर तहखानामा महिनौँसम्म कैद गर्ने खास चोरचाहिँ पेरुजीमा नामक इटालियन थियो । तिमी चोरिएको ठीक २ वर्षचार महिनापछि । त्रि्रै जन्मभूमि फ्लोरेन्समा ऊ पक्राउ पर्यो । त्रि्रो उद्धार भयो र पुनः तिमी आफ्नै लुभ्रको कोठामा प्रदर्शित हुनपुग्यौँ, सधैंझैं मुस्कुराउँदै । प्रिय मोना- म तिमीबाट धेरै टाढा अर्कै महादेशको अर्कै फूलजस्तो फ्लोरेन्सको सानो कदको कलाकार हुँ । म त्रि्रो स्रष्टालाई आफ्नो आचार्य ठान्दछु तर पनि मैले आफ्नो जीवनका धेरै घण्टाहरू त्रि्रै आराधना, स्मरण, चिन्तन र चित्रणमा बिताइसकेको छु । म सत्तरी वर्षो बुढो- तिमी पाँचसय वर्षी तरुनी, लभ पर्यो त कसरी भनौँ ! फेरि तिमी संसार भरिकी छौ- मेरो हृदय भने मेरै हत्केला जत्रो सङ्कुचित र सानो- त्रि्रो सम्झना मात्र पस्दा पनि म फुट्न खोज्छु- मेरो सानो कलाको अस्तित्व नै मेटिन खोज्दछ । मेरो भावाकाशमा त्रि्रो सम्झना मात्र पनि प्रलयङ्कारी बादल बनेर बढ्न लाग्दछ । मेरो महìवाकाङ्क्षा र सामर्थ्यको दूरी आकाश-पाताल जस्तै छ । तिमी अटाउने ठाउँ छैन मभित्र । तर पनि तिमी पाँचसय वर्षी पुगेको उपलक्ष्यमा त्रि्रो सुस्वास्थ्य र युग युगान्तरसम्म त्रि्रो सुनाम फैलँदै जाओस् भन्ने शुभकामना व्यक्त गर्दै, विगतका ४-५ महिना मैले त्रि्रो विभिन्न प्रकारको रूपानुवाद गरेर बिताएको छु । एउटा चित्रमा त्रि्रा दुवैतिर पखेटा जडेर । तिमीलाई हाम्रै हिमालमाथिको महांआकाशमा उडिरहेको देखाएँ । त्यो चित्रलाई मेरा एकजना बेल्जियन भित्रले आयन्टिवार्पेन पुर्याइ दिए । त्रि्रै पाँचसयौँ वर्षपुगेको उपलक्ष्यमा "हेलो मोनालिसा" शर्ीष्ाकमा एउटा अन्तर्रर्ााट्रय कार्यक्रम पनि बनेको रहेछ । मेरो देशबाट म पनि सहभागी बन्न पुगेंछु । फेरि त्रि्रो अनुहारको अनुवाद गरेँ रङ्ग रेखामा । यो पटकमा आफ्नै अतृप्त कलाकारले तिमीलाई अङ्कमाल गरेको, चुरा, पोते, मङ्गलसूत्र, ढुङ्ग्री, मुन्द्री, फरिया-चोली लगाएर आफ्नै मनोरम हिमाली-पहाडी दृश्यमा चित्र संयोजन गरेँ । यही त्रि्रो चित्रसँग प्रेम-पिरती गाँस्दै थिएँ । तर त्यसलाई पनि कार्यक्रमवाला आएर लगी दिए । आफ्नो स्रष्टालाई गुमाउँदा तिमी टुहुरो भएजस्तै तिमीलाई गुमाउनुपर्दा म पनि टुहुरो हुन पुगेँ । तिमीले छाडेको खाली ठाउँलाई मेरी श्रीमतीले पनि भर्न सकिनन् । केही दिन बैचैनीमा बिते । आफू पाषाणयुगको वनमान्छे तिमी भने आजकी प्रतीक- आधुनिकताबाट प्रशंसित हेलेना र भेनस- तर पनि पुनः तिमीलाई अङ्गालोमा बाँधेर आफ्नै हिमाली गाउँ पाखाको पृष्ठभूमिमा उभिएको अर्को चित्र रचना गरेँ अझ बढी गहना गुरियाले तिमीलाई झकिझकाउ पारेर । अहिले त्यो चित्र मेरै अगाडि छ । मेरो कार्यक्रमको ढोका पनि खुलै छ । कुनै दिन विश्व भ्रमणमा निस्कँदा तिमी यता पनि आउनेछौ र मेरो यो चित्रसँग एकात्मकता कायम गर्नेछौ भन्ने विश्वास लिएर "मोना" म तिमीलाई कुरिरहेको छु र कुरिरहने छु । त्रि्रो...........

