यो तल कसैको जिन्दगि मा भएको घटना को आधार मा लेखिएको हो। हुन त म कबि होइन तर केहि लेख्ने प्रयास । गल्ति हरु धेरै छन मिलायर पडनु होला।
यस्तै रहेछ याँहा को चलन,
देशले केहि दियन भन्छौ, आफुले दिएको केहि होइन
देश र जनतालाइ गरिबि ठान्छौ, परिबर्तन बिदेशले ल्याएको छैन।
खाना खायौ, हरेकदिन सोध्थे तल्लाघरे काका, लन्डन छिरे कमाउन पछि लाग्यो (सरकारि) डाँका।
हिथ्रो छिर्न भ्याएको छैन फिङ्गर प्रिन्टस चाहियो, ३ महिना मा बल्ल बल्ल पोर्टर्स काम पाइयो।
काम त पोटर्स ठिकै थियो, पैसा पनि त्यस्तै
आएको पैसा बनाउछु भन्दै भए म त ब्यस्तै ।
हुन पनि १० घन्टा, भाँडा माझ्दै जान्थ्यो, बाँकि भाको समयमा जिउ ले के को सुत्न मान्थे ।
यथार्रथ त परिवार लाइ बोल्नै सकियन, आँखा बाट बग्ने आसु रोक्नै सकियन ।
तल काम माथि बसाइ, साथि धेरै भय
दिग्दारि र परेशानि हटाउन, पव मा पिउन गय
पहिलो दिन त तितो टर्रो, पछि मिठो भयो
त्यस पछि त चिप साइडर कति गयो गयो ।
दाम त खायो साइडर ले काम पनि खायो
५० बर्ष जेठि गोरि आफुलाइ प्यारो भयो।
गोरि भन्नछे बिहे गर, घर मा स्वास्नि छ
नगरौ त सडकछाप, गरे भासिन्छ ।
ड्याङका मुला सबै एउटै बिबाह गर्न भने
हो त हो कागज हुन्छ भनि मैले पनि माने।
के को कागज मात्र हुन्थयो हजुर, बोक्सि रहिछ गोरि
होम अफिस ले कागज पाएको छैन भइ सक्यो छोरि।
काम त पाइयो लिडल मा, जाँड को लिडर भइयो
अलि अलि कमायको खुवाउन लाडब्रुक गइयो
के को हुन्थो हजुर, त्यो त बोक्सि रहेछ
खल्ति मात्र होइन क्रेडिट पनि गयो
छोरो लाइ लन्डन मा कसैले १ रुपयाँ नपत्याउने भयो।
पैसा छैन चाइल्डसपोर्ट, काउन्सिल को चिठि
गोरि धेरै बुढि भइ चाहियो जवान ठिटि।
घरबाट निक्लि भन्छे रात दिन गोरि
आफुलाइ हेर्दै कालो मुख लाउछे एउटि छोरि।