मनुजबाबु मिश्र
 
Posted on 02-28-07 2:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राता आँखाहरू


प्रत्येक दिन बिहानपख म अत्यन्त व्यस्त हुन्छु । यो व्यस्तताको मेरो नियमित र अनिवार्य दिनचर्चाभित्र पर्नेगर्दछ । अर्को शब्दमा भन्ने हो भने घरभित्रका सबै काममा मेरो एकाधिकार छ । हाम्रो पितृसत्तात्मक समाजले गर्दै आएको श्रमविभाजन अनुसार भाँडामाझ्ने, कोठा सफा गर्ने, भात पकाउने, पानी ल्याउने, बजार गर्ने र यहाँसम्म कि धर्म प्राप्तिका निम्ति गरिने पूजाआजा पनि मेरै भागमा पर्छन् । यसबेला मलाई फर्ुसद पटक्कै हुँदैन । त्यसदिन पनि म सनातन नियमअनुसार पूजा गरिसकेपछि चिया पकाउन भान्सामा पसेकी थिएँ । मेरो आठ वर्षो सानो छोरो खानेकुराको विषयमा कचकच गरिरहेको थियो । उसको स्वभाव यस्तै छ । उसलाई चियासित बिस्कुट नै चाहिन्छ । बिस्कुट बाहेकका अन्य कुराहरू, च्यूरा, पाउरोटी, गोलफवकी या निम्की आदि जस्तो कुनै वस्तुमा पनि ऊ सहमत हुँदैन । तर त्यसदिन घरमा बिस्कुट थिएन । त्यसैले ऊ गनगने शैलीमा झगडा गर्दै थियो । उसको यो ढिपीबाट कुनै पनि र्सतमा मुक्ति नपाइने भएकोले मैले ठूली छोरीलाई बिस्कुट किन्न पसल पठाएँ । हाँसोको परग छुट्यो । मेरा आँखा झ्याल बाहिर गए । चिया पसलको आँगनमा राखिएका बेन्चीहरूमा बसेका मानिसहरू मेरो डेरा अगाडिको घरमा बस्ने अर्जुनलाई हेरेर हाँसिरहेका थिए । अर्जुन पनि दाँत ङच्िच पारेर उनीहरूको हाँसोमा मिसिएको थियो । कुराकानीको विषय मैले बुझ्न सकिन । म चिया लिएर भान्साबाट बैठक कोठामा आएँ र श्रीमान्को अगाडि चियाको कप राखिदिएँ । मलाई बिहानको चिया खानेबेलामा एकछिन भए पनि शान्ति चाहिन्छ । तर बाहिरको हाँसोले मेरो मन अस्थिर भयो । "होइन यी लोग्नेमान्छेहरू किन असनको साँढे झैँ भएका - के यिनीहरूलाई चियापसलमा आएर नडुक्री हुँदैहुन्न - घरको सबै काम आफ्नी श्रीमतीले धानिदिएपछि जति हाँसे पनि भयो नि -" मैले निकै आक्रोशपर्ूण्ा मुद्रामा श्रीमान्तिर फर्केर भनेँ । तर मेरा श्रीमान्ले मेरो शब्दव्रि्रोहलाई रौं बराबर पनि गनेनन् । उनले भद्रभलाद्मीले झैं सुरुपसुरुप आवाज निकालेर चिया खाइरहे । त्यसो गर्नाले मलाई भित्रभित्रै अझ धेरै बेचैनी बढायो । टोलको त्यो चिया पसलमा हरेक वर्गका मानिसहरू थुप्रिन्छन् । त्यहाँ आउने अधिकांशहरू चिया खानभन्दा पनि गफ गर्ने र सुन्ने मनसायले आउँछन् । यसरी त्यो ठाउँ सधैं अनुत्पादक गफको अखडा बनेको हुन्छ । साहित्यकारदेखि राजनीतिज्ञसम्म, ज्यामीदेखि ठेकेदारसम्म, बेरोजगारदेखि हाकिमसम्मका विभिन्न व्यक्तिहरू त्यहाँ उपस्थित हुन्छन् मानौँ त्यो उनीहरूको आफ्नै साम्राज्य हो । यो भोग्नु पनि समानान्तर रूपमा मेरो दिनचर्या झैँ नियमित र अनिवार्य बनेको छ । मेरो समयतालिकाअनुसार बिहानको अर्को काम हो दैनिक पत्रिका लिन जाने । त्यसदिन पनि म पत्रिका लिन भनी घरबाट निस्केँ । अगाडिको चियापसलको लहरे हाँसो अझै जारी थियो । म त्यो ठाउँलाई छोडेर अगाडि बढेँ । दैनिक पत्रिका अझै आइपुगेको थिएन । त्यसैले म एकछिन बासी पत्रिकाका शर्ीष्ाकमा अलमलिएँ । त्यसैबेला एक हुल सुरक्षाकर्मीहरू पसिना चुहाउँदै ओरालोतिर झरे । त्यसपछि एकछिन सडकमा चहलपहल शून्य देखियो । तर त्यो स्थिति धेरै बेर रहेन । टोलका परिचित दर्ुइ अधवैंशे रामदाइ र होनाचा मुसुमुसु हाँस्दै यतातिर आए । उनीहरू एक पंथ दर्ुइ काज भनेझैँ मर्निङवाक र पशुपति दर्शन सकेर आएका थिए । उनीहरू दुवैको निधारमा पशुपतिनाथको विशेष चन्दन टल्किरहेको थियो । उनीहरू टोलको मुखैमा रहेको एउटा चेपबाट ओझेल भए । त्यसपछि त्यही चेपबाट हस्याङ-फस्याङ गर्दै अर्जुन यतैतिर आइरहेको देखियो । यता पत्रिका पनि आइपुग्यो । पसलेले माथिको एकप्रति झिकेर मलाई तेर्स्यायो । खाना पकाउन हतार भएकोले म पत्रिका लिएर त्यहाँबाट हिँडिहालेँ । "ए भाउजु पख्नोस् । तपाईंसँग एउटा सल्लाह गर्नुछ" अर्जुनले भन्यो ।

"अहिले म हतारमा छु । खाना पकाएर नानीहरूलाई स्कुल पठाउन अबेर भइसक्यो" मैले भनेँ । "होइन मैले सबैलाई भनिसकेँ । अब म मेरो घरबेटी सालेलाई एक रुपियाँ पनि दिन्न" उसले भन्यो । "म तपाईँसँग दिउँसो कुरा गरौँला । अहिले धेरै अबेर भइसक्यो ।" त्यति भनेर म उसका अरू कुरा सुन्दै नसुनी त्यहाँबाट डेरातिर लागेँ । 'बिहानको सबै काम सकियो । खाना खाएर केटाकेटीहरू स्कुल गए । मेरा श्रीमान् पनि आफ्नो कार्यालयतर्फप्रस्थान गर्नुभयो । त्यसपछिको एक घण्टा म भान्साको सरसफाइमा जुटेँ । बिहानको दस नाघेपछि चियापसल सुनसान हुनपर्दथ्यो, तर भएन । त्यहाँबाट अझै पनि कल्याङमल्याङ कल्याङमल्याङको आवाज आइरहेको थियो । "अरू कुरा थाहा छैन, म त्यो घरबेटीलाई एक पैसा पनि तिर्दिन । कुरै छैन, छ महिनाको तिर्नुपर्ने भाडा पच । कुन मुखले माग्छ त्यो साला, म पनि हेरूँ -" अर्जुन कराइरहेको थियो । भाडा र डेरावालाबीचको द्वन्द्व कुनै नौलो विषय थिएन त्यो टोलमा । प्रायः त्यस टोलमा डेरा गरी बस्ने मानिसहरू समयमा भाडा बुझाउन सक्दैनथे । अभावले पिल्सिएका या नियमित आर्जन नभएका मानिसहरूमा यो विशेषता स्वभाविक हुन्छ । यसमा अर्जुन पनि थियो । उसको पेसा पनि त सुरक्षित छैन । मुलुकमा द्वन्द्वको अवस्था चर्केपछि उसले काम गर्ने होटेलले समयमा तलब दिन सकेको छैन भनेर उसकी स्वास्नीले धेरैपटक भनिसकेको कुरा हो । यस विषयमा उनीहरू र घरबेटी माझ समयसमयमा झगडा परेको सिङ्गो टोललाई थाहा छ । जे भएपनि ढिलो या चाँडो घरबेटीलाई भाडा त बुझाउनै पथ्र्यो । तर यो अर्जुन के भनिरहेको छ - छ महिनाको भाडा पच भनेको के हो - किन तिर्दैन ऊ घरबेटीको पाकिसकेको भाडा - दिउँसो एकछिन टोल सुनसान भयो । हल्ला गर्ने केटाकेटी र गफ हाँक्ने पुरुषवर्गको अभावमा त्यहाँ युद्धविरामपछिको शान्ति जस्तो वातावरण रहृयो । बिदाको दिन बाहेक त्यहाँ सधैं त्यस्तै हुने गर्दछ, सुनसान । तर त्यो स्थिति स्थायी रहेन । एकैछिनपछि पल्लो घरबाट कुनै महिला रोएको आवाज आयो । सुरुमा त्यो मधुरो थियो । पछि क्रमशः त्यो बढेर गयो । केही समयपछि मलाई थाहा भयो- त्यो रुने महिला अर्जुनकी श्रीमती गङ्गा रहिछ । म सामाजिक सद्भाव र सौजन्यताको भावुकताले निर्देशित भएर उसको कोठामा गएँ । गङ्गा उमेरमा मभन्दा कान्छी भएपनि मसँग मित्रवत थिई । गङ्गा रातारात आँखा पारेर ओछ्यानमा सुतेकी थिइ । म पुगेपछि उसको रुवाइको हिक्क-हिक्क अझ बढेर गयो । मैले उसको निधार छामे, ज्वरो निकै थियो । मैले सान्त्वना दिएपछि ऊ केही आश्वस्त भई । त्यसपछि उसको रूवाइ केही अन्तरालको निम्ति थामियो । "गङ्गालाई के भयो -" मैले सोधेँ । "एकदमै निस्लोट ज्वरो आएको छ । साले घरबेटी...." छेउमै बसेको अर्जुनले जवाफ दियो । "डाक्टरलाई देखाउनुपर्यो" मैले सुझाव दिएँ ।

"तर बुझ्नुभो भाउजु म त्यो पातकी घरबेटीलाई तिर्नुपर्ने छ महिनाको भाडा कुनै हालतमा पनि तिर्दिन ।" अर्जुनले फेरि बिहान धेरैपटक ओकलेको संवाद दोहोर्यायो । ऊ यसपटक धेरै क्रुद्ध भावमा देखियो । तर उसको यो कुरा सकिँदासम्म गङ्गा फेरि डाको छोडेर रुन थाली । उसको अनुहारभित्र विषादको ज्वालामुखी उम्लिएको जस्तो देखिन्थ्यो । "बरू मलाई मार । जिउँदै मार । के घरभाडाको मात्रै कुरा गर्र्छौ - त्रि्री स्वास्नीको कुनै इज्जत छैन -" उसले भनी र पुनः हित्का छोड्न थाली । त्यहाँ अर्जुनको घरबेटी र उसकी श्रीमती बाहेक अन्य कोठामा बस्ने अरू पाँच/छ जना महिलाहरू पनि जम्मा भइसकेका थिए । दिउँसो एक बजेतिर गङ्गालाई अर्जुनले ट्याक्सीमा राखेर महाराजगञ्ज अस्पतालतिर लग्यो । तर त्यो घटना बारेका केही अस्पष्टताहरू बाँकी नै रहे । तीन दिनसम्म गङ्गा अस्पतालमा रही । त्यसपछि ऊ त्यतैबाट माइत गई भन्ने सुनियो । अर्जुन यदाकदा टोलमा देखापर्यो । तर ऊ पूरै बदलिएको थियो । रक्सीले मातेर ऊ टोलभित्र पस्दा मानिसहरू शब्दातीत स्थितिमा पुगेका थिए । त्यस अवधिमा उसको घरबेटी पनि टोलमा देखिएन । कहाँ गयो कसैलाई थाहा भएन । माइत गएकी उसकी श्रीमती फर्किइ । तर ऊ त्यस अवधिमा निकै उदास देखिई । छोटो समयमै उसको अनुहार रगत सुकेर नीलीकाली भएकी थिई । दर्ुइ हप्तापछिको एक बिहान म नियमित झैँ चिया खाइसकेपछि पत्रिका लिन भनी डेराबाट निस्किएँ । गल्ली सकिने ठाउँको चेपनेर पशुपति दर्शन र मर्निङवाकबाट फर्केका होनाचा र रामदाई भेटिए । उनीहरूले मलाई बाटैमा रोकेर भने- "नानी तपाईंले थाहा पाउनु भो एउटा कुरा -" "के कुरा -" मैले उत्सुकतापर्ूवक सोधेँ । "गङ्गा र अर्जुनको डिभोर्स हुने भएछ नि !" "डिभोर्स हुने भएछ रे ! तर तिनीहरू त खुब मिलेका जोडीमा गनिन्थे । फेरि तिनीहरूको प्रेमविवाह भएको एक वर्षपनि त नाघेको छैन" मैले भनेँ । "अर्जुनको नपुंसकताको कारणले गर्दा नै गङ्गा डिभोर्स गर्न बाध्य भएकी हो" होनाचाले थपे । "हो त कस्तो बुद्धु रहेछ त्यो अर्जुन पनि । कहाँ मुद्दा हाल्नुपर्ने मान्छेविरुद्ध भाडा तिर्दिन भनेपछि त्यो नामर्दसित कुनचाहिँ स्वास्नीमान्छे बस्छे -" रामदाइले फेरि थपे । "किन कसलाई मुद्दा हाल्ने -" म अकमकिएँ ।

"ए तपाईं पनि एकदमै लाटी नै हुनुहुन्छ । अर्जुनको घरबेटी रत्नलालले गङ्गालाई आफ्नो कोठामा बोलाएर जबरजस्ती गरेपछि यो बबाल भएको हो । त्यस्तो गम्भीर अपराधमा रत्नलाललाई छ महिनाको भाडा नदिएर के नोक्सानी पर्छ - ऊ त गङ्गामाथिको बलात्कारको ठूलो मुद्दाबाट जोगियो । त्यस्ता अपराधीलाई त्यसै उम्कन दिन नहुने" होनाचाले भने । त्यसपछि दुवै त्यहाँबाट हिँडे । उनीहरूको कुरा सुनेपछि म ठूलो छाँगाबाट खसेझैँ भएँ । मेरो अगाडि दर्ुइ हप्ता अघि मैले देखेका गङ्गाको आगोको फिलिङ्गा जस्ता राता आँखाहरू उभिए । तिनले मलाई न्यायको निम्ति आहृवान गरिरहेझैँ लाग्यो । म आफूलाई सम्हाल्दै पत्रिका पसलतिर हुत्तिएँ ।

ममता शर्मा नेपाल
 
Posted on 02-28-07 2:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Is there any way you can just summarize this story...I feel so lazy reading such a long story yaar
 
Posted on 02-28-07 2:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ya pls summarize this story.
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Toilet paper or water?
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
I hope all the fake Nepali refugee get deported
From Trump “I will revoke TPS, and deport them back to their country.”
Tourist Visa - Seeking Suggestions and Guidance
advanced parole
ढ्याउ गर्दा दसैँको खसी गनाउच
To Sajha admin
MAGA denaturalization proposal!!
How to Retrieve a Copy of Domestic Violence Complaint???
wanna be ruled by stupid or an Idiot ?
Travel Document for TPS (approved)
All the Qatar ailines from Nepal canceled to USA
MAGA मार्का कुरा पढेर दिमाग नखपाउनुस !
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters